ईजिप्टका लागि नेपाली राजदुतले गरे ईजिप्टमा नेपालीलाई सम्मान - राष्ट्रपत्र
बिहिबार, फाल्गुन १७, २०८०

ईजिप्टका लागि नेपाली राजदुतले गरे ईजिप्टमा नेपालीलाई सम्मान


कायरो । विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा थुप्रै सफल कार्यक्रमहरु आयोजना गरि एक सफल ईभेन्ट आयोजकको रुपमा ख्याती कमाएको वल्र्डवाईड मिडिया नेटकर्वकको आयोजनामा तेश्रो ग्लोवल ईन्टरनेशनल अवार्ड ईजिप्टको कायरोस्थित होटल स्विस ईन नाईलमा सम्पन्न भएको छ ।

ईजिप्टका लागि नेपाली राजदुत सुशिल के लम्सालको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा नेपालबाट उक्त अवार्ड समारोहका लागि छनौट भएका कलाकार,अभिनेता,सौन्दर्यविद्,समाजसेवी,व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।
नेपालमा विभिन्न विधामा छनौट भई सम्मान प्राप्त गर्नेमा वरिष्ठ अधिवक्ता कलम वहादुर खत्री ,वरिष्ठ सौन्दर्यविद् मनिषा जिसी, युवा समाजसेवी एवं व्यबसायी अनिल नगरकोटी, साहित्यकार राधादेवी भण्डारी, स्वास्थ्य व्यबसायी गोपाल खड्का तथा समाजसेवी ममता खत्री रहेका थिए भने अवार्ड प्राप्त गर्न सफल व्यक्तित्वहरुमा लोक पप गायन विधामा वरिष्ठ गायक सिताराम पोखरेल,आधुनिक गीत तर्फ मोडलबाट श्रीदेव भट्टराई , गीतकारबाट आधुनिक तर्फ सीताराम कोईराला र आधुनिक महिला गीतकार बाट रिमा श्रेष्ठ, तामाङ सेलो (डेव्यु) जसपाल पाख्रिन तामाङ, संगीततर्फ संगीतकार रविन्द्र पौड्याल, म्यूजिक भिडियो निर्देशनबाट सोनाम पाख्रिन,लोक पप विधाको मोडलबाट प्रकाश श्रेष्ठ तथा उत्कृष्ट स्वास्थ्य व्यबसायीको रुपमा अनिल कुमार शर्मा रहेका थिए ।
सम्मानित एवं अवार्ड विजेताहरुलाई प्रमुख अतिथी राजदुत लम्साल,आयोजक समितिका अध्यक्ष रामकृष्ण श्रेष्ठ तथा संचारकर्मी राज लुईटेल लगायत दुतावासका अन्य पदाधिकारीहरुले अवार्ड तथा सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी राजदुत लम्सालले नेपालकै पुुरानो मध्य एक नेपाली दुतावास रहेको ईजिप्टमा यस समारोहका कारण नेपाली कला,संस्कृति र ईतिहासको प्रवद्र्धन गराउन सफल हुनुभएकोमा आयोजकलाई वधाई दिदै नेपालमा ख्याती कमाएका व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्न पाउदा आफु निकै खुशी भएको कुरा व्यक्त गरेका थिए ।
यसै गरि अवार्ड विजेताका तर्फबाट नेपाल आयल निगमका पूर्व निर्देशक, रेडियो नेपालका बोर्ड अफ डिरेक्टर तथा वरिष्ठ गायक सिताराम पोखरेलले आयोजक संस्था वल्र्डवाईड मिडियाले देशको विषम परिस्थितीका बावजुद निकै कठिनाई पार गर्दै विश्वकै र्ईतिहास बोकेको देश ईजिप्टमा अवार्ड समारोह गरि हामीलाई यहांसम्म आमन्त्रण गरि कार्यक्रम गर्न सफल हुनुभएकोमा आयोजक प्रति धन्यवाद व्यक्त गरेका थिए ।
यस अघि थाईलैण्डको बैंककमा प्रथम संस्करणको अवार्ड समारोह आयोजना गरेको वल्र्डवाईड मिडियाले दोश्रो संस्करण दुवईमा गरेको थियो ।
कार्यक्रमको संचालन संचारकर्मी सोनीत राज ढुंगेल गरेका थिए भने कार्यक्रम व्यबस्थापन मोडल सुनिता श्रेष्ठले गरेकी थिईन । कार्यक्रममा सहयोग पुरयाउने व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा दुतवासका तृतिय सचिव, माधवराज काफ्ले, समाजसेवी मुना भट्टराई, व्यवसायी अहमद मोम्मद लगायत ईजिप्टमा रहेका विशेष व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
समारोहमा सम्मानित तथा अवार्ड विजेता व्यक्तित्वहरुलाई नेपाली दुतावासले दिवा भोजको आयोजना समेत गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *