Blog

‘भेलु वाजे डान्स’ भन्दै प्रिती आले र राजेश बर्देवा (भिडियो)
मनोरन्जन, समाचार

‘भेलु वाजे डान्स’ भन्दै प्रिती आले र राजेश बर्देवा (भिडियो)

लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत ‘भेलु बाजे डान्स’को म्यूजिक भिडियो सार्बजनिक भएको छ। भिडियोमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ। https://youtu.be/5Ohs8p-UDGM दजनौं चर्चित गीतहरुमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्बजनिक म्यूजिक भिडियोलाइ गायिका प्रिती आलेले नै निर्देशन गरेकी छन् । त्यस्तै, दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका हुन्। भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ।...
जनताले उधारो आश्वासन होइन, परिणाम खोजेका छन
समाचार

जनताले उधारो आश्वासन होइन, परिणाम खोजेका छन

-डा.डिआर उपाध्याय, काठमाडौं । संघीय र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएको छ । निर्वाचन मिति घोषणा संगै बिभिन्न राजनीतिक दलहरु चुनाव केन्द्रित बन्न थालेका छन । आजको मिति सम्मको कुरा गर्ने हो भने संघीय र प्रदेशसभाको चुनावमा पनि सत्ता गठबन्धन दलहरु मिलेरै चुनावमा जाने कुरा गरिरहेका छन । उनीहरुको चाहना के हो भने जसरी हुन्छ एमालेलाई कमजोर बनाउने र चुनाव पछि मिलिजुली फेरि सरकारमा जाने र मिलेर खाने यो बाहेक गठबन्धनको अरु कुरा केही देखिएन । लोकतन्त्रमा दलहरु एक्ला एक्लै प्रतिष्प्रर्धा गर्नु पर्ने हो, मिलेर चुनाव लडनुको के अर्थ ? यसले राजनीतिक अस्थिरता निम्त्याउने बाहेक अरु केही गदैन । नेकपा एमालेलाई कमजोर बनाउन खोज्दा के मुलुकको राजनीति अस्थिरता तर्फ त जादैन ? यो प्रश्न भोली गम्भिर रुपमा उठने छ । बिगत लामो समय देखि सत्ता र शक्तिमा रहेकाहरुले मुलुकको भबिश्य बनाउन सकेनन् । आम नेपाली जनता...
प्रकाश सपुत र शान्तिश्री सर्वोत्कृष्ट लोकदोहोरी गायक/ गायिका
मनोरन्जन, समाचार

प्रकाश सपुत र शान्तिश्री सर्वोत्कृष्ट लोकदोहोरी गायक/ गायिका

काठमाडौ ।‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबर्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा उड्ययन मन्त्री  जीवनराम श्रेष्ठको प्रमुख आतिथ्य तथा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको विशिष्ठ आतिथ्यमा सम्पन्न ‘जिनियस म्युजिक अवार्ड २०७८’मा गीतकार तथा बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. भोला रिजाललाई पच्चिस हजार नगद सहित दिर्घ साधना सम्मान प्रदान गरिएको छ भने वरिष्ठ तबला वादक कुमार महाराज थापालाई रजत सम्मान प्रदान गरिएको थियो । सञ्चारकर्मीव्दय सानुकाजी श्रेष्ठ र राजेन्द्र लुईटेललाई जनही पन्ध्र हजार नगद सहित पत्रकारिता सम्मान प्रदान गरिएको थियो । समारोहमा वरिष्ठ समाजसेवी एवं राजनीतिज्ञ गोपाल न्यौपाने,वरिष्ठ संगितकार राजु सिंह,वरिष्ठ संगितकार वसन्त सापकोटा, राजनीतिज्ञ सरिता दाहाल,गीतकार शा...
गायिका इन्दिरा भट्टराईको भजन ‘हे गणनायक’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका इन्दिरा भट्टराईको भजन ‘हे गणनायक’ सार्वजनिक(भिडियो)

सागर अधिकारी र इन्दिरा भट्टराईको स्वर रहेको भजन गणेश भजन ‘हे गणनायक…’ सार्वजनिक भएको छ । सागर अधिकारीकै शब्द तथा सङ्गीत रहेको भजनको भिडियो सर्वाजनिक भएको हो । नायव बडागुरुज्यू प्रा. डा. माधव भट्टराईको प्रमुख आतिथ्यमा राष्ट्रिय धर्मसभा नेपालको भक्तपुर स्थित शिव मन्दिरमा गणेश भजन ‘हे गणनायक…’ को भिडियो सार्वजनिक गरिएको हो । https://youtu.be/Gtnke_GzgsQ दिनेश पराजुलीले छायाँकन रहेको भिडियोमा उत्तर मगरको सम्पादन र बसन्त सापकोटाको निर्देशन छ । एचओ एच म्युजिकको अफिसियल च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ ।...
नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल
राजनीति, समाचार

नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल

जनकपुरधाम । बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा सम्वाद समुह केन्द्रिय समितिको आयोजनामा जनकपुरधाममा आयोजित छलफलमा वक्ताहरुले विगतमा भएका दुईवटा सन्धीहरु पश्चात नेपाल भारतको सम्बन्ध कमजोर हुदै गएको बताए । कार्यक्रममा नेपाल भारतका जानकार कुशेश्वर झाले राजा महेन्द्रको पाला देखि नेपालमा भारत विरोधी गतिविधी सुरु हुन थालेको बताए । जनकपुरधामको प्रमुखमा उम्मेदवार बनेकी तमलोपा नेतृ विभा ठाकुरले आफु २०४४ सालमा विवाह गरेर नेपाल आएकोबेला नागरिकता लिन कुनै पनि अप्ठेरो नभएको बताउदै अहिले हुन थालेको जालझेल प्रति आपती जनाइन् । उनले भारतबाट विवाह गरेर नेपालकी बुहारी भएकी महिला माथी बिश्वास नभएको खण्डामा सबैलाई र्फिता पठाईदिनु पर्ने सम्मको अभिव्यक्ति दिइन । कार्यक्रममा नेपाल भारत खुल्ला सिमा सम्वाद समुहका केन्द्रिय अध्यक्ष राजिव झाले खुल्...
शाइन रेसुङ्गा र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल -भुटान बीच सम्झौता
अर्थ/व्यापार, समाचार

शाइन रेसुङ्गा र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल -भुटान बीच सम्झौता

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल —भुटान बीच सहकार्य गर्ने सम्झौता भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका डेपुटी सिइओ लोकराज पनेरु, रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल—भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु र डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिेजन्जेटिभ लक्ष्मण खरेलबीच सहकार्य गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा युवा नेतृत्व, पेशागत विकास र हरित विकास लगायतका विषयमा समेटिएका छन् । रोट्रयाक्ट डिस्ट्रिक्टको को उद्देश्य बमोजिम विभिन्न सामाजिक कल्याणका परियोजनाहरूलाई प्रेरणादायी, सशक्त र रुपान्तरण गर्ने सम्बन्धी कार्यहरूका लागि संयुक्त रुपमा सहकार्य गर्ने सहमति भएको हो । रोट्रयाक्ट डिस्ट्रिक्टले गर्ने वातावरण,हरियाली तथा सरसफाई सम्वन्धि कार्य ,फोहोर व्यवस्थापन र युवाहरुले गर्ने हरेक कार्यक्रममा बैंकले वित्तिय तथा अन्य सहयोग गर्नेछ । यह...
गायन र मोडलिङ्गमा लोकप्रियता कमाउदै मन्जु थापा
अन्तरवार्ता, मनोरन्जन, समाचार

गायन र मोडलिङ्गमा लोकप्रियता कमाउदै मन्जु थापा

पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरपालीका १० मा बुबा गणेशबहादुर बस्नेत र आमा चित्रकुमारी बस्नेतको कोखबाट २ छोरा र २ छोरीमध्य कान्छी छोरीको रुपमा जन्मीएकी मन्जु थापा बाल्यकालदेखिनै सरल स्वभावकी थिईन् , गीत, संगीत भनेपछि हुरुक्कै हुने मन्जुले स्कुलहरुमा हुने कार्यक्रममा भाग लिएर धेरै पुरस्कारहरु जितेर सानै उमेरमा सबैको मन जितेकी थिईन् । सन् २००४ देखि निरन्तर हंगकंगमा बस्दैआउनुभएकी मन्जुलाई हंगकंग आईडी अनि व्यवसायको ब्यस्तताले गीत, संगीतलाई केहीपछि पारेको महसुस भएपनि कला कहिल्यै मर्दैन भन्ने उदाहरणको लागि मन्जु थापाले नेपाल आएको समयमा साथै बिदेशमा बसेरै भएपनि आफ्नो कला र गलालाई निरन्तर दर्शकसामु पस्किरहेकीछिन् । “भाछु मरितुल्य”, “फूलजस्तै उमेर” लगायत दर्जनौँ गीतमा आफ्नो स्वर दिइसक्नुभएकी र मोडल बनिसक्नुभएकी गायिका तथा मोडल मन्जु थापाले हंगकंग, कोरिया, सिंगापुर, मकाउ, चीन लगायतका देशहरुम...
सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणका लागि आवेदन खुल्ला
मनोरन्जन, समाचार

सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणका लागि आवेदन खुल्ला

ज्योति विकास बैंकको प्रस्तुति रहेको सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला गरिएको छ । अर्थ नेपाल प्रा.लि.को आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । अवार्डमा २०७८ वैशाखदेखी २०७८ चैत्रसम्म बजारमा आएका गीत सङगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी गराउनुभएको छ । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले बताउनुभएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरूले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिनुभएको छ ...
‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक(भिडियो)

चलचित्र ‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले निकै शशक्त प्रेम भाव प्रकट गरेको छ । गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द र किरण भुषालको स्वर र संगीत रहेको छ । परिच्छेद सेन निर्देशित चलचित्रको गीतमा सुप्रिया खनाल र राइडर प्रशन फिचर छन् । परिच्छेदकै लेखन रहेको चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानिया लगायतका कलाकारको पनि अभिनय रहेको छ । सञ्जय लामाको छायाँकन रहेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । चलचित्र भदौ ३ गतेबाट प्रदर्शन हुनेछ । https://youtu.be/ez18SWwiPx0...
”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार”बरिष्ठ गीतकार बल्लभलाई प्रदान गरिने
मनोरन्जन, समाचार

”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार”बरिष्ठ गीतकार बल्लभलाई प्रदान गरिने

काठमाण्डौ– टिकागोपाल एम्. क्रियशन प्रा.लि.को आयोजनामा चर्चित सांगीतिक जोडी कन्हैया सिंह परियार र अन्जना गुरुङको नामबाट स्थापना भएको ”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार” श्रावण १८ गते राजधानी काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । शो कार्यक्रमको कार्यसमिति विस्तार समेत भएको छ ।कार्यक्रमको प्रमुख सल्लाहकारमा विशिष्ट संगीतकार तथा सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बासकोटा, विशेष सल्लाहकार संविधानविद् डा. भीमार्जुन आचार्य (गायक अर्जुन मिलन), मानार्थ सल्लाहकार विशिष्ट लोकगायिका चन्द्रकला शाह (शाहलाई यसअघि कन्हैया-अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको थियो) , त्यस्तै पुरस्कार समितिको अध्यक्षमा टिकागोपाल एम्. क्रियशनकी गीता सिंह, कार्यक्रम निर्देशक चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठ, सदस्यसचिव चलचित्र निर्देशक माधब राज खरेल र सदस्यहरुमा मोडल अपेक्षा ...