Blog

आज नवरात्रको आठौँ दिन :महाष्टमी दुर्गाभवानीको विशेष पूजा
समाचार, समाज

आज नवरात्रको आठौँ दिन :महाष्टमी दुर्गाभवानीको विशेष पूजा

 आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गाभवानीको विशेष पूजा आराधना गरी भव्य रूपमा मनाउँदै छन्। बडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। आजको दिन शास्त्रसम्मत रूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ। तर यसपटक कोरोनाका महामारीका कारण विभिन्न शक्तिपीठ तथा मठमन्दिरमा गुठीका तर्फबाट दिइने पशुबलि भने कटौती गरिएको छ।  यस अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गर्ने प्रचलन पनि रहिआएको छ। विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिम...
कोरोना महामारी भयावह हुनसक्ने: डब्ल्यूएचओ
समाचार, स्वास्थ्य

कोरोना महामारी भयावह हुनसक्ने: डब्ल्यूएचओ

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २२ लाख पुगेको छ। ती मध्ये ३ करोड १३ लाख २९ हजार ८९३ निको भएका छन् भने ११ लाख ४६ हजार बढीको मृत्यु भएको छ। उता विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहोमनले उत्तरी गोलाद्र्ध कोरोना महामारीको स्थिति निकै नाजुक रहेको बताएका छन्। उनले आगामी केही महिना उत्तरी गोलाद्र्धमा कोरोनाबाट स्थिति नाजुक हुने चेतावनी दिएका छन्। ‘हामी नेताहरुसँग आग्रह गदछौं आगामी दिनमा कोरोनाबाट हुने मृत्युदर रोक्न तत्काल पहल सुरु गर्नुस्। स्वास्थ्य सेवा ध्वस्त हुँदैछन्। स्कुल फेरि बन्द गर्नुपर्ने हुन्छ,’ उनले भने। उता इटलीमा पछिल्लो २४ घण्टामा १९ हजार १४३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै इटलीमा संक्रमितको संख्या ४ लाख ८४ हजार ८६९ पुगेको छ। इटटीमा हालसम्म ३७ हजार ५९ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी संक्रमित भएको मुलुक अमेरिकामा ८६ लाख ६४ हजार ३६५ जना संक्रमित भए...
वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको ‘एकतर्फी माया’लाई उनकी सुपुत्री सरनाको स्वर तथा निर्देशन (भिडियो)
मनोरन्जन, समाचार

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको ‘एकतर्फी माया’लाई उनकी सुपुत्री सरनाको स्वर तथा निर्देशन (भिडियो)

लोकप्रिय बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शव्द रचना तथा उनकी सुपुत्री गायिका सराना श्रेष्ठको स्वर रहेको नयां गीत ‘एक तर्फी माया’मा कहिले काही कसैको जीवनमा हुन सक्ने एक तर्फी प्रेमको विषयलाई गीत र भिडियो मार्फत अत्यन्तै आकर्षक ढंगले प्रस्तुत गरिएको छ । हिन्दुहरुको महान चाड दशैंको घटस्थापना अवसर पारेर विषम परिस्थितीका बावजुद दर्शक श्रोताका लागी सांगितीक मनोरन्जन प्रदान गर्ने उद्देश्यले सार्वजनिक गरिएको गीतलाई निकै मनपराईएको छ । ‘ककाकी प्रडक्सन’को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई धेरैले रुचाएका छन । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको गीतको तयारी भिडियोको कन्सेप्ट तथा निर्देशन समेत स्वयं गायिका सरना श्रेष्ठले गरेकी हुन । रुपम सिंह गुरुङ्गको ऐरेन्ज रहेको गीतमा एक तर्फी गरिने मायाको विषयलाई उत्कृष्ट शव्दबाट वर्णन गरिएको छ ।कसैको जीवनमा माया प्रेम एकतर्फी पनि हुन्...
अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न
मनोरन्जन, समाचार

अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न

काठमाडौं, कार्तिक ७ । अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो । अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन २०२० को फाइनल रिजल्ट ड्रिम सर्च एजेन्सीको अफिसियल फेसबुक पेज र युट्युव च्यानलमा प्रकाशित गरिएको छ । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा घरबसी प्रतियोगीले आफ्नो भिडियो मार्फत प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा कपन निवासी ७ वर्षीय आज्ञ थपलिया सुपर किड्स गायन किड्सका विजेता बन्न सफल हुनुभएको छ भने १८ वर्षीय बसुन्धरा निवासी पद्मजा कार्की टीन्सतर्फ विजेता हुनुभएको छ । यस्तै सुपर प्रिकिड्स नृत्यतर्फ विराटनगर निवासी पाँच वर्षीय बालक दिवम रखेचा विजेता हुनुभएको छ । किड्समा बिर्तामोड निवासी ९ वर्षीय प्रलाक्षा कार्की र टीन्सतर्फ काठमाडौं बुढ...
यस बर्ष दशैमा धेरै भेटघाट, जमघट नगरौ :डा. डीआर उपाध्याय
राजनीति, समाचार

यस बर्ष दशैमा धेरै भेटघाट, जमघट नगरौ :डा. डीआर उपाध्याय

अघिल्लो बर्ष जस्तो यस बर्षको दशैको रौनक त्यति छैन । दसैं नेपालीहरूको सबैभन्दा ठूलो पर्व हो । कोरोना भाइरसको फैलिँदो संक्रमणका कारण यस बर्षको दशै खल्लो बनेको छ । कोरोना भाइरसको कारण यति बेला मुलुकको सम्पूर्ण माहोल दशैमय छैन । विश्वव्यापी संकटका रूपमा रहेको कोभिड–१९ को जोखिम बढिरहेको छ । बजारमा त्यति चहलपहल छैन । यो वर्षको दसैं हर्सोल्लासमय छैन । अहिलेको मुख्य बिषय भनेको स्वास्थ्य सावधानी अपनाउने र संक्रमणबाट जोगिने नै हो । बाँचे अर्को बर्ष उत्सवमय दशै मनाउँला । त्यसैले, यो दसैंलाई हामी सबैले बडो सावधानीका साथ मनाउनुपर्नेछ । आज सातौं दिन अर्थात् फूलपातीको दिन हो । दशै १५ दिनसम्म मनाइने चलन छ । दसौं दिन अर्थात् दशमीमा मान्यजनबाट टीका–जमरासहित आशीर्वाद लिने परम्परा छ, जुन नेपालीहरूको मौलिक प्रचलन हो । मुलुकका केही भागमा दसैंको पन्ध्रौं दिन अर्थात् पूर्णिमासम्म टिका लगाउने चलन र परम्परा छ ।...
थप ४४ सय ९९ जनामा कोरोना पुष्टि, २६ सय ६८ निको भए
समाचार, स्वास्थ्य

थप ४४ सय ९९ जनामा कोरोना पुष्टि, २६ सय ६८ निको भए

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ४ हजार ४९९ जनामा कोरोना स.क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार हजार ८ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८६३ पीसीआर परीक्षण गरिएको थियो।...
६ दिनमा १ लाख ४२ हजार ७ सय ६९ यात्रु बाहिरिए
समाचार, समाज

६ दिनमा १ लाख ४२ हजार ७ सय ६९ यात्रु बाहिरिए

उपत्यकाबाट ६ दिनमा १ लाख ४२ हजार ७ सय ६९ यात्रु बाहिरिएका छन् । घटस्थापनायता बाहिरिनेको संख्या दैनिक बढ्दो छ । तर गत वर्षको तुलनामा दसैंमा बाहिरिने यो संख्या भने धेरै कम हो । कोभिड–१९ का कारण लकडाउन भई विद्यालय, क्याम्पसलगायत बन्द भएसँगै १२ लाखभन्दा बढी यात्रु पहिला नै बाहिरिसकेका छन् । लकडाउन खुलेपछि उपत्यका छाड्नेको संख्या झन् बढेको हो । कात्तिक १ गते घटस्थापनाका दिन ४ हजार २ सय २१ सवारी र २१ हजार ४ सय ७८ जना यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यही दिन ४ हजार ४ सय ४ सवारीसँगै १६ हजार ६ सय ४९ यात्रु उपत्यका भित्रिएको ट्राफिक प्रहरीको तथ्यांक छ । बिहीबार साँझसम्म २६ हजार ५ सय ४६ जना यात्रु बाहिरिएका छन् । असोज १ गते सरकारले लामा तथा मध्यम दूरीका सवारी सञ्चालन गर्न दिएसँगै १ लाख ६० हजार ७ सय ४५ सवारीसँगै ६ लाख २८ हजार ७६ जना यात्रु भित्रिएका छन् । १ लाख ६१...
वढीमा चार महिनामै चालक अनुमती पत्र उपलव्ध
अर्थ/व्यापार, समाचार

वढीमा चार महिनामै चालक अनुमती पत्र उपलव्ध

यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ। विगतमा विभागसँगै झण्डै आठ/नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी हुन्थे। अहिले त्यो सकिँदै गएको छ। पहिले वर्षाैँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए। अब पछिल्लो तीन÷चार महिनायता आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ । छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको उनले बताए। ‘सेवाग्राहीले नयाँ वा नवीकरण गरिएका अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुगेर लिन सक्छन्,’ भुसालले भने। निषेधाज्ञाका समयमा यातायात व्यवस्था कार्यालयबाट आएका झण्डै एक लाख अनुमतिपत्र छाप्न बाँकी छ। अहिले आवश्यकतानुसार ‘मास प्रिन्टर’ बाट अनुमतिपत्र छपाइ भइरहेको छ।...
राजस्थान रोयल्समाथि हैदराबादको सहज जित
खेलकुद, समाचार

राजस्थान रोयल्समाथि हैदराबादको सहज जित

 इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । यूएईमा राति भएको खेलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । हैदराबादको जितमा मनिस पाण्डेले अविजित ८३ रन र विजय शंकरले अविजित ५२ रन बनाए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १४० रनको साझेदारी गरे । यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे । रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस ...
आज नवरात्रीको सातौं दिनः कालरात्रीको पूजाआराधना गरी फुलपाती भित्र्याइँदै
समाचार, समाज

आज नवरात्रीको सातौं दिनः कालरात्रीको पूजाआराधना गरी फुलपाती भित्र्याइँदै

 आज दशैँको सातौ दिन घरघरमा फूलपाती भित्र्याई कालरात्रीको पूजा आरधना गरी मनाइदै छ । घर तथा मन्दिरमा स्थापना गरिएको नवदुर्गा भवानी तथा दशैँघरमा आज विधिपूर्वक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाको दिन विधि पूर्वक पूजा गरिएको दशैँघरमा आजको दिनलाई शुभसाइत मानेर उखु, केराको बोट, बेलपत्र तथा सुगन्धित फूल भित्र्याउने गरिन्छ । आजको दिन दिनभरी नै शुभसाइत मानिने भएकाले छुट्टै शुभसाइतको आवश्यक नपर्ने ज्योतिषीय मान्यता रहेको छ । काठमाडौंको हनुमान ढोकामा आज दिउँसो फूलपाती भित्र्याइदै छ । गोरखाबाट ल्याइने फूलपाती धादिङको जीवनपुरसम्म ६ जना मगर समुदायले ल्याउने र जीवनपुरदेखि ६ जना ब्राह्मण समुदायले काठमाडौंसम्म ल्याउने परम्परा रहेको छ ।...