काठमाण्डौँ, सारा संसार मिडिया प्रा लि को “घोषणा कार्यक्रम तथा सम्मान कार्यक्रम २०७९ सभ्य भव्य रुपमा समापन भएको छ । सारा संसार मिडिया प्रा.लि.की संस्थापक अध्यक्ष सारीका तमाङगको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता निर बिक्रम शाह तथा विशिष्ठ अभिनेत्री गौरी मल्ललाई चलचित्र, कला तथा मनोरञ्जन क्षेत्रमा निरन्तर लागि परी अतुलनीय योगदान पुर्याए बापत नगद सहित ताम्र पत्रद्वारा सम्मान गरिएको हो । युनिभर्सल क्याफेमा सम्पन्न उक्त कार्यक्रममा सारा संसार मिडियाका कार्यकारी निर्देशक शंकर प्रसाद दुलाल तथा अध्यक्ष सारीका तमाङगले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।
सारा संसार मिडियाका सल्लाहकार राजु केसिको संयोजनमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता निर बिक्रम शाह तथा विशिष्ठ अभिनेत्री गौरी मल्लले शुभकामना मन्तब्य दिनु भएको थियो । वर्षेनी सातै प्रदेशका एक महिला तथा एक पुरुष श्रष्टालाई सम्मान गरिने कुरा सारा संसार मिडिया प्रा.लि. की संस्थापक अध्यक्ष सारीका तामाङ्गले जानकारी गराउनु भयो । कार्यक्रममा समाजसेवी, वरिष्ठ पत्रकार, सञ्चारकर्मी तथा विशिष्ठ व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुमन कुमार श्रेष्ठले गरेका थिए ।