समाज

समाचार, समाज

आज काग तिहार,कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्...
प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन
अर्थ/व्यापार, समाचार, समाज

प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन

लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो । सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।...
मंसिर २ गते पनि सार्वजनिक बिदा
समाचार, समाज

मंसिर २ गते पनि सार्वजनिक बिदा

तिहारमा तिथि विवादसँगै मंसिर २ गते भाइपूजा मनाउने केही नेवाः अभियन्ताहरूको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको छ।  स्रोतका अनुसार हिजो उक्त निर्णय मन्त्रिपरिषद्को बैठकबाट भएको हो। नेवाः अभियन्ताहरूले मंसिर २ गते आफूले भाइपूजा मनाउने भएको बताउँदै उक्त दिन पनि सार्वजनिक बिदाको माग गर्दै एक मन्त्रीमार्फत् प्रस्ताव लगेका थिए।  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष कार्तिक २९ गते शनिबार लक्ष्मीपूजा, कार्तिक ३० गते आइतबार गाईगोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते सोमबार गोवद्र्धन पूजा तथा भाइपूजा तोकेको छ।  तर केही नेवाः समुदायले भने कार्तिक २९ गते शनिबार नरक चतुर्दशीकै दिनमा लक्ष्मीपूजा गर्न नहुने र कार्तिक ३० गते सूर्योदयमा औँशी भएकै राति लक्ष्मीपूजा गर्ने परम्पराअनुसार तिहार मनाउँदै छन्। यसअनुसार मंसिर १ गते सोमबार नेप...
सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादी पक्राउ
अपराध, समाचार, समाज

सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीइ अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । निजउपर उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र रु दुई लाख ५० हजार जरिवान फैसला गरेको थियो। अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए। त्यसैगरी कर्तव्य ज्यान मुद्दामा विसं २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका छ, क...
भाइटीकाको उत्तम साइत मङ्सिर १ गते बिहान ११ः३७ बजे
समाचार, समाज

भाइटीकाको उत्तम साइत मङ्सिर १ गते बिहान ११ः३७ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ...
कोरोना ब्रिफिङको तालिका परिवर्तन, अब हप्ताको दुई दिन मात्र
समाज, स्वास्थ्य

कोरोना ब्रिफिङको तालिका परिवर्तन, अब हप्ताको दुई दिन मात्र

स्वास्थ्य मन्त्रालयले देशभर कोरोना संक्रमणको स्थिति र संक्रमितहरुको अवस्थाबारे दिँदै आएको दैनिक जानकारी परिवर्तन गरेको छ। अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र भिडियो ब्रिफिङ गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ती दिनमा साविककै ४ बजेर ३० मिनेटबाट ब्रिफिङ सुरु हुनेछ।अन्य दिन त्यसबारेको जानकारी मन्त्रालयको वेवसाइट, भाइवर, फेसबुक, ट्विटर र हाम्रो स्वास्थ्य नामक मोवाइल एपमा सोहि समयमै अपलोड गरिने गौतमले बताए।...
पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारी पक्राउ
अपराध, समाचार, समाज

पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारी पक्राउ

पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष समेत रहेका पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारी केदारनाथलाई प्रकाउ गरेको जनाएको छ। भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट साइबर क्राइमको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ। भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापालाई सामाजिक संजालमा गाली गलौज गर्नुका साथै फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको पाइएको उजुरीका कारण पक्राउ गरिएको हो। गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षको अवधिमा २ किलो भन्दा बढी खिइएको समाचार प्रकाशित भएपछि भण्डारीले थापाविरुद्ध बोलेको भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए।...
बाघको आक्रमणबाट दुईको मृत्यु
समाचार, समाज

बाघको आक्रमणबाट दुईको मृत्यु

मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो।धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। ...
आज टिका लगाउन भनेर अनावश्यक हिँडडुल र भीडभाड नगरौं: डा.डिआर उपाध्याय
समाचार, समाज

आज टिका लगाउन भनेर अनावश्यक हिँडडुल र भीडभाड नगरौं: डा.डिआर उपाध्याय

नेपालीको प्रमुख चाड दसैँको टिकाको दिन हो आज । आज आफूभन्दा ठूला मान्यजनबाट टीका थापेर आशीर्वाद लिने दिन हो । आज इष्टमित्र भेटघाट गर्ने दिन पनि हो । यो दसैँको विशेषता नै हो। कोरोना भाइरस संक्रमणको दर बढ्न थालेकाले अघिल्लो बर्ष जस्तो भेटघाट नगरौ. । यति बेला कोरोना भाइरसले सबैतिर चिन्ता बढाएको छ।भेटघाट र भीडभाडले कोरोना संक्रमणको दर अझै बढने खतरा छ । दसैँमा मान्यजनहरूबाट टीका थाप्नका लागि बूढापाका÷ज्येष्ठ नागरिकहरूसमक्ष जानु पर्ने हुन्छ । यसले झन जोखिम बढने खतरा छ । त्यसैले आज टिका लगाउन भनेर अनावश्यक हिँडडुल र भीडभाड नगरौं । तपाई हामी सवै आआफ्नै घरभित्र बसेर दसैँ मनाऔं । यो महामारीबाट सुरक्षित हुन सकिए दसैँ त अर्को वर्ष पनि मनाउन सकिन्छ। हामीले अहिलेको अप्ठ्यारो परिस्थितिमा जो जहाँ छौं , त्यहीँ बसेर हाँसी , खुशी दसैँ मनाऔं । अव हरेक नागरिक सचेत हुनु पर्ने बेला आएको छ । अहिले हेलचेक्र्याइँ गर्...
कैदीबन्दीलाई खसी
समाचार, समाज

कैदीबन्दीलाई खसी

 कञ्‍चनपुर कारागारमा रहेका कैदीबन्दीलाई दसैँ मनाउन खसी उपलब्‍ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दसैँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ । गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि खसी उपलब्ध गराइएको बताए ।  यसैगरी नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन् । कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् । ...