Blog

भ्रष्टाचारमा लिप्त हुन सक्ने सम्भावना बढ्यो
राजनीति, समाचार

भ्रष्टाचारमा लिप्त हुन सक्ने सम्भावना बढ्यो

-डा.डिआर उपाध्याय यतिबेला नेपालको राजनीतिमा केही अन्योलता देखिएको छ । अहिले देशका विभिन्न ठाउँमा दैनिकजसो जुलुस, सभा र सम्मेलन भइरहेका छन्। आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा त भएको छ । तर निर्वाचन हुने वा संसद पुनस्थापना हुने भन्ने विषयमा बहस चलिरहेको छ । प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी परेको रिटमा सर्वोच्चको फैसलापछि मुलुकले निकास पाउने देखिन्छ । हालको राजनीतिक परिस्थितिका कारण आम नागरिकमा राजनीति प्रति वितृष्णा उत्पन्न भएको छ । राजनीतिप्रति वितृष्णा पैदा भइरहेको अवस्थामा कर्मचारीतन्त्रले आम नागरिकमा आशा जगाउने खालका काम गर्न सक्नु पर्छ । कर्मचारी संंयन्त्रलाई स्थायी सरकारको रूपमा लिने गरिएको छ । नेपालको प्रशासनसंयन्त्रले आम नागरिकलाई बिना झन्झट प्रभावकारी सेवा प्रवाह दिन सक्नु पर्छ । तर अहिलेको चुनौतीपूर्ण अवस्थामा प्रशासनसंयन्त्र आ–आफ्नो स्वार्थ भन्दा माथि उठ्न सक्नुपर्छ ।...
नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्स बीच समझदारी पत्रमा हस्ताक्षर
अर्थ/व्यापार, समाचार

नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्स बीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्स बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षका पदाधिकारी तथा इजरायल स्थित नेपालका राजदूत डा.अन्जान शाक्य र नेपाल स्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको भर्चुअल उपस्थितिमा सो सम्झौता सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा इजरायल चेम्बर अफ कमर्ससँगको सम्बन्ध मार्फत इजराइलबाट नेपालमा लगानी भित्राउन पहल गर्ने, नेपाल र इजरायलमा आपसी रुपमा व्यापारलाई बिस्तार गर्ने, दुइ–पक्षिय तथा बहु–पक्षीय ब्यापार तथा लगानीसँग सम्बन्धित साझा स्वार्थहरुको प्रबर्द्धन गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदान–प्रदान, व्यवसायीक सूचना आदान प्रदान गर्ने लगायतका बुंदाहरु समा...
ओलीलाई मात्र दोष देखाएर नेताहरु पानी माथिको ओभानो बन्न मिल्दैन
राजनीति, समाचार

ओलीलाई मात्र दोष देखाएर नेताहरु पानी माथिको ओभानो बन्न मिल्दैन

-डा.डिआर उपाध्याय अहिले मुलुक फेरि राजनीतिक अस्थिरतातिर जाने हो की भन्ने चिन्ता छ । लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन लोकतान्त्रिक शक्तिहरुका बिच सहकार्यको जरुरी देखिएको छ । सत्ताधारी दलबीचकै आन्तरिक किचलोका कारण अचानक संसद् विघटन भयो त्यसले समग्र मुलुकलाई क्षति पु¥याएको छ। त्यसमध्ये पनि सबैभन्दा बढी दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्गलाई असर परेको छ । लामो समय लकडाउन झेलेर आर्थिक रूपले थिलथिलो भएका गरिखाने मजदुर वर्ग फेरि राजनीतिक अस्थिरताको मार झेल्नुपर्ने अवस्था सृजना भएको छ। कम्युनिष्टहरुले सर्वहारा श्रमिक वर्गको मुक्तिको लागि भन्दै राजनीति गरे त्यही विश्वासको आधारमा सबै गरिखाने अधिकांश मजदुर वर्गले कम्युनिस्टलाई सहयोग गरेरै बहुमत दिएका हुन्। तर ती श्रमिक मजदुरले आजसम्म कम्युनिस्ट सरकारबाट के पाए ? सर्वसाधारण वा मजदुर वर्ग सबैले अब अस्थिरताको राजनीति अन्त्य होस् र पूर्ण पा...
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘तिमी भित्रै’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘तिमी भित्रै’ सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक भएको छ । मनोजराज सिवकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेललाई फिचर गरिएको छ । https://youtu.be/cYmj8UnpTOc प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा ड्रोन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । फरक शैलीका गीत मार्फत डा.उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राख्न सफल हुनु भएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वक...
राष्ट्रपति भण्डारीबाट राष्ट्रियसभाको हिउँदे अधिवेशनको अन्त्य
राजनीति, समाचार

राष्ट्रपति भण्डारीबाट राष्ट्रियसभाको हिउँदे अधिवेशनको अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्य गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन गरेकी हुन्। मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यलयबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएको जानकारी दिए। उनले पत्रअनुसार आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुष ५ गते नै विघटन गरेका थिए। राष्ट्रियसभाको बैठक पनि ४ दिनमात्र बसेको छ।...
धनमाया भुजेल मृत्यु प्रकरण : आफ्नै भतिजसंगको अनैतिक सम्बन्ध बन्यो मृत्युको कारण
अपराध, समाचार

धनमाया भुजेल मृत्यु प्रकरण : आफ्नै भतिजसंगको अनैतिक सम्बन्ध बन्यो मृत्युको कारण

 लमजुङको सुन्दरवजार–४, दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेल (मगर) को आफ्नै भतिज र भान्जाले जीवन रित्याए । त्यसको कारण झनै अनौठो छ । ज्यानसम्बन्धि उद्योगको आरोपी मृतक भुजेलका भतिज २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई लमजुङ प्रहरीले पक्राउ गरेर घटना सार्वजनिक गरेको हो। घटना भएको ३६ घण्टामा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको छ। प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाका अनुसार मृतक महिला र घटनामा संलग्न सागरबीच केही महिनादेखि अनैतिक सम्बन्ध रहेको रहस्य खुलेको छ। उनीहरुबीच सम्बन्ध रहेको र ती महिला गर्भवती भएको भन्ने गाउँमा हल्ला चलेपछि सागरले घटनाको योजना बनाएका थिए। सागरले आफ्ना मिल्ने साथी विकास भुजेलको सहारा लिएर महिलामाथी ज्यानसम्बन्धि उद्योग गरेको प्रहरी अनुसन्धानले देखाएको छ।मंसिर ३० गते राती योजना बुनेका सागर र विकासले पुस १ गते बिहानै मृतकका श्रीमान् काममा ब...
क्लिनफिड लागू नगर्नेलाई सरकारले कारवाही गर्ने
अर्थ/व्यापार, समाचार

क्लिनफिड लागू नगर्नेलाई सरकारले कारवाही गर्ने

सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ । सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्मसमेत उक्त कार्य नरोकेपछि विज्ञापन बोर्डले कारवाहीको तयारी गरेको हो । विज्ञापन बोर्डले आज एक सूचना प्रकाशन गर्दै विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने जनाएको हो । विज्ञापन ऐन आएको १४ महिना अर्थात् क्लिनफिड लागू भएको साढे दुई महिनासम्म कानूनअनुसार केही टेलिभिजन च्यानल प्रसारण नभएको भन्दै कारवाहीको तयारी गरिएको बोर्डका अध्यक्ष डिल्लीराम शर्माले जानकारी दिए । उनका अनुसार यसअघि कानूनको पालना नगर्ने टेलिभिजन च्यानललाई लिखितरुपमा जानकारी गराइएको र पटकपटकको अनुरोधमा सुधार नआएपछि कारवाही हुनेछ । “कानूनको पालना गर्नु हामी सबैको कर्तव्य हो, एक पटक गल्ती गर्नेलाई छुट दिइ...
राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन
खेलकुद, समाचार

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन

राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाउनुभएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो । विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गाैला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आएको जिल्ला क्रिकेट सङ्घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए । उनको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगत्लाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उनलाई आज जिल्ला क्रिकेट सङ्घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताए । बाह्र वर्षका उमे...
राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य हुने
राजनीति, समाचार

राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य हुने

 सरकारले राष्ट्रियसभाको अधिवेशन आइतबार रातिदेखि अन्त्य गर्ने भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
महिला घरेलु हिंसा तथा यौनजन्य अपराध
अपराध, समाचार

महिला घरेलु हिंसा तथा यौनजन्य अपराध

डा.डिआर उपाध्याय आज समाजमा कसैप्रति कसैको विश्वास छैन । महिला घरेलु हिंसा तथा यौनजन्य अपराधका घटनाहरू समाजमा दिन प्रतिदिन घटेका छन् । यो हाम्रो समाजको लागि चुनौतीको विषय हो । यस्ता घटना घट्नुको मूल कारण समाजमा अशिक्षा, गरिबी र चेतनाको अभाव हो । समाजमा बलात्कारी र अपराधीहरू दिनप्रतिदिन बढ्दैछन् । यस्ता घटना हुनबाट जोगाउन समाजमा जनचेतना फैलाउने कार्यलाई प्रभावकारी बनाउन जरुरी छ । अहिलेको युग सञ्चार र प्रविधिको युग हो । यसको सही सदुपयोग गर्न सकेको खण्डमा धेरै फाइदा छन् तर यसको गलत दुरुपयोगको कारणले गर्दा समाजमा अपराध निम्ताएको छ । सामाजिक सञ्जाल र फेसबुकको गलत प्रयोगबाट समाजमा हत्या, हिंसा र बलात्कारका घटनाले प्रसय पाएको छ । आज केही मानिस चेतनाको अभावले पशुजस्तो व्यवाहार देखाउँछन् । हाम्रो समाजमा घरभित्रै बाबुले छोरीलाई , छोराले आमालाई र दाजुले बहिनीलाई ससूराले बुहारीलाई, देवरले भाउजूला...