Blog

हजारौं साधकहरूले लिए आध्यात्मिक मार्गदर्शन, गुरुलाई बुझ्ने नयाँ दृष्टिकोण
अन्तर्राष्ट्रिय, समाचार

हजारौं साधकहरूले लिए आध्यात्मिक मार्गदर्शन, गुरुलाई बुझ्ने नयाँ दृष्टिकोण

नयाँ दिल्ली — गुरु पूर्णिमाको पावन अवसरमा देशभरका ३५ भन्दा बढी PVR–Inox सिनेमा हलहरूमा एक अनौठो र ऐतिहासिक कार्यक्रमको आयोजना गरियो, जहाँ प्रख्यात दार्शनिक तथा लेखक आचार्य प्रशान्त ले हजारौं साधकहरूलाई गुरु पूर्णिमाको वास्तविक मर्मबारे मार्गदर्शन गरे। यो केवल धार्मिक वा परम्परागत अनुष्ठान नभई, आत्मबोध र सत्यको खोजमा रहेका व्यक्तिहरूका लागि गहिरो बौद्धिक तथा आध्यात्मिक संवादको अवसर बन्यो। यो विशेष सत्र दिल्ली NCR, मुम्बई, पुणे, बेंगलुरु, कोलकाता, जयपुर, भोपाल लगायत ३५ भन्दा बढी शहरहरूमा एकै साथ प्रत्यक्ष प्रशारणमार्फत प्रस्तुत गरियो। प्रत्येक शहरमा ठूलो संख्यामा साधक, युवा तथा जिज्ञासुहरू सहभागी भए। गुरु भनेको व्यक्ति होइन, प्रकाशतर्फ लैजाने प्रक्रिया हो आचार्य प्रशान्तले आफ्नो सम्बोधनमा स्पष्ट रूपमा भने कि गुरु केवल शरीरधारी व्यक्ति होइन, त्यो चेतना हो जसले हामीलाई ...
देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक (भिडियो)

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने नयाँ देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका सङ्गीत बडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ । गीतका शब्द र संगीत स्वयं संगीत बडुवालले तयार गर्नुभएको हो । दीपक संगम बिगीतको सङ्गीत जत्तिकै आकर्षक भिडियो पक्ष पनि तयार पारिएको छ । भिडियोमा दीपकसंगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी र मीना बडुवालको अभिनय छ । https://www.youtube.com/watch?v=7AXLmpJxKcI मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार भएको भिडियोमा छायांकन र रङ संयोजन अमित बीकेले गर्नुभएको छ भने दृश्य सम्पादन राजेश बोहराले गर्नुभएको छ । शैली, लय र प्रस्तुतीकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले विशेषगरी देउडा गीतप्रेमी दर्शक-स्रोतामाझ लोकप्रियता हा...
एएमएसले दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी गर्ने
मनोरन्जन, समाचार

एएमएसले दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी गर्ने

काठमाडौँ, २२ असारः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् । अध्यक्ष लामाले भनिन्, “नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।” वर्ल्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ । पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्द...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा गायक थापा निर्वाचित
मनोरन्जन, समाचार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा गायक थापा निर्वाचित

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभाले १५ सदस्यीय नया कार्यसमिति चयन गरेकोछ। राजेन्द्र बजगाईको अध्यक्षता एवं बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्बिरोध निर्वाचित भएकाछन भने दिपक शर्मा बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्बाचित भएकाछन। त्यस्तै सुजाता के सी सहमतिमा उपाध्यक्षमा सनम कठायत निर्विरोध महासचिव रिता के सी सचिव सहमतिमा निर्बाचित भएकाछन भने बेनिश पौडेल महिला सचिव,प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकाछन। त्यस्तै मनोज परियार,बिरेन्द्र सिंह भाट,कोपिला शिवाकोटी,पार्वती बम,गिता पाण्डे,सुभाष तिमसिना,प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्विरोध निर्वाचित भएकाछन।१७ सदस्यीय कार्यसमितिमा बाँकि २ सदस्य भने नयाँ कार्यसमितिले चयन गर्नेछ। संस्थाका संस्थापक सल्लाहकार...
“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार”को ट्यालेन्ट राउण्ड सम्पन्न,फिनाले २८ गते
मनोरन्जन, समाचार

“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार”को ट्यालेन्ट राउण्ड सम्पन्न,फिनाले २८ गते

ललितपुर – ब्ल्याक बर्ड इन्टरटेनमेन्टको आयोजनामा आयोजित “नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २” अन्तर्गतको ट्यालेन्ट राउण्ड ललितपुरको कुमारिपाटीस्थित ड्यालिन क्याफे एण्ड मिनी बैंक्वेटमा आज अत्यन्त उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको छ। ललितपुर जिल्लाका १५ विभिन्न विद्यालयहरूबाट छानिएका २० जना बालप्रतिभाहरूले गायन, नृत्य, अभिनय, वक्तृत्व कला लगायत विविध विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै उपस्थित दर्शक तथा निर्णायकहरूको मन जित्न सफल भए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायकको रूपमा उपस्थित थिए । निणार्यक मण्डलमा  यि व्यक्तित्वहरु रहेका थिए ।  अंश वर्मा – सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व तथा उद्यमी म्याक्स नेपाल – लोकप्रिय गायक तथा मोडल प्रियंका श्रेष्ठ – मिस पूर्वाञ्चल २०१५ को विजेता सुजाता बराल – अध्यक्ष, एवाईओएन पुजा रेग्म...
“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”को ट्यालेन्ट राउण्ड सम्पन्न
मनोरन्जन, समाचार

“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”को ट्यालेन्ट राउण्ड सम्पन्न

ग्रेस इभेन्ट्सको आयोजनामा संचालित मिस्टर एण्ड मिस ग्रेस SEE नेपाल – सिजन ६ (२०२५) को ट्यालेन्ट राउण्ड २०८२ असार १७ गते भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) सुरज थापाले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो उत्कृष्ट प्रतिभा, सिर्जनात्मकता र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भए। कार्यक्रममा निर्णायकको भूमिकामा राष्ट्रिय कलाकार सपन श्रेष्ठ, नेपालकी पहिलो एक खुट्टा नृत्यांगना रोमा न्यौपाने, मिस ग्रेस एयर होस्टेस २०२५ की फर्स्ट रनर अप सुनिशा गुरुङ, चिरायु डेन्ट केयरका एम.डी. सागर जोशी र चर्चित गायिका बेनीशा पौडेल रहनुभएको थियो। कार्यक्रमको सन्चालन फेसन कोरियोग्राफर अर्शु महर्जनले गरिरहनुभएको थियो भने, कार्यक्रमका रमाइला क्षणहरू बिन्द्रा प्रजापति र अंकित मल्ल (Cupid Photo Studio) ले तस...
गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न

काठमाडौं  – नेपाली गीत–साहित्यमा योगदान पुर्‍याउँदै आएका गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ–२०८२’ सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त कार्यक्रमलाई गीतकार संघ नेपालले आयोजना गरेको हो।साँझमा गीतकार तामाङले सिर्जना गरेका १७ उत्कृष्ट गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई ऐतिहासिक बनाएका थिए। ‘नेपाल मेरो घर’, ‘आमा’, ‘मीठा मीठा बोली’, ‘स्वर्गझैं सैलुङ’, ‘अल्झिरह्यो याद’, ‘तिमी सागर’, ‘मै खुकुरी’, ‘अङ्गालोमा बेरिरहुँ’, ‘जित्नेहरुको पनि’, ‘मन पर्छ’, ‘माथि माथि लेकमा’, ‘जोर मादलको तालैमा’ लगायतका गीतहरू शब्द, संगीत र गायनको उत्कृष्ट संयोजनका साथ प्रस्तुत भएका थिए।कार्यक्रममा किरण प्रधान, शिव परियार, स्वरुपराज आचार्य, सत्यराज आचार्य, अन्जु पन्त, डेविड शंकर, रुपक चौधरी, संगीता राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन र अस्मिता...
चन्दा पुन “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष
समाचार, समाज

चन्दा पुन “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष

समाज सेवामा निरन्तर समर्पित वरिष्ठ सौन्दर्यविद चन्दा पुनलाई  “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष पदमा सर्वसम्मत रूपमा नियुक्त गरिएको छ। सन् २०२५–२०२६ को कार्यकालका लागि उनलाई यो गरिमामय जिम्मेवारी दिइएको हो। चन्दा पुनको समाजसेवामा लामो अनुभव तथा उनको मानवीय सेवामा समर्पण उल्लेखनीय छ। सुन्दरता तथा आत्मविश्वास अभिवृद्धिमा आफ्नो पेशागत योगदान दिनुका साथै उनले बिभिन्न सामाजिक तथा मानवीय सेवाका अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। लायन्स क्लबमार्फत उनले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, र दीन दुःखीहरूको सेवामा उल्लेखनीय कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। अध्यक्ष पदमा नियुक्तिसँगै उनले भनेकी छन्, “यो पद मेरो लागि गर्व मात्र होइन, ठूलो जिम्मेवारी पनि हो। मानव सेवा नै सच्चा सेवा हो भन्ने मान्यताका साथ म समाजको हितमा अझ बढी समर्पित भएर कार्य गर्नेछ...
राजेन्द्र लुईटेल कार्यक्रम व्यवस्थापनको अध्यक्षमा निर्वाचित
समाचार, समाज

राजेन्द्र लुईटेल कार्यक्रम व्यवस्थापनको अध्यक्षमा निर्वाचित

काठमाडौं । कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन एवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल(राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम आयोजक एवं ईभेन्ट व्यवस्थापकहरुको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी दुई वर्षे कार्यकालका लागि लुईटेलको नेतृत्वमा १३ नयाँ कार्यसमिति निर्वाचित भएका हुन । राजधानीको लाजिम्पाट बुटिक होटलमा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा तृष्णा गुरुङ्ग, उपाध्यक्षमा समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल,सचिवमा विपिन पोखेरल,कोषाध्यक्षमा मनोज थापा,सहसचिवमा भागिरथ कुमार पोखरेल,सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान,रामकृष्ण श्रेष्ठ,राहूल बन्जाडे,पूजा रेग्मि र लोमस कार्की निर्वाचित भएका थिए । निर्वाचनका लागि संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार विएम आचार्य तथा अधिवक्ता केशव पोखरेल नि...
गायिका सुमी पराजुलीको‘ढाँट्यो मायाले’सार्वजनिक (भिडियो )
मनोरन्जन, समाचार

गायिका सुमी पराजुलीको‘ढाँट्यो मायाले’सार्वजनिक (भिडियो )

काठमाडौं : गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ आज सार्वजनिक भएको छ। एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा अलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ, जसमा प्रेम, सहयोग, धोका र विछोडको मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ। गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ। गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका हुन्। https://www.youtube.com/watch?v=xz9SyQto6Lc शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्मा, रेकर्डिङ चन्द्रमान विश्वकर्मा, तथा BTS (Behind The Scene) कार्यमा आशिष चापागाईं र सुवास बयलकोटीको योगदान रहेको छ। छायांकन दिपक गिरीले गरेका छन्। गीतको मेकअप रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्...