Blog

विश्व किर्तिमानी सौगात विष्टले अध्ययनका लागि रोजे मनास्लु वर्ल्ड कलेज
शिक्षा, समाचार

विश्व किर्तिमानी सौगात विष्टले अध्ययनका लागि रोजे मनास्लु वर्ल्ड कलेज

७ वर्ष ३४० दिनको उमेरमा विश्व किर्तिमान (गिनिज वर्ल्ड रेकर्ड) राख्न सफल सौगात विष्ट मनास्लु वर्ल्ड कलेजमा भर्ना भएका छन् । उनी कक्षा ११मा कानुन विषय अध्ययन गर्नका लागि सो कलेजमा भर्ना भएका हुन् ।मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्न पूर्ण छात्रवृत्ति उपलब्ध गराएको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।  विष्टले विश्वको सवैभन्दा कान्छो निर्देशकको रुपमा सन २०१४मा विश्व किर्तिमान राखेका थिए । चलचित्र ‘लव यु बाबा’ निर्देशन गरेबापत उनले विश्व किर्तिमान राख्न सफल भएका थिए । मनास्लु कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त कृयाकलापका क्षेत्रहरु जस्तै खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरुलाई स्थापनाकालदेखिनै ५०% देखि १००% सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान...
मस्तिष्क मृत्युपछिको अंगदान विषयक ‘पुनर्जन्म’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

मस्तिष्क मृत्युपछिको अंगदान विषयक ‘पुनर्जन्म’ सार्वजनिक(भिडियो)

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले निर्माण गरेको अंगदान र अंग प्रत्यारोपण सम्बन्धि चेतनामूलक बृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन गरिएको छ । शुक्रबार राजधानीको कुमारी हलमा आयोजित एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा उक्त वृतचित्र प्रदर्शन गरिएको हो । १५ मिनेट लामो उक्त वृत चित्रको निर्देशन सराना श्रेष्ठले गरेकी हुन । सराना वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी सुपुत्री हुन । समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वस्थ्य समाज निर्माणका लागि उपचारात्मक सेवाले मात्र संभव नहुने भएकाले रोग लाग्नै नदिन यस किसिमका जनचेतना जगाउने वृत चित्रहरुले पनि ठूलो भूमिका खेल्ने बताए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपणको क्षेत्रमा उल्लेखनिय काम गरिरहेको स्मरण गर्दै यसको सेवा देश भरि बिस्तार गर्न र तत्काल विरामीको चापको आधारम...
सारिका घिमिरेको ‘कलियुग कि राधा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सारिका घिमिरेको ‘कलियुग कि राधा’ सार्वजनिक(भिडियो)

सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत/एरेञ्ज रहेको ‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/h5HAj3fHSVw गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको श्रृङ्गार छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फ सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौं क्लबमा समेत पर्न सफल भएका छन् ।...
ब्यूटिसियन संघले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापन पत्र
अर्थ/व्यापार, समाचार

ब्यूटिसियन संघले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापन पत्र

नेपाल ब्यूटिसियन संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको छ । शुक्रबार गृहमन्त्री श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको हो । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागमा कार्यरत कर्मचारी बन्दना कर्णले संघको आजिवन सदस्य सुष्मा महराले केएल टावरमा सञ्चालनमा ल्याएको फेसियल हाउसमा सेवा लिन जाँदा गरेको व्यवहारका विषयका बारेमा मन्त्रीलाई जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको जनाएको छ । संघका अनुसार फेसियल हाउसमा खुला रुपमा राखिएको सिसि क्यामेराको हवला दिँदै उक्त क्यामेराले सेवाग्राही कर्णको निजी व्यक्तिगत गोपनियतामा आँच आएको भनी महानगरिय प्रहरी वृत गौशलामा उजुरी दिएकी थिइन । प्रहरीले उक्त घटनामा परेको उजुरी अनुसार आपराधिक कार्य नभएको भन्दै असार २८ गते कर्ण कै सहमतिमा प्रहरी कार्यालयमा सहमति समेत गरेको थियो । त्यही विषयलाई लिएर यो पेशमाथी आँच आउने गरी झुठा आरोप लगाई ब्युटी...
केही फरक बबिना भट्टराईको ‘बालापनको तीज’(भिडियो)
मनोरन्जन, समाचार

केही फरक बबिना भट्टराईको ‘बालापनको तीज’(भिडियो)

काठमाडौं यस वर्षका तीजका लागि भनेर गायक गायिकाले आफ्ना सिर्जनाहरु दर्शकमाझ पस्किरहेका छन्। तीज आउन डेढ महिना बाँकी रहदा गायक गायिकाहरु तीजका लागि युट्युबमार्फत सार्वजनिक गरिरहेको अवस्थामा गायका बबिना भट्टराईले पनि नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएकी छन्। भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तिज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतलाई बबिनाकै संगीत सुन्न सकिन्छ। सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। https://www.youtube.com/watch?v=Ky_j5u7kq4g ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरुमा समर्पित रहेको छ। सांस्कृतिक सम्पतीको रुपमा सिर्जना गरिएको तीजको कोशेली साना साना नानीहरुको लागी सांस्कृतिक मनोरञ्जन प्रदान गर्नको लागी यो गीत तयार पारिएको गायिका भट्टराईले बताईन् । केशब राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई ब...
‘माइत जाने हो’ भन्दै आए प्रताप र रिज्योना(भिडियो)
मनोरन्जन, समाचार

‘माइत जाने हो’ भन्दै आए प्रताप र रिज्योना(भिडियो)

काठमाडौं । तीज नजिकिदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा बिष्णु तामाङको संगीत तथा संगीत सम्योजन रहेको छ । https://www.youtube.com/watch?v=kSd3MzYHYL4 गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ। विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, बिजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले रुचाएका छन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन ।...
संगीता अधिकारीले दिईन एनआरएनए जापानको अध्यक्षमा उम्मेद्वारी
अर्थ/व्यापार, समाचार

संगीता अधिकारीले दिईन एनआरएनए जापानको अध्यक्षमा उम्मेद्वारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदका लागि संगीता अधिकारी सुवेदीले उमेद्वारी घोषणा गर्नुभएको छ । यही ३० जुलाईमा हुने निर्वाचनमा उहाँले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘मैले जुन अनुभव हासिल गरेको छु, त्यसले मलाई अब संस्थालाई सबल नेतृत्व दिन म समर्थ छु भन्ने आत्मविश्वास दिलाएको छ ।’ उहाँले आफूले दुई वर्षे कार्यकालमा उपाध्यक्षका रुपमा निर्वाह गरेको भुमिकाको न्यायोचित मुल्यांकनले पनि आफूलाई भावी नेतृत्वका लागि लायक ठहर गर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘ब्याबसायीक रुपमा कार्य गरेको अनुभब लगायतका आधारमा म नेपाल र नेपालीलाइ मात्र बुझेको छैन जापान र यहाभएका हामी नेपालीहरूका समस्यालाई नजिकबाट बुझेको छु । तिनिहरूलाई समाधान गर्दै हाम्रो समुदायको उज्वल भविष्य देखाउने ९भिजन० लिएर म आएको छु । जापानमा नेपालीको नयाँ पुस्ता तयार भइरहेको छ । हामी पछाडीको ...
दुवई र अवुधावीमा ‘आउनै पर्छ नाईट २’ हुदै
मनोरन्जन, समाचार

दुवई र अवुधावीमा ‘आउनै पर्छ नाईट २’ हुदै

युएई । नेपालीहरुको वैदेशिक रोजगारीका लागि मात्र होईन व्यापार व्यवसायका लागि समेत उत्कृष्ट रोजाईमा पर्ने देश युएईमा लाखौं नेपालीहरु रहेका छन । प्रवासमा रहेर आफ्नो व्यस्त समय मनोरन्जनका लागि छुट्याउदै आएका नेपालीहरु बेला बेलामा भैरहने विविध कार्यक्रमहरुमा सहभागी भै मनोरन्जन लिने गर्दछन । यस्तो मनोन्जनको माध्यम बनेको छ नेपालीहरु आफैले संचालन गरेको ईभेन्ट कम्पनीहरु । यसैक्रममा दुवईमा रहेको जिरो टू वान इभेंट म्यानेजमेण्ट कम्पनीले आउदो २९ जुलाई २०२३  याक एण्ड यति एभरेष्ट क्लब ,बरदुबई र ३० जुलाई २०२३ मनिला बे ईमिरेट्स प्लाजा होटल अवुधाबीमा नेपालका ख्याति प्राप्त गायक नितेश जंग कुवर, समृद्धि राई लगायत नेपालकै बेस्ट लेडीज़ डिजे नानी र युएई को चर्चित क़ाब्या ब्यांड र होस्ट सरू को साथमा सांगीतिक धमाका हुन गई रहेको छ।लामो समयदेखि युएईका विभिन्न शहरहरुमा यस कम्पनीले बिगतमा पनी यस्ता सांगीतिक कार्यक्रमह...
अधिकृत कर्णद्वारा आफ्नो पेशामाथि आँच आउने कार्य गरेको भन्दै संघको चरणबद्ध आन्दोलन
अर्थ/व्यापार, समाचार

अधिकृत कर्णद्वारा आफ्नो पेशामाथि आँच आउने कार्य गरेको भन्दै संघको चरणबद्ध आन्दोलन

नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत वन्दना कर्णले व्युटिसियन पेसामाथि आँच आउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ । सुष्मा महराले चाबहिलस्थित केएल टावरमा सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी शाखा अधिकृत कर्णले आफूहरुको पेशा तथा व्यवसायमाथि नै आँच आउने गम्भीर आरोप लगाएको संघले बताएको छ । शाखा अधिकृत कर्णले फेसियल हाउसमा राखिएको सिसी क्यामेराले आफ्नो व्यक्तिगत गोपनीयतामाथि आँच आएको भनी महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएको र उक्त उजुरीमा आवश्यक अनुसन्धान भई सहमति भइसकेको संघको विज्ञप्तिमा भनिएको छ । सहमतिपछि पनि शाखा अधिकृत कर्णले आफ्नो पदीय दुरुपयोग गरी प्रहरी प्रशासनलाई प्रभावमा पारेर सुष्मा महरालाई फेरि झुटा मुद्दा लगाउन जोडबल गरिरहेको संघकी महासचिव शशि शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो...
युवा व्यवसायी ज्योती के.सी.द्वारा एनआरएनए जापानको सदस्यका लागि उम्मेदवारी घोषणा
अर्थ/व्यापार, समाचार

युवा व्यवसायी ज्योती के.सी.द्वारा एनआरएनए जापानको सदस्यका लागि उम्मेदवारी घोषणा

विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका युवा व्यावसायी ज्योति के.सी.ले आउँदै गरेको एनआरएनए जापानको अधिवेशन (२०२३-२०२५) का लागि सदस्य पदमा उम्मेद्वारी दिएका छन् । एनआरएनएमा विगतदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी रहेका ज्योतिले सन् (२०१७-२०१९ ) मा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कियुस्यु क्षेत्रको प्रवक्ताको रूपमा रहेर काम गरेका थिए । सामाजिक भावनाले ओतप्रोत ज्योतिसँग विश्वकै ठूलो मानिने परोपकारी संस्था लायन्स क्लबमा समेत आबद्ध रहेर काम गरेको अनुभव छ । लायन्स क्लबले सञ्चालन गर्ने रक्तदान कार्यक्रममा पनि उनको राम्रो योगदान छ । उनले लायन्स क्लव अन्तर्गतकै निकै महत्वपूर्ण मानिने Progressive Melvin Jones Fellow र T U Blood Transfusion & Research Center मा समेत ठूलो रकम डोनेशन गरेका थिए । नेपालमा रहँदा विभिन्न खालका म्यूजिक भिडिओ, बृत्तचित्र, टेलिसिरियल र टेलिभिजन कार्...