म्याक्स नेपाललाई भारतमा प्रख्यात दादा साहेब ईण्डियन टेलिभिजन अवार्ड - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

म्याक्स नेपाललाई भारतमा प्रख्यात दादा साहेब ईण्डियन टेलिभिजन अवार्ड


मुम्वई । गायक तथा मोडल म्याक्स नेपाल भारतको मुम्बईमा भारतकै प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के टेलिभिजन अवार्डबाट सम्मानित भएका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको उपनामले चिनिन्छ उनको नामबाट स्थापना भएको दादा साहेब फाल्के अवार्डवाट गायक नेपाल सम्मानित बनेका हुन्।

विगत झण्डै एक दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मा अभिनय मार्फत उच्च योगदान दिए वापत गायक नेपाललाई इण्डियन टेलिभिजनको दादासाहेव फाल् के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।
५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहका वीच गायक नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। मुम्बई पुलीसका असिसेन्ट कमिश्नर पुलीस चिफ संजय पटेलले गायक नेपाललाई सम्मान प्रदान गरेका थिए । सोही समारोहमा भारतिय टेलिभिजनका चर्चित सेलिब्रेटीहरुलाई समेत उक्त अवार्ड प्रदान गरिएको थियो ।
२०७० सालमा पहिलो एल्बम ‘रहरै रहर’बाट सांगितिक क्षेत्रमा होमिएका नेपालका हाल सम्म करिब ३ दर्जन गीतहरु सार्वजनिक भैसकेको छ । उनको पहिलो गीत र दोश्रो गीत फुलै फुलको डोली चढाईको चाईल्ड भर्सनमा सारेगमका चर्चित वाल गायक प्रितम आचार्यले समेत स्वर दिएका थिए ।

लामो समयदेखि कतारमा रहेर व्यापार व्यवसाय गर्दै आएका उनले नेपाली गीत संगीत क्षेत्रको विकास र प्रवद्र्धनमा समेत योगदान दिदै आएका छन । चलचित्रमा पाश्र्व गायन समेत गरेका म्याक्सले कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड समेत प्राप्त गरेका थिए । आधा दर्जन भन्दा बढि अवार्ड जितिसकेका म्याक्स आफ्ना हरेक गीतमा आफै अभिनय गर्ने गरेका छन । अभिनयमा सानैदेखी सौखका कारण थुप्रै सर्ट फिल्म र म्युजिक भिडियोमा अभिनय क्षमता प्रर्दशन गरिसकेका उनी गीत आफै श्रृजना गर्छन भने संगीत समेत आफै दिने गरेका छन ।

नेपालका चर्चित गायक गायिकाको स्वरमा तयार भएको गीतको भिडियोमा मोडलिङ्ग गरिसकेका नेपालले क्यानेडेली गायकको कन्फ्युज एल्बममा समावेश गीतको संगीत तथा शव्द समेत उनैले तयार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *