गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक(भिडियो)


गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा सजिएको ‘हेप्नी मलाई हेप्नी’ गीतको भिडियो सार्वजनिक भएको छ । नायिका वर्षा सिवाकोटी र नवराज न्यौपानेको जोडीको अभिनय रहेको साथै गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतलाई क्रान्ति केसीले निर्देशन र सम्पादन गरेका छन् ।

भिडियोमा वर्षा र नवराज संगै शिवहरि वैरागी ,रश्मि भट्ट लगायत कलाकारहरूको पनि अभिनय हेर्न सकिन्छ । योगेश काजीको संगीत र एरेन्ज समावेश रहेको भिडियोलाई अजय रेग्मीले खिचेको हुन । वाइटिच युट्युब च्यानलबाट रिलिज भिडियोको निर्माण नवराज न्यौपानेले गरेका हुन । सामाजिक सञ्जालको प्रयोग र प्रेममा हुने द्वन्दलाई गीतको भिडियोमा उतारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *