स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा एकै दिन दश काेराेना सङ्क्रमितको मृत्यु
समाचार, स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा एकै दिन दश काेराेना सङ्क्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ। शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ सङ्क्रमित उपचाररत रहेकामध्ये तीन जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ। अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ पाँच जनाको उपचार भइरहेको छ। कोरोना अस्थायी ...
जोखिमसंग कोही कसैले खेलवाड गर्नु हुदैन
समाचार, स्वास्थ्य

जोखिमसंग कोही कसैले खेलवाड गर्नु हुदैन

डा.डिआर उपाध्याय, सरकारले बिहिवार देखि देशका बिभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । यसको प्रभाव बिभिन्न ठाउँमा परेको छ । निषेधाज्ञा जारी हुने भने पछि काठमाण्डौंबाट आफनो गाउँ फर्कनेको लर्को देखियो । आखिर आपत बिपतमा आफनै गाउँघर प्यारो हुन्छ । यो शहरमा कसैले कसैको मतलव गदैन । सवै आ आफनै धुनमा हुन्छन । मतलवी दुनिया देखेर नै धेरै मानिसहरु यो बेला आफनै गाउँघर फर्किएका छन । काठमाण्डौमा भोकै मरिन्छ की भन्ने चिन्ताले ति मानिसहरु गाउँ फर्किएका हुन । गत बर्षको लकडाउन बाट पाठ सिकेका ति मानिसहरु आफनै गाउँ घर फर्किन बाध्य भएका हुन । अरु केही होइन । अर्को कुरा ति मानिसहरु लर्को लाएर गाउँ फर्किदा के कोरोना लिएर फर्किएका त छैनन् ? यो पनि गम्भिर प्रश्न छ । सरकारले गाउँ फर्कने होइन जो जहाँ छ , त्यही बसेर सुरक्षित रहने हो , हामी छौं , केही भए सरकार छ भन्ने पनि आँट गर्न किन सकेन होला ? पक्कै गाउँ फर्कन...
नेपालमा मृत्युदर १.०२६ प्रतिशत
समाचार, स्वास्थ्य

नेपालमा मृत्युदर १.०२६ प्रतिशत

देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । केही दिनयता संक्रमणदर बढ्दो क्रममै छ । कुल संक्रमितमध्ये २ लाख ७९ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १।०२६ प्रतिशतको मृत्यु भएको छ । हालसम्म २४ लाख ४५ हजार ९ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल, देशभर ५४ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ४ हजार ८ सय ९७ संक्रमित थपिएका छन् । जसअन्तर्गत प्रदेश १ को इलाममा ३, उदयपुरमा २, खोटाङमा २, ओखलढुंगामा १, झापामा ४०, ताप्लेजुङमा १३, धनकुटामा १, मोरङमा १ सय २८, सुनसरीमा ४९ ज...
उच्च मनोबिज्ञानका साथ कोरोना संग लडौं
समाचार, स्वास्थ्य

उच्च मनोबिज्ञानका साथ कोरोना संग लडौं

डा.डिआर उपाध्याय, आजभन्दा करिब डेढ वर्षअघि चीनको वुुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमण क्रमशः विश्वव्यापी फैलिँएको हो । यसले महामारीको रूप लिएको थियो । शक्तिशाली राष्ट्रहरुलाई समेत यसले थप चुनौती दिँदै आयो । कोरोनाले धनी गरीव कसैलाई पनि छोडदैन । र छोडेन पनि । यतिबेला नयाँ प्रजातिको संक्रमण देखिएको छ । जसले गर्दा आमनागरिकमा एक खालको त्रास उत्पन्न भएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक लाखांैको संख्यामा देखिएको संक्रमणको उच्चतम दरले विश्वलाई नै एकखालको चुनौती दिइरहेको छ । खुला सीमानाका कारण सहजरुपमा आउने जाने भईरहदा नेपाल त्यसबाट बढी प्रभावित भएको छ । सीमानाकामा कडाई गरौं । कोरोनाका कारण बिगत बर्षमा लामो समयसम्म स्कुल , कलेज बन्द रहेका थिए । अहिले पनि त्यही स्थिती दोहोरिएको छ । देशको अर्थतन्त्र फेरी डामाडोल हुने होकी भन्ने चिन्ता पनि थपिएको छ । यो बेला कोभिडको यो भयावहले फेरि एकप...
भविष्यका कर्णधार बालबालिकामा कोरोनाको त्रास
समाचार, स्वास्थ्य

भविष्यका कर्णधार बालबालिकामा कोरोनाको त्रास

डा.डिआर उपाध्याय, विश्वव्यापी रुपमा फैलिएको कोरोनाको दोस्रो लहर नेपालमा पनि पुनः देखिएको छ । पहिलो लहरको कोरोना संक्रमण भन्दा अहिले देखिएको कोरोना बढी मात्रमा घातक रहेको कुरा चिकित्सक हरुले बताउदै आएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण भएका बिरामी मध्ये धेरैजसो जटिल अवस्थामा उपचार भैरहेको पाइन्छ । अब कोही पनि मानिसहरुले यो कोरोना सँग खेलवाड गर्नु हुँदैन । यदि कोरोना सँग खेलवाड गरियो भने जो सुकैको ज्यान खतरामा पर्न सक्छ । पछिल्लो समयमा आएर कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले बढी भिडभाड हुने ठाउँहरुलाई बन्द गर्ने घोषणा गरेको छ । बढी मात्रमा प्रभावित हुने क्षेत्रहरु शैक्षिक संस्था, पार्टी प्यालेस, रेष्टुरेन्ट , दोहोरी साँझ लगायतका हुन् । अहिले विशेष गरेर शैक्षिक संस्था बढी मात्रमा प्रभावित भएका छन् । किनभने नजिकिदै गरेको वार्षिक परीक्षा समेत अन्योलमा परेको छ । आज देखि कोरो...
कुवेतमा कोरोना संक्रमणबाट २ नेपालीको ज्यान गयो
समाचार, स्वास्थ्य

कुवेतमा कोरोना संक्रमणबाट २ नेपालीको ज्यान गयो

विदेशमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुवेतमा रहेका विराटनगरका सन्तोष कुमार दर्जी र स्याङ्गजाका बम बहादुर पुलामी रहेका छन् ।   एनआरएनए कुवेतका महासचिव दिल कुमारका अनुसार पाख्रिन उनीहरु दुवैको बिहिबार उपचारको क्रममा मृत्यु भएको हो । कुवेतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले त्यहाँ कार्यरत रहेका नेपालीहरुलाई सचेत रहन  एनआरएनए कुवेतले आग्रह गरेको छ ।  कुवेतमा हालसम्म २ लाख ५४ हजार बढी कोरोना स.क्रमित पुगेका छन् भने १ हजार ४ सय बढीको मृत्यु भइसकेको छ । ...
भीडभाडमा जाँदा हामी सवैले विशेष सतर्कता अपनाऔं
समाचार, स्वास्थ्य

भीडभाडमा जाँदा हामी सवैले विशेष सतर्कता अपनाऔं

डा.डिआर उपाध्याय, मुलुकमा कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्ने संकेत देखिन थालेको छ । फेरि जनतामा एक खालको त्रास उत्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले दिनहुँ ३ सय जना हाराहारी नयाँ संक्रमित थपिन थालेका छन । यो बडो चिन्ताको बिषय हो । अव हामी सवै नागरिक हरु सचेत बन्नु पर्ने बेला फेरि आएको छ । कोही पनि यो रोग संग हेलचेक्राइ गरेर बस्नु हुदैन । कोरोना संक्रमण भनेको महामारी हो । यो संग डराउनुका साथै सचेत हुनु पर्छ । सवै भन्दा पहिला आफू सचेत भएर अरुलाई सचेत गराउनु पर्छ । अहिले विश्वभर जुन किसिमले पुनः संक्रमण दर बढिरहेको छ, त्यस हिसाबले यहाँको थोरै मात्राकै संख्यात्मक वृद्धिलाई पनि खतराको सूचकका रूपमा लिनुपर्छ । अव ढिला नगरी कोरोनालाई नियन्त्रणमा ल्याउनका लागि सरकार अग्रसर हुनुपर्छ । पूर्व तयारीका साथ सरकार बस्नु पर्छ । रोगले माहामारी लिए पछि गरिएको तयारीले कुनै अर्थ...
भेरिएन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या बढ्यो
समाचार, स्वास्थ्य

भेरिएन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या बढ्यो

कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी १.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।‘ब्राजिल र अफ्रिकामा देखिएका कोरोना भाइरसको नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाएका छौँ । रिपोर्टको प्रतिक्षामा छौँ ।’ ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने । ...
भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित

भारतमा थप ‍१ लाख ३१ हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि विहीबार चैत्र २६ मा भारतमा दोस्रो धेरै १ लाख २६ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३० लाख ७५ हजार ९५४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १९ लाख १० हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार ५१९ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८०२ जनाको मृत्यु भएको छ ।...
कोरोना भाइरसलाई खेलाँची नठानौं सर्तक बनौं
समाचार, स्वास्थ्य

कोरोना भाइरसलाई खेलाँची नठानौं सर्तक बनौं

डा.डीआर उपाध्याय, विगत केही समय अघिदेखि घट्दो रुपमा रहेको कोरोना भाइरस फेरि दोहोरिन लागेको संकेत देखिन्छ । छिमेकी देश भारतमा कोरोना भाइरस बढे सगै नेपालमा खुल्ला सिमानाकाको कारण नेपालमा पनि यसप्रति सबै सचेत र जागरुप रहनु पर्ने देखिन्छ । कोरोनाका कारण देखाई पुन नेपालमा लकडाउन गर्ने खेल सरकारले गर्नु हुँदैन । गत वर्ष गरिएको लकडाउनका कारण नेपाली जनताको जनजीवन अझै सम्म पनि सहज बन्न सकिरहेको छैन । धेरैको व्यापार व्यावसाय अहिले सम्म सोचे बमोजिम सुचारु छैनन् । आम नागरिक लकडाउन भन्ने शव्द देखि नै त्रसित छन् । अब सरकारले यो विषयमा गम्भिरता पूर्वक सोच्नु पर्ने बेला आएको छ । कोरोनाका कारण लकडाउन गर्नु समस्याको समधान होइन भन्न्ने कुरा विगतको परिणामले पुष्टि गरेको छ । नेपाल अरु देशको तुलनामा गरीब भएता पनि कोरोना भाइरस सँग लड्न सक्ने क्षमता भएको कुरा विगतले पुष्टि गरेको छ । नेपाली जनता कुनै पनि दुः...