Author: admin

नेपाली पक्षको विरोधका कारण दशगजामा एसएसबीले राखेको अस्थायी पोष्ट हटायो
राजनीति, समाचार

नेपाली पक्षको विरोधका कारण दशगजामा एसएसबीले राखेको अस्थायी पोष्ट हटायो

नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको छ। सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी पोष्ट हटाएको हो। बुधबार एसएसबीले दशगजा क्षेत्रमा त्रिपाल राखेर अस्थायी पोष्ट राखेको जानकारी स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई दिएका थिए। सशस्त्र प्रहरीले एसएसबीका उच्च अधिकारीसँग समन्वय गरी पोष्ट हटाउन लगाएको छ। सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दशगजा क्षेत्रमा पोष्ट राखेको जानकारी पाउना साथ तत्कालै हटाउन लगाइएको बताए। “एसएसबीको स्थानीय कमाण्डरको गल्तीका कारण दशगजा क्षेत्रमा पोष्ट राखेको रहेछ”, उनले भने, “एसएसबीका अधिकारीसँग समन्वय गरी बिना विवाद पोष्ट हटाउन लगा...
नीतिमध्येको मूल नीति राजनीति
राजनीति, समाचार

नीतिमध्येको मूल नीति राजनीति

डा.डिआर उपाध्याय यतिखेर नेकपाका दुई खेमाका कार्यकर्ताबीच जुहारी चलिरहेको अवस्था छ । यसले गर्दा तल्लो तहदेखि माथिल्लो तहसम्मका आम कार्यकर्तामा नकारात्मक प्रभाव परिरहेको छ । विगतमा एकै पार्टीमा रहँदा नेता कार्यकर्ता बिच राम्रो सम्बन्ध थियो । अहिले पार्टी दुई खेमामा रहँदा एकले अर्कालाई गाली गलोजको वर्षा चलिरहेको छ । यसले आम कार्यकर्तामा निरास उत्पन्न गराएको छ । दुबै खेमाका नेता कार्यकर्ता हरु निम्नस्तरको गालीगलौजमा उत्रनु त्यती राम्रो कुरा होइन ।यसले त्यती राम्रो सन्देश दिएको छैन । गुटको राजनीतिले नत पार्टीको हित गर्छ नत देशको नै हित गर्छ । हाल नेकपाका दुई खेमाको अवस्था यस्तो छ । अहिले नेकपाका दुई खेमा बिच एकले अर्को समूहलाई जसरी पनि सिध्याउने खेलमा नेता, कार्यकर्ता लागेका छन्। यस्ता गतिविधिले राजनीतिक व्यवस्था माथि नै प्रश्न चिन्ह उठाएको छ ।यसले गर्दा सिंगो मुलुकलाई अन्धकारतर्फ धकेलिरह...
निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदको जोड (सन्दर्भ : पाचौँ निर्यात दिवस)
अर्थ/व्यापार, समाचार

निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदको जोड (सन्दर्भ : पाचौँ निर्यात दिवस)

काठमाडौँ, २२ पौष – निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदले जोड दिएको छ । पाँचौं निर्यात दिवसको अवसरमा बुधबार राजधानीमा परिषदद्वारा आयोजित कार्यक्रम समारोह माझ परिषदका तर्फबाट अध्यक्ष हरिबहादुर कार्कीले सो कुरा राखेका हुन । अध्यक्ष कार्कीले उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने र आपसी समन्वयका साथ हातेमालो गर्दै अघि बढनुपर्नेमा जोड दिदै निर्यात परिषद्ले सोही भावना अनुरुप काम गर्दै आएको बताए । अध्यक्ष कार्कीले निर्यात व्यवसायमा आइपर्ने समस्याहरुलाई व्यवस्थित रुपबाट समाधान गरी निर्यात व्यवसायीको हित संरक्षण गर्न र व्यवसायिक क्षमता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे । निर्यात व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड समेत रहेकाले यसको विस्तार र प्रवद्र्धनका लागि निजी क्ष...
‘फेसन हेरिटेज’ को प्रथम अडिसन सम्पन्न, दोश्रो अडिसन पुस २५ गते हुने
मनोरन्जन, समाचार

‘फेसन हेरिटेज’ को प्रथम अडिसन सम्पन्न, दोश्रो अडिसन पुस २५ गते हुने

काठमाडौं — पुस २२, २०७७। जाएन्ट हाउस प्रोडक्सनको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता ‘फेसन हेरिटेज’ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा पुस १८ गते सम्पन्न भएको पहिलो अडिसनमा सहभागी भएका प्रतिस्पर्धीहरु मध्येबाट कुल ९ जना प्रतिस्पर्धीले अडिसन राउण्ड पार गर्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको आयोजक संस्थाका प्रमुख सन्देश सिंहले जनाएका छन । आयोजक सिंहले पहिलो अडिसनको समाप्तीसँगै रहर हुँदाहुदै विभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको दोश्रो चरणको अडिसन पुस २५ गते युनिभर्सल क्याफे, एकान्तकु्नामा हुनेछ । प्रतियोगिताको विजेताले अष्ट्रेलियामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन पाउनुको साथै ३०,०००/- रुपैयाँ सहित विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन। प्रतियोगिताको विजेता साथै उत्...
सुलेमानीको हत्या अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोल पुग्यो रेड नोटिस
अन्तर्राष्ट्रिय, अपराध, समाचार

सुलेमानीको हत्या अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोल पुग्यो रेड नोटिस

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ जना अमेरिकी अधिकारीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । इरानले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड नोटिस पठाउँदै राष्ट्रपति ट्रम्पसहितका अमेरिकी अधिकारीहरुको गिरफ्तारीको माग गरेको हो । १ वर्षअघि ३ जनवरीमा इराकको बगदादमा ड्रोन आक्रमण गरी अमेरिकाले जनरल सुलेमानीको हत्या गरेको थियो । अल जजीराका अनुसार इरानको न्यायालयसम्बन्धी मामिलाका प्रवक्ता गुलाम हुसेन इस्माइलीले भनेका छन् ‘इरान ती व्यक्तिहरुविरुद्ध कारवाही गर्न र सजाय दिन निकै गम्भीर छ जसले जनरल सुलेमानीको हत्याको आदेश दिए अनि उनीमाथि आक्रमण गरे ।’ यसअघि पनि जून २०२० मा तेहरानका प्रोसिक्युटर अली अल कासिमेहरले इन्टरपोलसँग ट्रम्पको गिरफ्तारी...
जर्मनीमा कडा प्रतिबन्धसहित लकडाउन बढाइयो
अन्तर्राष्ट्रिय, समाचार

जर्मनीमा कडा प्रतिबन्धसहित लकडाउन बढाइयो

कोरोनाको बढ्दो केसकाबीच जर्मनीमा कडा प्रतिबन्धका साथ लकडाउन बढाइएको छ । चान्सलर एन्जेला मर्केलले मंगलवार कोरोनामाथि लगाम लगाउनको लागि ३१ जनवरीसम्म नेशनवाइड लकडाउन बढाइएको बताएकी छन् । यो निर्णय स्टेट गभर्नरको सुझावपछि मात्रै लिइएको हो । जर्मनीमा हालसम्म ३७ हजार १८० जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने १८ लाख १४ हजार ५६५ जनालाई कोरोना संक्रमण भएको छ ।...
साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात
अर्थ/व्यापार, समाचार

साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ । चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर भित्रिएका छन् । अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो । यो भनेको जेनेरेटर आयात अघिल्लो वर्षको भन्दा ३ सय ५९ प्रतिशतले बढी हो । यो अवधिमा ब्याट्रीको आयात पनि ७७ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, इन्भर्टरको आयात भने घटेको देखिन्छ । अघिल्लो वर्ष इन्भर्टरको आयात ५६ थानबाट घटेर ५० थानमा पुगेकोमा यस वर्ष २९ थान मात्र इन्भर्टर आयात भएको विभागको तथ्यांकले देखाउँछ । यो समाचार आजको आर्...
चीनले कोरोना कहाँबाट सुरु भएको थियो भनेर अनुसन्धान गर्न दिएन : डब्लूएचओ
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

चीनले कोरोना कहाँबाट सुरु भएको थियो भनेर अनुसन्धान गर्न दिएन : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमणको सुरुवात कहाँबाट भयो भनेर अनुसन्धान गर्न भनेर गएको विशेषज्ञ टोलीलाई चीनले आफ्नो देशमा प्रवेशको अनुमति नदिएको भन्दै रोष प्रकट गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार डब्लूएचओको महानिर्देशक डा. टेड्रोस एडहनम गिब्रेयससले मंगलबार भनेका छन्, ‘हामीहररू निकै निराश छौं, कोरोनाको सुरुवात कहाँबाट भएको थियो भनेर अनुसन्धान गरिरहेको विशेषज्ञ टोलीलाई चीनले अहिलेसम्म आफ्नो देश प्रवेशमा अनुमति दिएको छैन।’ गत वर्ष डिसेम्बर अन्त्यमा चीनको उहान सहरबाट कोरोना संक्रमण सुरु भएको मानिएकाे छ। तर वास्तविकता अझै प्रस्ट हुन नसकेकाले डब्लूएचओका वैज्ञानकि अनुसन्धानमा जुटेको हो। त्यसका लागि गत जनवरीमै डब्लूएचओले विशेषज्ञकाे टोली बनाएर उहान जाने तयारी गरिरहेको थियो।जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले भने, चिनिया...
भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम निम्त्याउने हो कि भन्ने चिन्ता
समाचार, स्वास्थ्य

भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम निम्त्याउने हो कि भन्ने चिन्ता

डा.डिआर उपाध्याय संसद् विघटनपछि दिनौं जसो सडक आन्दोलन भईराखेका छन । आन्दोलनमा भिडभाड हुने हुदा कोरोनाको जोखिम पनि बढेर गएको छ। दलहरुका बैठक, भेला, लगायतका गतिविधिहरु बढिरहेका छन । कोरोना संक्रमणको जोखिमप्रति सचेत बन्नु पर्ने आबश्यकता देखिएको छ । सचेत बन्न सकिएन भने फेरि पनि कोरोनाले अर्को महामारीको रूप नलेला भन्न सकिँदैन। तसर्थ सुरक्षित तरिकाबाट राजनीतिक गतिविधि गर्नेतर्फ दलहरुले ध्यान दिनुपर्छ। पछिल्लो समय कोरोनाको जोखिम केही कम भएको अनुमान छ । तर पूर्णरुपमा कोरोना नियन्त्रणमा आउन सकेको छैन । दुईपटकसम्म लकडाउन भयो । त्यति गर्दा पनि कोरोना नियन्त्रणमा आउन सकेन । सरकारले बाध्य भएर लकडाउन फुकुवा गरेको हो । व्यक्तिगत सुरक्षाको ख्याल गरेर मात्रै कार्यक्रम गर्न सरकारले बारम्बार अनुरोध गरिरहेको छ। सरकारी अनुरोधको बेवास्था कसैले पनि गर्नु हुदैन । भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम ...
सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा ‘जुन दिन तिमीले’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा ‘जुन दिन तिमीले’ सार्वजनिक (भिडियो)

सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा रहेको गीत ‘जुन दिन तिमीले…’ सार्वजनिक भएको छ । योगेश काजीको एरेञ्ज, एचवीन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=vpz9f7bfHgc&feature=emb_logo वीरेन्द्र भाट विपीनको निर्देशन, छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड छिन् । गीतको भिडियो द ट्युन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नायिका तथा गायिका सारिका घिमिरेले पछिल्लो समय गायन मार्फत चर्चा बटुल्न सफल भएकी छन् । उनका केही गीत करोडौ क्लबमा समेत पर्न सफल भएका छन् ।...