जनही ५१ हजार रुपैयाँ राशिको ‘भुवन चैत्य वसुन्धरा पुरस्कार’ हस्तान्तरण - राष्ट्रपत्र
बुधबार, मंसिर २०, २०८०

जनही ५१ हजार रुपैयाँ राशिको ‘भुवन चैत्य वसुन्धरा पुरस्कार’ हस्तान्तरण


भुवन चैत्य बसुन्धरा फाउण्डेसनले वर्ष गरी दुई वर्षका भुवन चैत्य वसुन्धरा पुरस्कार विभिन्न व्यक्तित्वहरुलाई एक साथ हस्तान्तरण गरेको छ ।

आइतबार चलचित्र विकास बोर्डको हलमा आयोजित एक समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती पुरस्कारहरु प्रदान गरेकी हुन् ।

समारोहमा २०७९ सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल तथा २०८० सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी नीर शाहलाई प्रदान गरियो ।

यसैगरी, समारोहमा विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७९ तथा विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०८० सालको चैत्यदेवी पुरस्कार पूदान गरियो ।

यसका साथै, विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७९ साल तथा विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०८० सालको चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार प्रदान गरियो ।

समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, अभिनेत्री वसुन्धरा भुसाल लगायतका कलाकारहरु उपस्थित थिए ।

पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ रहेको छ ।

अभिनेत्री भुवन थापा चन्द अध्यक्ष रहेको भुवन चैत्य वसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति, रंगमञ्च, गीत,संगीत तथा साहित्यका सर्जक, श्रष्टालाई उनीहरुको योगदानको आधारमा पुरस्कारबाट सम्मान गर्दै आएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *