भ्रष्टाचारमा लिप्त हुन सक्ने सम्भावना बढ्यो
-डा.डिआर उपाध्याय
यतिबेला नेपालको राजनीतिमा केही अन्योलता देखिएको छ । अहिले देशका विभिन्न ठाउँमा दैनिकजसो जुलुस, सभा र सम्मेलन भइरहेका छन्। आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा त भएको छ । तर निर्वाचन हुने वा संसद पुनस्थापना हुने भन्ने विषयमा बहस चलिरहेको छ । प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी परेको रिटमा सर्वोच्चको फैसलापछि मुलुकले निकास पाउने देखिन्छ । हालको राजनीतिक परिस्थितिका कारण आम नागरिकमा राजनीति प्रति वितृष्णा उत्पन्न भएको छ ।
राजनीतिप्रति वितृष्णा पैदा भइरहेको अवस्थामा कर्मचारीतन्त्रले आम नागरिकमा आशा जगाउने खालका काम गर्न सक्नु पर्छ । कर्मचारी संंयन्त्रलाई स्थायी सरकारको रूपमा लिने गरिएको छ । नेपालको प्रशासनसंयन्त्रले आम नागरिकलाई बिना झन्झट प्रभावकारी सेवा प्रवाह दिन सक्नु पर्छ । तर अहिलेको चुनौतीपूर्ण अवस्थामा प्रशासनसंयन्त्र आ–आफ्नो स्वार्थ भन्दा माथि उठ्न सक्नुपर्छ ।...








