लोकतन्त्रको विकल्प लोकतन्त्र :डा.डिआर उपाध्याय
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । देशको सबैभन्दा ठूलो दल नेकपा भित्र आन्तरिक किचलो चलिरहेको पनि लामो समय भैसक्यो । मुलुकको प्रमुख दल भित्र आन्तरिक विवाद हँुदा समग्र देशको आर्थीक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा प्रभाव पार्दो रहेछ । मुलुकमा राजनीतिक परिवर्तन पटक पटक भए तर जनताले कुनै बेला पनि परिवर्तनको महसुस गर्न सकेनन्। राजनीतिक दल र तिनका नेताहरुले मात्र फाईदा उठाउँदै आए । हिजोका दिनमा निम्न आयस्रोत भएका नेताहरुका अहिले घर, घडेरी र गाडी छन् । जनताको नाममा राजनीति गरेका नेताहरुको ब्यक्तिगत सम्पती जोडेको देख्दा आम जनता असन्तुष्ट छन् । जनताको नाममा राजनीति धेरै भयो तर जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क छन् । जुन पार्टी सरकारमा गएपनि देश र जनताको पक्षमा सोच्न सकेनन् । केबल आफ्नो ब्यक्तिगत स्वार्थ मात्र हेरे यो नै मुलुकको अहिलेको समस्या हो । नेताहरु आर्थीक रुपमा सम्पन्न हुँदैजाने ज...










