Blog

ग्रिस महर्जनलाई प्रधानमन्त्रीबाट नगद पाँच लाखसहित ट्रफी प्रदान
खेलकुद, समाचार

ग्रिस महर्जनलाई प्रधानमन्त्रीबाट नगद पाँच लाखसहित ट्रफी प्रदान

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२२ मा सम्पन्न “महानगर शारीरिक सुगठन प्रतियोगिता” मा ग्रिस महर्जनले सर्वोत्कृष्ट “प्रथम मिस्टर महानगर २०८२” उपाधि जित्न सफल भएका छन्। यो प्रतियोगिताले पुरुष फिटनेस, व्यक्तित्व, र मंच प्रस्तुतीलाई पहिलो पटक मेयर–स्तरीय प्रतिस्पर्धाको रूपमा प्रस्तुत गरेको थियो । ग्रिसले आफ्नो शरीर संरचना, पोशाक, र मंच प्रजेन्टेसनको उत्कृष्टतामा निर्णायक मण्डल र दर्शकका मन जितेका थिए । प्रतियोगिताका संचालक र कोचिङ टोलीले विजेता ग्रिसको प्रस्तुतीलाई उच्च मूल्यांकन गरेका छन्, साथै सोसल मिडिया र  सञ्चारमाध्यममा प्रशंसा गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओली लगायतले पाँच लाख नगद सहित ट्रफी प्रदान गरेका थिए । ७५ + किलोको प्रतिस्पर्धामा ग्रिस महर्जनले गोल्ड मेडल समेत प्राप्त गर्न सफल भएका थिए ।व्यक्तिगत प्रशिक्षकको भूमिकामा उनले थुप्रै व्यक्तिहरूला...
अन एयर मिडियाको ‘२०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान’ सम्पन्न
समाचार, समाज

अन एयर मिडियाको ‘२०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान’ सम्पन्न

काठमाडौं । अन एयर मिडियाद्वारा सञ्चालित भाषण कला तालिम सुरु भएको २०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान २०८२ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाहलमा आयोजित कार्यक्रममा देशका विभिन्न क्षेत्रका ३० जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा २ जना उच्चपदस्थ अतिथिहरूलाई अभिनन्दन गरिएको हो। कार्यक्रममा सम्माननीय पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश श्री खिलराज रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिको रूपमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिहरूको रूपमा लुम्बिनी प्रदेश प्रमुखका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, बरिष्ठ समाजसेवी बाबु कृष्ण खत्री, समाजसेवी तथा उद्योगी प्रेम दाहाल, समाजसेवी नगेन्द्र न्यौपाने, समुन्नत महिला मञ्चकी अध्यक्ष समा खत्री, उपन्यासकार राधा भण्डारी, चर्...
राम प्रसाद गुरङ को ‘फुलै फुलेको’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

राम प्रसाद गुरङ को ‘फुलै फुलेको’ सार्वजनिक (भिडियो)

काठमाडौं । स्याङजा जिल्लाको भिरकोट नगरपालिक वडा नं ०९ स्थित बाबु दुर्गा बहादुर गुरुङ र आमा नरमति गुरुङको कोखबाट २०४८ सालमा जन्मिएका हुन् रामप्रसाद गुरङ । उनी परिवारमा कान्छो सन्तान हुन् । राम प्रसाद एक होनहार प्रतिभाशाली अभिनेता हुन् । जसले नेपाली संगीत भिडियोहरू र गुरुङ भाषाका चलचित्रहरूमा प्रभावशाली अभिनय प्रस्तुत गर्दै आएका छन् । आफ्ना सांस्कृतिक जरा र पहिचानप्रति गहिरो निष्ठा राख्ने गुरुङ फिल्म उद्योगमा उल्लेखनिय योगदान दिएका छन् । उनले अहिलेसम्म ६ वटा चर्चित भिडियोहरूमा अभिनय गरेका छन् । जसमध्य हालै सावर्र्जनिक भएको आफ्नै आवजमा रहेको ‘फुलै फलेको’ लोक गीत रहेको छ । https://www.youtube.com/watch?v=FLWOfgHiraw जसमा उनक अभिनय तथा भावपूर्ण प्रस्तुतिले दर्शकको मन जितेका छन् । भिडियोको अनुभवपछि गुरुङ भाषाका चलचित्रहरूमा प्रवेश गरेपछि उनले झनै ठूलो चर्चा कमाएका छन् । उनले गुरुङ ...
उत्कृष्ट शेयर शिक्षाका लागि अनामनगरमा ‘ईन्भेष्टमेन्ट गुरु’ संचालनमा
अर्थ/व्यापार, समाचार

उत्कृष्ट शेयर शिक्षाका लागि अनामनगरमा ‘ईन्भेष्टमेन्ट गुरु’ संचालनमा

काठमाडौं –नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।काठमाडौंमा आयोजित एक समारोहबीच लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिवन काटेर औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै संग्रौलाले संस्थाले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउने विश्वास व्यक्त गरिन् ।संस्थाका सिइओ अमित झाका अनुसार इन्भेष्टमेन्ट गुरु आम नागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो । उनले विशेषगरी नयाँ लगानीकर्ता तथा शेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए ।इन्भेष्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत् शिक्षा प्रदान गर्नेछ।...
तृप्तिको स्वर विजयको संगीत र हरि उप्रेतीको शव्दमा ‘आँखैले बोलन..'(भिडियो)
मनोरन्जन, समाचार

तृप्तिको स्वर विजयको संगीत र हरि उप्रेतीको शव्दमा ‘आँखैले बोलन..'(भिडियो)

काठमाडौं ।  वरिष्ठ गीतकार हरि उप्रेतीको शव्दमा गायिका तृप्ति खड्का गुरुङ्ग र जयेश तामाङ्गको युगल स्वरमा आँखैले बोलन..बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अन्तराष्ट्रिय गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार उप्रेतीका यस अघिका थुप्रै गीतहरु चर्चामा रहेका छन । उनकै आफ्नै युट्यूब च्यानल हरि उप्रेतीबाट सार्वजनिक गरिएको उक्त गीतका एरेन्जर नरेश पाण्डे हुन । https://youtu.be/Zy9qQLAhB7k सारेगम स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संगीत विजय गुरुङ्गले दिएका छन भने गीतको भिडियोमा स्यवं फिचर्ड रहेका छन । उनलाई मोडल अस्मि थापाले साथ दिएकी छिन । भिडियोेको निर्देशन समेत गुरुङ्गले गरेका छन । प्रकाश खड्का टिमले छायांकन गरेको भिडियोमा प्रकृतिक मनोरम दृश्यहरु कैद भएका छन । ड्रागन पिक्चर्समा सम्पादन गरिएको भिडियोलाई मिनल विश्वकर्माले सम्पादन गरेका हुन । भिडियोको निर्माण राधिका उप्र...
क्यालगरीमा भव्य रुपमा सम्पन्न भयो ‘कमेडी र लाईभ दोहोरी साँझ’
मनोरन्जन, समाचार

क्यालगरीमा भव्य रुपमा सम्पन्न भयो ‘कमेडी र लाईभ दोहोरी साँझ’

क्यानडा । हास्य, संगीत र समुदायको अनुपम समागम रहेको एक भव्य कार्यक्रम सम्पन्न भएको छ । क्यानडाको क्यालगरीमा आयोजित ‘कमेडी र लाईभ दोहोरी साँझ’ कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भयो। मातृभूमि मेलोडी आर्टसको आयोजनामा भएको यस कार्यक्रमले नेपाली समुदायबीच कला, संस्कृति, हास्य र आपसी सद्भावको प्रभावशाली प्रस्तुति दिएको थियो। कार्यक्रमको संयोजन र व्यवस्थापन रमेश अधिकारीको नेतृत्वमा सक्रिय स्वयंसेवक टिमद्वारा गरिएको थियो। प्रवेश व्यवस्थादेखि मञ्च व्यवस्थासम्म स्वयंसेवकहरूको भूमिका उल्लेखनीय रह्यो। फोहोर व्यवस्थापन, खाना तथा पेय समन्वय, लाइट र पानसको तयारी, सामाजिक सञ्जाल व्यवस्थापन लगायत सबै पक्ष योजनाबद्ध रूपमा अघि बढाइएको थियो। कार्यक्रमको उद्घाटन मित्रलाल सापकोटा र अदल कुमारी सापकोटाले दीप प्रज्वलन गरी गर्नुभयो। बालबालिकाद्वारा नेपाली राष्ट्रगान र ट्र्याक प्लेमार्फत क्यानाडेली राष्ट्रगान ...
‘गीतकार टेक तामाङ सांगीतिक साँझ’ हुँदै
मनोरन्जन, समाचार

‘गीतकार टेक तामाङ सांगीतिक साँझ’ हुँदै

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा यही असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो । उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ-२०८२’ नाम दिइएको छ । गीतकार तामाङको सयौं गीतहरू रेकर्ड छन् । एकल साँझमा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीत प्रस्तुत गरिने छ । एकल साँझका लागि चयन भएका गीतहरू ‘नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरूको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं सैलुङ्ग’ लगायतलाई विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्ने छन् । प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायक ...
मिस एण्ड मिसेस व्यूटिफुलको छनौट प्रक्रिया :अडिसन छुटेकालाई १ हप्ताभित्र आवेदन दिन सकिने
मनोरन्जन, समाचार

मिस एण्ड मिसेस व्यूटिफुलको छनौट प्रक्रिया :अडिसन छुटेकालाई १ हप्ताभित्र आवेदन दिन सकिने

काठमाडौं । मिस एण्ड मिसेस व्यूटिफुल दशौ सस्करणको पहिलो अडिसन सम्पन्न भएको छ । वरिष्ठ अभिनेत्री सनी रौनीयारको विशेष आकर्षणको रुपमा विशिष्ठ अतिथीको रुपमा उपस्थित रहेको सो ग्राण्ड अडिसन समारोह नया बानेश्वर स्थित मेट्रो रेष्ट्रोमा सम्पन्न उक्त अडिसनमा नेपाली चलचित्र क्षेत्रका नायक रमेश उप्रेती , उद्यमी एव र्‍याप एण्ड डाईभकी सँस्थापक रिता आचार्य, हाँस्य कलाकार एव निर्देशक गोपाल ढकाल ‘छन्दे’ , गत वर्षकी मिसेस व्युटिफुल विजेता विजय अधिकारी, कलाकार केदार खड्का, लगायतको निणार्यक मण्डलको टिमले ईच्छुक सहभागीहरुको छनौट गरेका थिए । मिस तथा मिसेस विधामा गरि करिव २ दर्जन वढि ईच्छुक सहभागीहरुको अडिसनमा सहभागी भएको आयोजक समितिका अध्यक्ष एव दक्ष ईन्टरनेशनलका प्रमुख मुख टेकराज पाण्डेले जानकारी दिए ।विवाहित तथा अविवाहित दुवैले सहभागीता लिन सक्ने र यस अडिसनमा छुट भएका सहभागीले दक्ष ईन्टरनेशनलको कार्यालय,...
युवराज छन्त्याल र देवी घर्तीको स्वरमा ‘किन पीर मान्छौं’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

युवराज छन्त्याल र देवी घर्तीको स्वरमा ‘किन पीर मान्छौं’सार्वजनिक (भिडियो)

युवराज छन्त्याल र देवी घर्तीको स्वरमा रहेको गीत ‘किन पीर मान्छौं सार्वजनिक भएको छ । युवराजकै शब्द तथा संगीत र कुमार थापाको एरेञ्ज/मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शिवम पोखरेलले निर्देशन रहेको गीतको भिडियोमा नवीन सिरिस, सगुन शाही, रेनुका आले, वसन्तराज गौतमलगायतको अभिनय छ । यस गीतले आफ्नो मायालुलाई पीर नगरी बस्न आग्रह गरेको छ । माया-प्रेम भावमा झल्काउने यो गीत लोकलयमा रहेको छ । https://www.youtube.com/watch?v=MIs5HPhGlRo सुरज खनाल, राजु घलेले खिचेको गीतको भिडियोमा सरोज शाहीको दृश्य सम्पादन छ । गीतको भिडियोलाई गायक छन्त्यालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
टेलिसिरियल ‘वाचा बन्धन’को प्रसारण सुरु
मनोरन्जन, समाचार

टेलिसिरियल ‘वाचा बन्धन’को प्रसारण सुरु

काठमाडौं । टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक गरिएको छ । यो सिरियल शनिबार वेलुका ७ वजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत आएको हो । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस सिरियलमा कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको निर्माण, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, नेत्र विष्टको निर्माण नियन्त्रण छ । नयाँ पुराना गरेर दुई दर्जन बढी कलाकारको अभिनय यसमा रहेको छ । https://youtu.be/MIs5HPhGlRo ‘सकम्बरी’ गीतबाट चर्चित कुशुम, ‘जुठे’ सिरियलबाट चर्चित जुनकिरी अनि पहिलो पटक अभिनयमा प्रवेश गर्नुभएका प्रशान्त बुढाथोकीको अभिनय यसमा छ । आकाश मगरको गीत/संगीत, मुभि प्वाईन्टको पोष्ट प्रोडक्सन र रामचन्द्र काफ्लेको यसको गीतमा स्वर रहेको छ । यसमा सरिता ढुङ्गाना, कुशुम शर्मा, प्रशान्त वुढाथोकी (करण) विशाल पहाडी, हेमराज घर्ती, रश्मि भट्ट, शुभाष गजुरेल, प्रिया रिजाल, प...