स्वास्थ्य

फिनल्याण्डमा देखियो फाइजरको खोपको गम्भीर साइड इफेक्ट
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

फिनल्याण्डमा देखियो फाइजरको खोपको गम्भीर साइड इफेक्ट

अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको कारोनाविरुद्धको खोपको पाँच व्यक्तिमा गम्भीर साइड इफेक्ट देखिएको छ । फिनल्याण्डको मेडिसिन एजेन्सीले यसबारे जानकारी दिएको हो । दुई दिनअघि मात्र फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो । फिनल्याण्डको वाईएलई ब्रोडकास्टरको खबर अनुसार २७ डिसेम्बरबाट युरोपेली मुलुकमा व्यापक खोप कार्यक्रम शुरु गरिएको थियो । युरोपले फाइजरको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो । फिनल्याउडको चिफ फिजिसियन मैया कौकोनेंका अनुसार हालसम्म पाँच जना व्यक्तिमा खोपको साइड इफेक्ट देखिएको छ । उनको बारे विस्तृत विवरण गोप्य राखिएको छ । उनका अनुसार चाँडै नै साइड इफेक्टबारे जानकारी वेबसाइटमा पनि राखिएको छ । उनले साइड इफेक्ट थप बढ्न सक्ने बताइन् । विश्वमा हालसम्म ८.४४ करोडभन्दा बढी संक्रमित भइसकेका छन् । यसमध्ये ८ करोड ९८ ल...
५ हजार पीसीआर परिक्षण गर्दा थप ४१९ जनामा कोरोना, सक्रिय संक्रमित ५७११
समाचार, स्वास्थ्य

५ हजार पीसीआर परिक्षण गर्दा थप ४१९ जनामा कोरोना, सक्रिय संक्रमित ५७११

शनिबार नेपालमा ५ हजार पीसीआर परिक्षण गर्दा थप ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ७११ रहेको छ । पछिल्लो २४ घण्टामा ७५० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७० पुगेको छ। यस्तै हालसम्म ३६७ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ४२ हजार ७०२ जनाको पीसीआर परीक्षण गरिएको छ ।...
भारतमा थप २१ हजार जनामा संक्रमण
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा थप २१ हजार जनामा संक्रमण

भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९५७ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ५९ हजार ७६२ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार नाघेको पुगेको छ । पछिल्लो २४ घण्टामा थप २९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ९५७ पुगेको हो ।...
कोरोना भाइरसको नयाँ स्ट्रेनले महामारीको रुप धारण गर्ने डब्लूएचओको चेतावनी
समाचार, स्वास्थ्य

कोरोना भाइरसको नयाँ स्ट्रेनले महामारीको रुप धारण गर्ने डब्लूएचओको चेतावनी

 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको नयाँ स्वरुपका कारण विश्वमा अर्को ठूलो महामारी फैलिन सक्ने सम्भावना रहेको चेतावनी दिएको छ। डब्लुएचओका अनुसार कोरोनाको नयाँ स्वरुपले अहिलेको भन्दा जटिल महामारी फैलाउन सक्ने छ। डब्लुएचओका अधिकारीहरुले कोरोना भाइरस ठूलो नभएको बताएका छन्। अब फैलने महामारी विश्वका लागि नै खतरा हुने उनीहरुको विश्लेषण छ। युएन एजेन्सीले कोरोना भाइरस भन्दा नयाँ स्ट्रेनको भाइरसको संक्रमण चाडो फैलिने बताएका छन्। डब्लुएचओका प्रमुख टेड्रस अडानोम गेब्रियससले परीक्षण र भ्याक्सिनहरुमा सम्भावित प्रभाव पार्नसक्ने बारे दैनिक अध्ययन भइरहेको बारे जानकारी दिए। डब्लुएचओका आपतकालीन कार्यक्रमका प्रमुख डा.माइक रायनका अनुसार अर्को महामारी झन् गम्भीर हुन सक्ने बताउँदै सबैले मिलेर कार्य गर्नु आवश्यक रहेको बताएका छन्। उनले भने, ‘हामी कमजोर ग्रहमा र बढ्दो जटिल समाजमा बाँचिर...
सरकारले नयां कोरोना भाईरसको अनुसन्धान थाल्यो
समाचार, स्वास्थ्य

सरकारले नयां कोरोना भाईरसको अनुसन्धान थाल्यो

कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता दर वृद्धि भइरहेका समाचारले उत्साह बढाइरहेका अवस्थामा नयाँ रूपको कोरोना भाइरस बेलायतमा पत्ता लागेपछि भने चिन्तित बनाएको छ । पछिल्लो दिनहरुमा विश्वभर कोरोना भाइरसको नयाँ वटा तीन प्रकारका देखिएका छन् । फरक फरक तीन प्रकारका भाइरस १३ वटा देशमा फैलिसकेको छ । बेलायत, दक्षिण अफ्रिका, नाइजेरिया, फ्रान्स, जापान, नेदरल्याण्ड, स्वीडेन, सिंगापुर, अष्ट्रेलिया, स्पेन, क्यानाडा,इटाली र लेवनानमा कोरोनाका नयाँ प्रकार देखिसकेको छ । कोरोनाका नयाँ प्रकार देखिन थालेपछि कतिपय देशहरुमा केही समयका लागि उडान सेवा बन्द गरिएका छन् । दु्रत गतिमा फैलन सक्ने क्षमता रहेको नयाँ प्रकारको कोरोना सुरुमा बेलायतमा देखिएको थियो । बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारसँग ७० प्रतिशतभन्दा बढी सार्न सक्ने क्षमता रहेको बताइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिक रिसर्ज ...
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

बेलायतमा कोरोना भाइरसको  संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  ससँगै बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७० हजार १९५ पुगेको हो ।  मृतक संख्याको आधारमा बेलायत युरोपीयन मुलुकमा इटालीपछि दोस्रो स्थानमा पर्दछ । इटालीमा मृतकको संख्या  बेलायतको भन्दा लगभग एक हजारले बढी रहेको छ । यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ३२ हजार ७२५ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा संक्रमित हुनेको कुल संख्या २२ लाख २१ हजार ३१२ पुगेको छ । हाल बेलायतमा भाइरसले नयाँ रुप परिवर्तन गरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको अधिकारीहरुले बताएका छन् । यसअघिको भाइरसको तुलनमा संक्रमण...
भारतमा १ करोड बढीमा कोरोना पुष्टि, विश्वभर संक्रमितको संख्या ७ करोड ७६ लाख
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा १ करोड बढीमा कोरोना पुष्टि, विश्वभर संक्रमितको संख्या ७ करोड ७६ लाख

भारतमा पनि १ करोड बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। यस अघिसम्म अमेरिकामा मात्र १ करोड बढी कोरोनाका संक्रमितहरु रहेका थिए। अब करोड बढी संक्रमित रहेका देशको संख्या २ पुगेको छ। वल्र्डोमिटरको तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म १ करोड ८४ लाख ५७ हजार ५ सय ३ जनामा कोरोना पुष्टि भइसकेको छ। भने भारतमा १ करोड ७५ हजार ४ सय २२ जना कोरोनाका संक्रमितहरु रहेका छन्। विश्वका शक्तिराष्ट्रको रुपमा चिनिएका भारत र अमेरिका कोरोनाको पनि निकै ठूलो चपेटामा परेका छन्। हालसम्म ३ लाख २६ हजार ६ सय ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएको अमेरिकामा गत २४ घण्टामा मात्र १७ सय बढीको मृत्यु भएको छ। १ लाख ८३ हजार ८ सय ९६ जना संक्रमित २४ घण्टामा थपिएको अमेरिकामा १ लाख ७४ हजार १ सय २४ जना कोरोना निको भएर डिस्चार्ज पनि भएका छन्। भारतमा गत २४ घण्टामा थप १९ हजार १ सय ७४ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म् १ लाख ४६ हजार १ ...
पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा सरकारीसहित दुई अस्पताल कारवाहीमा
अपराध, समाचार, स्वास्थ्य

पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा सरकारीसहित दुई अस्पताल कारवाहीमा

 नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ। नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो। प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लिएको थियो। सरकारी क्यान्सर अस्पताललाई सरकारले नै तोकेको शुल्कभन्दा बढी शुल्क लिएको आरोपमा कारवाही गर्नुलाई दुर्लभ घटनाका रूपमा लिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कार्यालयले क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमलाई थप अनुसन्धानका लागि पुर्पक्षमा राख...
चिसो मौसमः आफ्नो सुरक्षा आफै गरौं
समाचार, स्वास्थ्य

चिसो मौसमः आफ्नो सुरक्षा आफै गरौं

डा.डिआर उपाध्याय विगत नौ महिना देखि नेपालमा फैलिएको कोरोना संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । यसले आम नागरिकलाई आक्रान्त बनाई रहेको छ । नेपालमा जाडो मौसम सुरु भैसकेको छ । यो समयमा चिसोका कारण रुघा, खोकी, निमोनिया जस्ता रोगहरुको प्रकोप बढ्ने गर्दछ । यस्तो मौसममा विशेष गरी बालबच्चा र वृद्धवृद्धा हरुलाई रोगले छिटो आक्रमण गर्ने हुँदा विशेष सावधानी अपनाउनु पर्र्ने जरुरी देखिन्छ । यस्तो अवस्थामा तपाई हामी सावधानी पूर्वक कोरोना संक्रमण हुनबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ यो नै मानवीय धर्म र कर्तब्य हो । सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणको अवस्थामा नपुग्दै बढी भीडभाड हुने क्षेत्र खुला गर्न थालेको छ ।यस्तो अवस्थामा आफ्नो सुरक्षा आफै गरौँ यो भन्दा अर्काे कुनै विकल्प छैन । नेपालमा दोस्रो चरणको संक्रमण बढ्नसक्ने चेतावनी विज्ञले दिएका छन् ।यस्तो जोखिम पूर्ण अवस्थामा पनि सरकारले बिनातयारी...
२४ घण्टामा १५ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ११ हजार
समाचार, स्वास्थ्य

२४ घण्टामा १५ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ११ हजार

शनिबार नेपालमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६५९ पुगेको छ। यस्तै हालसम्म ५१९ जना क्वारेन्टिनमा रहेका छन् ।...