के संघीयता धरापमा परेकै हो त ?
डा.डिआर उपाध्याय
अहिले हाम्रो देशमा संसद् मूर्च्छित अवस्थामा छ । संसद ब्युतिन्छ की ब्युतिदैन त्यो त यसै भन्न सकिदैन । यतिबेला संघीयता समेत धरापमा परेको छ । । संघीय स्वरूपको जननी भनेर चिनिने मुलुक स्विट्जरल्यान्ड हो। हाम्रा नेताहरूले मुलुकलाई स्विट्जरल्यान्ड बनाउने सपना विगत देखि धेरै बाँडे। यो सवै आश्वासन मात्रै भयो । विश्वमा स्विट्जरल्यान्ड, भारत, मलेसिया, मेक्सिको, पाकिस्तान, रूस, क्यानडा, अमेरिका, सुडान, बेल्जियम, अस्ट्रेलिया र अर्जेन्टिनाजस्ता राष्ट्रमा यसको प्रयोग भएको छ। भारतमा १० करोड जनसंख्या भएको ठाउँमा एक प्रदेश छ तर नेपालमा तीन करोड जनसंख्या नपुग्दैै सात प्रदेशमा बिभाजन गरिएको छ ।
संघीयता मंहगो भयो । यो देशले धान्न नसक्ने अवस्था देखियो । खर्चको त कुरै भएन। विश्वमा २८ वटा मुलुकमा मात्र संघीगता छ । कतिपय मुलुक संघीय प्रणालीमा गएर अनेकौं चुनौती र विद्यमान समस्याका कारण एकात्म...










