काठमाडौ लेडी जेसीजको अतिथ्यतामा नेपाल जेसीज क्षेत्र ‘ग’ को सम्मेलन हुदै
नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । काठमाडौ लेडी जेसीजको अतिथ्यतामा भाद्र ३१ र असोज १ गते दुइ दिनसम्म काठमाडौ नयांबजार स्थीत नेपा ब्याक्वेटमा हुने भएको छ ।
नेपाल जेसीज क्षेत्र ‘ग’ का निरुपीत राष्ट्रिय उपाधक्ष्य योगिराज अधिकारीले सम्मेलनले सम्पुर्ण जेसीज सदस्यहरुमा बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताए । सम्मेलनमा विभिन्न किसिका नेतृत्व र क्षमता बवकास केन्द्रीत तालिमहरुको व्यवस्था गरिएको उनले जानकारी बताए ।
क्षेत्रगत सम्मेलन जेसीज सदस्यहरुको लागि मात्र नभई समाजका हरेक तहका युवाहरुलाई एकताबद्ध गराउदै हरेक क्षेत्रमा लक्ष्य प्रापितकालागि महत्वपूर्ण भूमिका खेल्ने अधिकारीले बताए ।
त्यस्तै नेपाल जेसीज क्षेत्र ‘ग’ की निरुपीत कार्यकारीणि उपाध्यक्ष तथा क्षेत्र ‘ग’ सम्मेलन सभापतति रमा प्याकुरेलले क्षेत्रगत सम्मेलनमा नेपाल जेसीजका गतिविधिका बारे जानकारी दिदै द...










