Author: admin

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र
शिक्षा, समाचार

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । बोर्डका अध्यक्ष पौडेलले भने, ‘एक हप्ताभित्र नतिजा सार्वजनिक गर्छौं ।’ डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशन एक महिना ढिलो हुन लागेको हो । नोवेल कोरोना भाइरस कोभिड–१९ महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा ९–१६ मंसिरमा सम्पन्न भएको थियो ।...
‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’ सार्वजनिक गरिएको उत्तर कोरियाली सञ्चारमाध्यमको दाबी
अन्तर्राष्ट्रिय, समाचार

‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’ सार्वजनिक गरिएको उत्तर कोरियाली सञ्चारमाध्यमको दाबी

उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ। सरकारी सञ्चारमाध्यमले त्यसलाई “संसारकै सबैभन्दा शक्तिशाली अस्त्र” भनेर वर्णन गरेका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग-अनले अवलोकन गरेका थिए। त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको “प्रधान शत्रु” भएको बताएका थिए। अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको छ। सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ। ठूलो आकारका कालो-सेतो रङ्गका चारवटा क्षेप्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा देखिन्...
अझै तीन दिन मौसम बदली हुने
समाचार, समाज

अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ। दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। “तत्कालै ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन”, मौसमविद् पोखरेलले भनिन्। वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने बताइएको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ। दिउँसो प्रदेश नं १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली हुनुक...
बेरोजगारी समस्याका कारण युवाहरू निराश बन्दै
राजनीति, समाचार

बेरोजगारी समस्याका कारण युवाहरू निराश बन्दै

डा.डिआर उपाध्याय/ अहिले देशमा बेरोजगारी समस्या बढदै गएको छ । यो हाम्रो देशको लागी चुनौतिको बिषय हो । जबसम्म देशमा बेरोजगारी समस्या समाधान हुदैन तबसम्म देशमा दिगो शान्ति कायम हुन सक्दैन । यो यथार्थ कुरा हो । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार छन् । कैयौँ युवायुवतीहरु देशको भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । यो उनीहरुको रहर होइन बाध्यता हो । शिक्षित युवाहरु विकसित राष्ट्रहरुमा छरिएर रहेका छन् भने कम पढेलेखेका युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् ।विशेष गरेर ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । कृषि उत्पादन घट्दो छ ।अधिकांश युवायुवती रोजीरोटीको लागी विदेश पलायन छन् भने केही शहर पसेका छन् । त्यसकारण गाउँमा वृद्धवृद्धा मात्र बाँकी छन् । कोही बिरामी पर्दा अस्पताल पु–याउने र मर्दा लास उठाउँने युवाहरुको गाउँमा अभाव हुँदै गएको छ । यो हाम्रो देशको लागी दुर...
चलचित्र ‘तिम्रो हुने कहिले’को शुभमूर्हत
मनोरन्जन, समाचार

चलचित्र ‘तिम्रो हुने कहिले’को शुभमूर्हत

राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तिम्रो हुने कहिले’ शुभमूर्हत गरिएको छ । मंकर संक्रान्तिको अवसर पारेर बिहीबार राजधानीको भद्राकाली मन्दिर परिसरमा चलचित्रको शुभमूर्हत गरिएको हो । शुभमूर्हतमा सञ्चारकर्मी गीता अधिकारीले एक्सन कट र साहित्यकार भीष्मराज फुलाराले नरिवल फोरेका थिए भने कलाकार सबिन बस्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे मीना जिसी, मौसमी ओलीले मूर्हत सर्ट दिएका थिए । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीको निर्माण रहने चलचित्र ‘तिम्रो हुने कहिले’ माघको २ गते शुक्रबार बाट छायांकनमा जादै छ । यो सिनेमा निर्देशक गिरीले दुई बर्ष पछि निर्देशन गर्न लागेका हुन् भने उनको अघिल्लो सिनेमा ‘मखमली मखमली’ रहेको थियो । ‘तिम्रो हुने कहिले’ मा नृत्य काजिश श्रेष्ठ र सुनिता वसनेतको रहने छ । यसमा स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटु...
आज माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाईदै
समाचार, समाज

आज माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाईदै

-डा.डिआर उपाध्याय आज माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाईँदै छ । यो पर्व विशेष गरि नेपालका थारु,मगर , छन्त्याल लगायत आदिवासीहरूले आफ्नै संस्कार र परम्पराअनुरूप मौलिक रूपमा यो पर्व धुमधामसँग मनाउँछन् । काठमाडांै उपत्यकाका आदिवासी नेवार र त्यस्तै अन्य समुदायले पनि आआफ्नै संस्कार अनुसार मनाउँदै आइरहेका छन् । हिन्दूहरूले पवित्र धार्मीकस्थल देवघाट,रुरुक्षेत्र लगायत विभिन्न स्थान र पवित्र नदी संगममा स्नान गरी देवता र पितृहरूलाई तर्पण दिई मनाउने प्रचलन रहिआएको छ ।यस पर्वमा विशेष गरि तिलको लड्डु, घिउ, चाकु तरुल, सखरखण्ड खाएर मनाइने चलन छ । १२ महिनामा हुने १२ राशीअनुसार यो माघ महिनामा मकर राशी पर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यो दिनदेखि रात छोटो हुँदै जाने र दिन लामो हुँदै जान्छ, यो प्राकृतिक नियम नै हो । यो दिन तराईका आदिवासी थारुहरूले माघी संक्रान्ति र तिला संक्रान्...
बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु
अपराध, समाचार

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

कालीकाेट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ। नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो। भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ।घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए।...
अमेरिकी राष्ट्रपतिलाई बर्खास्त गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित
समाचार

अमेरिकी राष्ट्रपतिलाई बर्खास्त गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संविधानको २५ औं संशोधन प्रयोग गरेर बर्खास्त गर्न उपराष्ट्रपतिलाई पठाउने प्रस्ताव अमेरिकाको प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ । अमेरिकी संसदमा गत हप्ता भएको हिंसाको जिम्मेवार राष्ट्रपति भएको ठहर गर्दै प्रतिनिधिसभाले उनलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव पारित गरेको हो । मेरिल्याण्डकी डेमोक्रेटिक सांसद जेमी रास्किनले प्रस्ताव प्रतिनिधिसभामा पेश गरेकी थिइन् । उपराष्ट्रपति माइक पेन्सले भने आजै प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीलाई एक पत्र पठाउँदै राष्ट्रपतिलाई २५ औं संशोधन प्रयोग गरेर बर्खास्त गर्न अस्वीकार गरेका छन् । यससँगै अब सांसदहरुले राष्ट्रपतिलाई दोस्रो पटक महाअभियोग लगाउनेतर्फ अघि बढ्नुपर्नेछ । प्रतिनिधिसभामा महाअभियोगको प्रस्तावमाथि नेपाली समयअनुसार आजै राति मतदान गर्ने कार्यक्रम छ ।...
कोरोनाको खोप खरिदका लागि सरकारद्वारा आर्थिक सहयोगको आह्वान
समाचार, स्वास्थ्य

कोरोनाको खोप खरिदका लागि सरकारद्वारा आर्थिक सहयोगको आह्वान

सरकारले कोरोना विरुद्धको खोप खरिद खरिद गर्न रकम अभाव भएको भन्दै आर्थिक सहयोगको आवह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशित गर्दै खोप खरिदका लागि आवश्यक पर्ने रकम सहयोगको आह्वान गरेको हो। मन्त्रालयको तर्फबाट गोरखापत्रमा प्रकाशित सूचनामा खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निस्शुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेको बताइएको छ। सूचनामा भनिएको छ, ‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ।’ आर्थिक सहयोग गर्न चाहानेहरुले कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने सरकारले उक्त...
सुपर प्लस साइज मोडलको दोस्रो अडिसन माघ १० गते
मनोरन्जन, समाचार

सुपर प्लस साइज मोडलको दोस्रो अडिसन माघ १० गते

काठमाडौं, २८ पौष – मोडल सङ्स नेपालले आयोजना गर्दै आएको सुपर प्लस साइज मोडल २०२१ को दोस्रो अडिसन माघ १० गते हुने भएको छ । अल साइज इज ब्युटिफुल भन्ने नाराको साथ आयोजनामा आएको सुपर प्लस साइज मोडल नेपालको यो तेस्रो संस्करण हो । तेस्रो संस्करण अन्तर्गतको पहिलो अडिसन भने गत शनिवार सम्पन्न भएको थियो । काठमाण्डौको बागबजार स्थित बर्गर हाउसमा आयोजित अडिसनमा कुल २६ जनाले सहभागीता जनाएका थिए । जस मध्ये उक्त अडिसनबाट कुल ९ जना फिनालेका लागि छनौटमा परेका छन् । टेलिभिजनकर्मी सरोज ओझा, अभिनेता दिपक डोटेल, कोरियोग्राफर रोजिन शाक्य र प्लस साइज मोडेल रुबी महतो सम्मिलित निर्णायक मण्डलले मोडलहरुको छनौट गरेको थियो । मोडल सङ्स नेपाल दोस्रो अडिसनबाट थप मोडलहरु छनौट गर्दै प्रशिक्षणमा सहभागी गराउने अन्तिम तयारीमा छ । उनीहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दि...