Blog

रञ्जिता फाउण्डेशनको अभियानमा समाजसेवी विष्णु तिवारीको साथ
समाचार, समाज

रञ्जिता फाउण्डेशनको अभियानमा समाजसेवी विष्णु तिवारीको साथ

काठमाडौं । रोजगारीका लागि होस वा व्यापार व्यबसायका लागि विदेशमा रहेका नेपालीहरुलाई सधैं देशको मायाले सताउने गर्छ । त्यसै कारण पनि आफुले परिश्रम र पसिना बगाएर आर्जन गरेका केही रकम नेपालमा विभिन्न सामाजिक कार्यहरुमा खर्च गर्दै आईरहेका हुन्छन । प्रवासमा रहेका नेपालीहरुमा भातृत्व अझै जीवितै छ देशको माया प्रति सदा ऊर्जावान रहेका हुन्छन । नेपालमा वेला वेलामा आईपर्ने दैवी विपत्तीहरुमा जस्तो सुकै कठिन समयका बावजुद परदेशमा रहेर पनि आफनो माटो प्रति को स्नेह , मुलुक प्रतिको गहिरो माया र अट्टु सम्बन्ध राख्दै आउने नेपालीहरुमा पर्छ विष्णु तिवारी । आफ्नो समाजिक यात्रालाई थप टेवा पुग्ने मनसायले आफ्नो अभियान मार्फत आर्थिक , भौतिक , समाजिक रूपमा सहयोग गर्ने उद्देश्यका लागि रन्जिता फाउण्डेशनलाई दुई लाख चार हजार चार सय चौबीस रुपैया नगद प्रदान गर्नु भएको छ । चौतारी समूहका पदाधिकारी तथा अन्य समाजसेवी सदस्...
डीपी दाहालको शव्दमा ’आमाले छाडेर गैगएपछिु सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

डीपी दाहालको शव्दमा ’आमाले छाडेर गैगएपछिु सार्वजनिक(भिडियो)

काठमाण्डौ । गीतकार डी पी दाहाल परिश्रमीको रचनामा सन्तोष श्रेष्ठको संगीतमा गायिका अन्जु पन्तले स्वर दिएको “आमा तिमी छोडेर गैगयौ” बोलको मनछुने गीत बजारमा आएको छ । रिता सिम्खडा दाहालको प्रश्तुती रहेको सो गीतको म्युजिक भिडियोलाई अहिलेका चिरपरिचत निर्देशक निकेश खड्काले निर्देशन गर्नु भएको छ । https://youtu.be/plKRkXlEVkQ एक दिन सबैले आफ्नो आमासंग बिछोड हुनुपर्दाको कारुणिक दृश्य गीतमा हेर्न पाईन्छ । यो पिडा नभोग्ने सायदै कोही होला, आमा प्रतिको सम्मानलाई गीतले बोलेको छ ।  लोकप्रिय कलाकार स्मारिका ढकालको दमदार अभिनय रहेको सो गीतको मिक्सीङ्/ मास्टरिङ् किशोर थापा,छायांकन उत्तम हुमागाई, सम्पादन बिकास धमलाको रहेकोछ । DP Dahal Yutube Channel बाट सार्वजनिक भएको भिडियो हेरेर सल्लाह सुझाव दिनका लागि गीतकार परिश्रमीले सबैसंग अनुरोध गरेका छन् ।...
संयुक्त विद्यार्थी संगठनले घोषणा गरे आन्दोलनका कार्यक्रमहरु
शिक्षा, समाचार

संयुक्त विद्यार्थी संगठनले घोषणा गरे आन्दोलनका कार्यक्रमहरु

शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य सहितको समग्र शिक्षा ऐन ल्याउन ८ विद्यार्थी संगठनले घोषणा गरे आन्दोलनका कार्यक्रमहरु राज्यले शिक्षालाई मौलिक अधिकारको रुपमा स्वीकार गरिसकेको परिप्रेक्षमा शिक्षाको पूर्ण दायित्व राज्यले वहन गर्ने गरी शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य सहितको समग्र शिक्षा ऐन ल्याउन माग गर्दै ८ विद्यार्थी संगठनले आज पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रमहरु घोसना गरेका छन् । विश्वविद्यालयमा राजनीतिक भागबण्डाको अन्त्य गर्दै कुलपतीदेखि ,क्याम्पसका पदाधिकारी सम्म खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ती गर्ने प्रावधान सहित शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने र शिक्षाका नाममा प्रतिभा र पुँजी पलाएन हुने समस्याको समाधान दिने गरी विश्वविद्यालय ऐन को पनि माग गरेका छन् । त्यसतै विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई एकरुपतामा निर्माण गरी अनिवार्य कार्यान्वयन गर्न पनि माग गर...
ग्लोबल कायस्थ कन्फेन्स नेपालद्वारा ‘यंग एचिभर’ र एसइई उतीर्ण विद्यार्थी सम्मानित
शिक्षा, समाचार

ग्लोबल कायस्थ कन्फेन्स नेपालद्वारा ‘यंग एचिभर’ र एसइई उतीर्ण विद्यार्थी सम्मानित

ग्लोबल कायस्थ कन्फेन्स (जिकेसी) नेपालले ‘यंग एचिभर’ र एसइईमात्र उत्कृष्ट नतिजा ल्याइ सफलता हासिल गरेका छात्रछात्राहरूलाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जिकेसीले उनीहरूलाई सम्मान गरेको हो। कायस्थ समुदायबाट एसइईमा उत्कृष्ट नजिता ल्याउन सफल भएका छात्रछात्राका साथै अन्य क्षेत्रमा सफलता हासिल गरेका युवाहरूले जिकेसीले सम्मान गरेको हो। यस अवसरमा निजामति सेवामा अधिकृत पदमा नाम निकाल्न सफल मेघा कर्ण, मिस युनिभर्स नेपाल २०२३ की क्वालिफायर गाजल कर्ण र मिस पोपुलर नेपाल माही श्रीवास्तवलाई सम्मान गरिएको छ। त्यस्तै एसइईमा उत्कृष्ट नजिता ल्याउन सफल भएका इशा दत्त, नन्दीता कर्ण, लक्ष्यकुमार श्रीवास्तव, श्रेयस मल्लिक, हिमानी कर्णसहित १५ छात्रछात्रा सम्मानित भएका छन्। जिकेसी नेपालका अध्यक्ष डा.पुनम कर्णको अध्यक्षतामा आयोजित कार्य...
तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले”(भिडियो)
मनोरन्जन, समाचार

तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले”(भिडियो)

काठमाडौं । तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले” सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, सब्द, संगीत, गर्न सक्ने क्षमता भएका ब्यक्ती हुन । यस अघि उनको “चकलेटी हिरो” बोलको तिज गित सार्वजनिक भएको थियो । यो अनुरुप यो वर्ष पनि नयाँ तिज गित लिएर उनी दर्शक माझ आएका हुन । https://www.youtube.com/watch?v=dZO7S_ilKB4 अन्य तीज गीत भन्दा भिन्न रहेको तीज गीतमा मायालु जोडी बिचको शंका र नोकझोक गीतमा रहेको बताउछन । यो गीत उनको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा बिष्णु परियार र जय देवकोटाको स्वर छ । लय संकलन र शब्द तीलकको रहेको गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन । गीतको भिडियोमा रुविना अधिकारी र अस्वन मगर फिचर्ड छन । भिडियो मदन खड्काले निर्देशन गरेका हुन ।...
मोहनी लगाउदै आए रामदाम(भिडियो)
मनोरन्जन, समाचार

मोहनी लगाउदै आए रामदाम(भिडियो)

काठमाडौं । तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले” सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, सब्द, संगीत, गर्न सक्ने क्षमता भएका ब्यक्ती हुन । यस अघि उनको “चकलेटी हिरो” बोलको तिज गित सार्वजनिक भएको थियो । यो अनुरुप यो वर्ष पनि नयाँ तिज गित लिएर उनी दर्शक माझ आएका हुन । https://www.youtube.com/watch?v=dZO7S_ilKB4 अन्य तीज गीत भन्दा भिन्न रहेको तीज गीतमा मायालु जोडी बिचको शंका र नोकझोक गीतमा रहेको बताउछन । यो गीत उनको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा बिष्णु परियार र जय देवकोटाको स्वर छ । लय संकलन र शब्द तीलकको रहेको गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन । गीतको भिडियोमा रुविना अधिकारी र अस्वन मगर फिचर्ड छन । भिडियो मदन खड्काले निर्देशन गरेका हुन ।...
लोकप्रिय भारतिय सौन्दर्य सामाग्री ‘नन्दिनी अर्गानिक’का विभिन्न उत्पादन अब नेपालमा
अर्थ/व्यापार, समाचार

लोकप्रिय भारतिय सौन्दर्य सामाग्री ‘नन्दिनी अर्गानिक’का विभिन्न उत्पादन अब नेपालमा

काठमाडौं । विभिन्न ब्राण्डका कस्मेटिक उत्पादनहरू मार्फत आफ्नो छालामा प्रयोग गर्दा हानिकारक रसायनहरूको बारेमा आम नेपाली सौन्दर्य प्रशाधन उपभोक्ताहरु निकै चिन्तित छन । पछिल्लो रिपोर्ट अनुसार नेपालमा गुणस्तरहिन र नक्कली सौन्दर्य सामाग्रीहरु भित्रिने क्रम वृद्धि हुदै गएको छ । नक्कली उत्पादनको प्रयोगले सौन्दर्यता लागि भनेर प्रयोग गरिने सामाग्रीबाटै उपभोक्ताहरु ठगिने र त्यस्ता सामाग्रीको प्रयोगले छालाजन्य रोगीहरुको संख्या दिनानुदिन वढ्दो छ । यस्ता सामाग्रीहरुले स्वास्थ्यमा विभिन्न नकरात्मक असर पर्दै गईरहेको छ, भने आर्थिक व्ययभार समेत बढेको छ । खैर, अब नेपाली आम उपभोत्ताले यस्ता समस्याबाट चिन्ता गर्ने दिन गएको छ । सौन्दर्यताका लागि उपयोग गरिने यस्ता सामाग्रीहरुले पुर्याएको असरलाई ध्यानमा राखि विगत लामो समयदेखि शत प्रतिशत प्राकृतिक तथा कुनै साईड ईफेक्ट नभएको विभिन्न सौन्दर्य सामाग्रीहरु अर्गानि...
अष्ट्रेलिया निवासी गणेश केसीले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने
अर्थ/व्यापार, समाचार

अष्ट्रेलिया निवासी गणेश केसीले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अष्ट्रेलिया निवासी गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिने इच्छा ब्यक्त गर्नु भएको छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको केसीले संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औ अन्तराष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने चाहना राख्नु भएको हो । वर्तमान आइसिसी उपमहासचिव रहनु भएको केसीले अग्रजहरुको सल्लाह सुझाव अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनुभयो । एनआरएनए अष्ट्रेलियाको पूर्व अध्यक्ष हुँदै एनआरएनएका विभिन्न टास्क फोर्समा रहेर जिम्मेवारी निर्वाह गरिरहदै आउनु भएको छ । केसी हाल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटिको संयोजकको भूमीकामा रहनु भएको छ । केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्दै सीपमूलक कार्यक्रम समेत सञ्चालन हुँदैछ ।...
जनही ५१ हजार रुपैयाँ राशिको ‘भुवन चैत्य वसुन्धरा पुरस्कार’ हस्तान्तरण
मनोरन्जन, समाचार

जनही ५१ हजार रुपैयाँ राशिको ‘भुवन चैत्य वसुन्धरा पुरस्कार’ हस्तान्तरण

भुवन चैत्य बसुन्धरा फाउण्डेसनले वर्ष गरी दुई वर्षका भुवन चैत्य वसुन्धरा पुरस्कार विभिन्न व्यक्तित्वहरुलाई एक साथ हस्तान्तरण गरेको छ । आइतबार चलचित्र विकास बोर्डको हलमा आयोजित एक समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती पुरस्कारहरु प्रदान गरेकी हुन् । समारोहमा २०७९ सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल तथा २०८० सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी नीर शाहलाई प्रदान गरियो । यसैगरी, समारोहमा विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७९ तथा विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०८० सालको चैत्यदेवी पुरस्कार पूदान गरियो । यसका साथै, विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७९ साल तथा विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०८० सालको चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार प्रदान गरियो । समारोहमा चलचित्र विकास बोर्डका अध्य...
म्युजिक भिडियो कलाकार संघको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन”सम्पन्न
मनोरन्जन, समाचार

म्युजिक भिडियो कलाकार संघको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन”सम्पन्न

म्युजिक भिडियोमा अभिनय  गर्ने कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको“छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा  मोडल तथा निर्देशक शंकर बिसीको अध्यक्षता रहेको थियो भने चलचित्र कलाकार संघ नेपालका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, बरिष्ठ कलाकार तथा निर्देशक रबिन्द्र खड्का, बरिष्ठ गायक सिताराम पोखरेल, बाबुराजा केसी“उज्ज्वल”, हरी डाँगी, हुम गैरे, सेमन्तमणी खराल, लगायत थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिव सुनिल लामिछानेले गरेका थिए । म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” को अवसरमा सोही संस्थाकी संस्थापक अध्यक्ष अञ्जु निरौला, बरिष्ठ कलाका...