मधुमेह के हो ? कारण र रोकथामका उपाय
– डा.प्रियादर्शिनी योन्जन,
काठमाडौं । मधुमेहको विरामी तीब्र गतिमा वढिरहेको छ । हाल विश्वभर ५३७ मिलियन भन्दा वढिको संख्यामा मधुमेह रोगी रहेका छन । मधुमेह एउटा गम्भिर र दीर्घ रोग हो । समयमा उपचार गरिएन भने यस रोगले विभिन्न अंगहरुलाई हानी पुर्याउन सक्छ । मधुमेह कुनै पनि उमेर, लिङ्ग र जातिको मानिसलाई हुन सक्ने रोग हो । मधुमेह अथवा डायवेटीज ग्रीक शव्द Siphon बाट आएको हो । Melltus मेलिटस ल्याटिन शव्द हो । जसको अर्थ मिठो (गुलीयो) हो ।छैठौं शताव्दीमा भारतमा सुश्रुत नामका उपचारकर्ताले मधुमेह पहिचान गरे र यसलाई मधुमेको नाम दिएका थिए । मधुको अर्थ मह हो । प्राचिन समयका भारतीयहरु मानिसको पिसाबमा आकर्षित भएको देखेर मधुमेहको परिक्षण गर्थे ।सन १७७६ मा म्याथ्यु डोव्सनले मधुमेहको बिरामीको पिसाबमा चिनीको मात्रा बढि भएको कारण मधुमेह रोगीको विसाबको स्वाद मिठि भएको पुष्टि गरेका थिए ।सन् १८८९ मा जोसेफ व...









