समाज

बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने
समाचार, समाज

बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने

हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण बन्द गरिएको छ । बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा नारायणस्थानमा दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको थियो । यस वर्ष कोरोना भाइरसका कारण एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा पूर्ण रोक लगाइएको छ । आजदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र बन्दसमेत गरिएको मन्दिरका स्वामी निगमानन्दले जानकारी दिए । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी आगामी सोमबारसम्म नित्य पूजा मात्र गरी भक्तजनलाई दर्शन गर्न रोक लगाइएको बताइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन क्...
काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ लाख नाघ्यो, सक्रिय संक्रमित १२ हजार बढी
समाज, स्वास्थ्य

काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ लाख नाघ्यो, सक्रिय संक्रमित १२ हजार बढी

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७२ पुगेको छ । यो देशभरकै कुल संक्रमितको ४६ प्रतिशत हो । तिमध्ये हाल १२ हजार ६९२ जना संक्रमित सक्रिय रहेका छन् । उपत्यकाको भक्तपुरमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७ हजार ३३६ जना, ललितपुरमा ११ हजार ९४८ जनार काठमाडौँमा ८१ हजार ५८८ जना रहेका छन् । संक्रमितमध्ये ४८८ जनाको मृत्यु भइसकेको छ, भने ८७ हजार ६९२ जना संक्रमणमुक्त भएर फर्किएका छन् । हालसम्म काठमाडौँमा ७१ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ३१६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित ९ हजार ६८१ जना छन् । यस्तै ललितपुरमा ९ हजार ६३१ संक्रमणमुक्त भएका छन् भने ८९ जनाको मृत्यु भएको छ । २ हजार २२८ संक्रिय संक्रमित छन् । भक्तपुरमा ६ हजार ४७० जना संक्रमणमुक्त भएका छन् भने ८३ जनाको मृत्यु भएको छ । भक्तपुरमा ७८३ संक्रिय संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्...
आज छठ पर्वको मुख्य दिन,साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
समाचार, समाज

आज छठ पर्वको मुख्य दिन,साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

 प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको आज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिन...
भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने
समाचार, समाज

भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ । राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो । कमलपोखरीमा विगत १० वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंह जिल्ला प्रशासन कार्यालयले २५ जना मात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउनुहुन्छ ।प्रशासनको स्वीकृतिअनुसार विगत नौ वर्षदेखि व्रत बस्दै आएकालाई मात्र मङ्सिर ५ गते बेलुकी कमलपोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिने वातावरण बन...
दार्चुलामा ३० वर्षीय कोरोना सङ्क्रमित युवाको मृत्यु
समाचार, समाज

दार्चुलामा ३० वर्षीय कोरोना सङ्क्रमित युवाको मृत्यु

दार्चुलामा अस्पताल लैजाँदै गर्दा बाटोमै एक कोरोना सङ्क्रमित युवाको मृत्यु भएको छ । दुहु गाउँपालिका २ का ३० वर्षीय पद बडालको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख मोहनसिंह महराले जानकारी दिए । मृतक बडालाई श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि स्याब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना भाइरस रहेको बैतडी अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले बताए । यससँगै जिल्ला अस्पतालको आकस्मिक र प्रसुति सेवाबाहेकको अन्य सेवा बन्द गरिएको छ । ...
नेवार समुदायका केही समूहले आज लगाउँदै भाइटीका
समाचार, समाज

नेवार समुदायका केही समूहले आज लगाउँदै भाइटीका

नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका बहुसंख्यक नेपालीले भने सोमबार नै मनाएका छन् । आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउने भएका हुन् । सरकारले भाइटीका (किजापूजा)का लागि सार्वजनिक बिदा दिएको छ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । आज बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म खुल्ने जनाइएको छ ।...
आज यमपञ्चकको पाँचौंँ मुख्य दिन भाइटीका पर्व
समाचार, समाज

आज यमपञ्चकको पाँचौंँ मुख्य दिन भाइटीका पर्व

 हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन सोमबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन भाइटीका पर्व, दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिए ।‘ भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भ...
भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने
समाचार, समाज

भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर यसवर्षको भाइटीकाका दिन (सोमबार) खुल्ने भएको छ। भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिए। २०७२ साल वैशाख १२ गते गएको बिनासकारी भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि पहिलोपटक खुल्न लागेको हो। भाइटीकाका दिनमा मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको उनले बताए। बालगोपालेशवर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गरिन्छ।...
आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीकाे पूजाआरधाना गरी लक्ष्मीपूजा मनाइँदै
समाचार, समाज

आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीकाे पूजाआरधाना गरी लक्ष्मीपूजा मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ। ...
बाल संगठन तनहुँको अध्यक्षमा शिक्षाविद् डम्बरदेव कैनी
समाचार, समाज

बाल संगठन तनहुँको अध्यक्षमा शिक्षाविद् डम्बरदेव कैनी

तनहुँ, २८ कार्तिक- शिक्षाविद् डम्बरदेव कैनी बाल संगठन तनहुँको अध्यक्षमा नियुक्त भएका छन् । नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कैनी अध्यक्षमा नियुक्त भएका हुन । कैनी पाँच दशक भन्दा बढी समयदेखि शिक्षाका क्षेत्रमा सक्रिय छन् । कैनी शान्ती बर्ष उमाविका पुर्व प्राचार्य हुन ।देशैभर सञ्चालित बालमन्दिर विद्यालय संगठनकै मातहतमा सञ्चालन हुने गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कैनीको पदबहाली गराएका छन् । नवनियुक्त अध्यक्ष कैनीले शुक्रबार पदबहाली गरेका छन् । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कैनीको पदबहाली गराएका हुन । कार्यक्रममा प्रतिनिधि सभा सदस्य केदार सिग्देलको उपस्थिति रहेको थियो । भद्र स्वभाव र बालसुलभ व्यवहार कैनीका सबल पक्ष हुन । उनी मानवअधिकारका क्षेत्रमा पनि सकृय छन् ।...