समाचार

गायक प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’सार्वजनिक
मनोरन्जन, समाचार

गायक प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’सार्वजनिक

युवा गायक प्रशान्त श्रेष्ठको शब्द, संगीत र स्वरमा सजिएको ‘छोडी हिंडे म’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कयौ नेपालीहरुको सपना सपनै रहन्छ भन्ने सन्देश रहेको भिडियोलाई अहिलेका व्यस्त कलाकार जिवेश गुरुङले निर्देशन गरेका छन । https://youtu.be/MF5THA3Y1Hw भिडियोमा उनलाई रश्मिला तामाङ, लक्ष्मी नाथ मौद्गल्य, चन्द्रिका राजले साथ दिएका छन । स्वयम गायककै एरेन्ज समेत रहेको भिडियोलाई दिनेश श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन । भिडियोमा बिनोद र ऐताको छायाँकन, बिनोद यक्खाको सम्पादन रहेको छ । भिडियोलाई गायक प्रशान्त श्रेष्ठकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको छ । आफुलाई विशेष रुपमा पाइला पाइलामा सहयोग गर्ने संगीतकार सुन्दर कुमार महर्जन, सायास ब्याण्डका अनिल पाख्रिन लगायत सम्पूर्ण सहयोगी हातहरुलाई उनले हृदयदेखि नै धन्यवाद दिएका छन भने दर्शकश्रोता तथा सञ्चारकर्मीहरुल...
आनन्द कार्कीको स्वरमा ‘उनी बोल्दिनन् अचेल’ को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

आनन्द कार्कीको स्वरमा ‘उनी बोल्दिनन् अचेल’ को भिडियो सार्वजनिक(भिडियो)

गायक आनन्द कार्कीको स्वरमा समावेश ‘उनी बोल्दिनन् अचेल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।‘उनी बोल्दिनन् अचेल’ गीतमा देवेन्द्र केसीको शब्द, शक्ति बल्लभको संगीत रहेको छ । गितको भिडियोलाई संञ्चारकर्मी बिना श्रेष्ठले निर्देशन गरेकी हुन । यस अघि पनि उनले म्युजिक भिडियो निर्देशन गरीसकेकी छन् । https://youtu.be/ksWCCCwgK_8 म्युजिक भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री करिश्मा मानन्धरको शसक्त अभिनय रहेको छ । रश्मी शाक्य निर्माता रहेको भिडियोलाई उत्तम हुमागाईँले छायाँकन, अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरीएको छ ।...
विश्व कीर्तिमानी डा.उपाध्यायको पाँच हजार एकसय पाँच मिटर उचाईमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी डा.उपाध्यायको पाँच हजार एकसय पाँच मिटर उचाईमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सोमबार पाँच हजार एकसय पाँच उचाईमा तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राई लगायतको आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । सो अवसरमा उक्त उचाईमा लाइभ प्रस्तुति गरिएको गीतको सिडी एल्वम पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाईमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडियो छायाँकन गरेर सार्वजनिक गरिएकोमा डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गर...
बेरोजगार युवाहरुको बारेमा सरकार गम्भिर हुन सकेन
अर्थ/व्यापार, समाचार

बेरोजगार युवाहरुको बारेमा सरकार गम्भिर हुन सकेन

-डा.डिआर उपाध्याय, काठमाडौं । बिकास, समृद्धि र सुशासनका कुरा मात्र बढि भए । ब्यवहारमा लागु हुन सकेन । यो नै अहिलेको चिन्ता हो । देश बनाउने कुरामा सबै दलहरुको ध्यान जानु पर्छ । देश सधै भरी यस्तै अबस्थामा रहन सक्दैन । अब सबै राजनीतिक दलहरु गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । नेताका कुरा र भाषणले मात्र देश बन्न सक्दैन । देश बनाउन स्पस्ट दृष्टिकोण, योजना र नेतृत्वमा इच्छाशक्ति हुनु पर्छ । आज देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै गएको छ । बेरोजगारी समस्या समाधान गर्ने कुरामा राजनीति दल र तिनका नेताहरु अलि चिन्तित बन्नु पर्ने देखिएको छ । देशमा बेरोजगारी समस्या बढदै गयो भने दलहरुका लागी भोली यो नै ठूलो चुनौति हुने छ । बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ । आज युवाहरु कामको खोजीमा सडक सडक भौतारीदै हिडिरहेका छन । ति बेरोजगार युवाहरुको बारेमा सरकार पनि त्यति गम्भिर हुन सकेको छैन ।...
समाजसेवी मेघ सुवदीले गरे नेपालमा अस्पताल निर्माणका लागि २१ लाख सहयोग
समाचार, समाज

समाजसेवी मेघ सुवदीले गरे नेपालमा अस्पताल निर्माणका लागि २१ लाख सहयोग

ललितपुर । अमेरिका निवासी समाजसेवी मेघ सुवेदीले नेपालको एक अस्पताल निर्माणका लागि २१ लाख नगद सहयोग प्रदान गर्नुभएको छ । लामो समयदेखि अमेरिकामा रहेर व्यापार व्यवसायको साथ साथै समाजसेवामा सक्रिय सुवेदीले समाजसेवी श्रीनेहा पोखरेलले असहाय मनोरोगीहरुको निशुल्क उपचारका लागि स्थापना गर्न लागिएको अस्पताल निर्माणका लागि उक्त रकम सहयोग गर्नु भएको हो । कलाकार समेत रहनुभएकी पोखरेलले संचालन गर्दै आउनुभएको ललितपुरको धापाखेल स्थित नेपाल स्नेही काखमा आयोजित एक कार्यक्रमका वीच उक्त रकम संस्थालाई हस्तान्तरण गरिएको छ । समाजसेवी सुवेदी अमेरिकामै रहनुभएकोले उहांको अनुपस्थितीमा उहांको प्रतिनिधित्व गर्दै नायक संजित भण्डारी,व्यबसायी हिरामणी भुसाल लगायतले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा संचारकर्मी राज लुईटेल ,समाजसेवी सपना श्रेष्ठ,अंशु भण्डारी,डिल्लीराम सिग्देल लगायतको उपस्थिती रहेको थियो भन...
भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने
समाचार, समाज

भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने

काठमाडौं । झापाको जेलमा रहेका भारतीय फोटोग्राफर रिहाईका लागि राष्ट्रिय फोटो पत्रकार समुहले पहल गर्ने भएको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा बिगत ७ महिनादेखि एक २४ वर्षीय युवक दुर्लभ रोय चौधरी पुर्पक्षका लागि थुनामा रहको समाचार बाहिरीएपछि फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले उनको रिहाईका लागि पहल गर्ने बताएका हुन् । ‘मैले उनलाई झापाको जेलमै गएर भेटेर आएँ । अरु अध्ययन गर्दा उनी व्यवसायीक फोटोग्राफर तथा फोटोपत्रकार भएको पाइएकाले पहल गर्ने भएका हौं अध्यक्ष वन्तले भने । प्रहरीले उनलाई नक्कली अमेरिकी डलर बोकेर नेपाल आएको अभियोगमा उनीमाथि मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी थुनामा पुगेका हुन् । मुद्दाको पुर्पक्ष गर्नका लागि आवश्यक प्रक्रियासमेत पूरा नहुँदा (अङ्ग नपुग्दा) उनको मुद्दा सुनुवाइको प्रक्रियामा समेत पुगेको छैन । भारतको कोलकाता नजिकैको हावरा स्थायी ठ...
शीर्षस्थ नेताकै कार्यशैली र व्यवहार स्वार्थ केन्द्रित
राजनीति, समाचार

शीर्षस्थ नेताकै कार्यशैली र व्यवहार स्वार्थ केन्द्रित

-डा.डिआर उपाध्याय, काठमाडौं ।  स्थानीय तहको निर्वाचन परिणामले नयाँ खालको सन्देश दिएको छ । यो निर्वाचन मत परिणामले राजनीतिक दल र तिनका नेताहरुलाई सुर्धने मौका दिएको छ । अब दलहरुले योग्य उम्मेदवार नउठाउँने हो भने यस्तै स्थिती दोहोरीन सक्छ । निर्वाचन परिणामले मतदातालाई उत्साहित बनाएको छ । मुलुकको नेतृत्व अब युवा पुस्तामा हस्तान्तरित हुने संकेत देखा पदैछ । यो अहिलेको आवश्यकता पनि हो ।स्थानीय तहको निर्वाचन सबैभन्दा महत्वपूर्ण मानिन्छ । किनकि, देश विकासको जग बसाल्ने भनेको नै स्थानयि तहबाट हो । स्थानीय तहको विकास नभए देशको विकास हुँदैन । स्थानीय तहका नेता सक्षम, दक्ष, इमानदार हुन जरुरी छ । जनताको जीवनस्तर माथि उठाउन नेतृत्वको ठूलो भूमिका रहन्छ । अब राजनीतिक वातावरण स्वच्छ र पारदर्शी हुन जरुरी छ । नेताहरु स्वार्थी हुनाले राज्यले निकास पाएको छैन । आज तमाम नागरिकले समस्या झेल्नु परेको छ ।...
सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’
मनोरन्जन, समाचार

सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’

वीर बलभद्र कुँवरसहित नेपाली फौजले नालापानीमा देखाएको विरतालाई समेटेर तयार गरिएको चलचित्र ‘नालापानी’ सर्लाहीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका माझ देखाइएको छ । नेपाली वीरताको गाथा संसारभरका मानिसहरूले थाहा पाउन भन्ने उद्देश्यले तयार गरिएको सो चलचित्र मंगलवार जिल्लाको हरिवन स्थित सम्राट होटलमा सर्लाही एम्वीसन र मनकामना ईंङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई देखाइएको हो । यस्तै चलचित्र बुधबार पनि देखाईएको छ । बुधबार हरिवन स्थित सगुन शिक्षा सहकारी, ज्ञानज्योती इंलिस बोडिङ स्कुल र डनिङ्ग फ्यूचर ईङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूमाझ देखाईएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनले निर्माण गरेको चलचित्र नेपाली सेनाको ईतिहास, वीर बलभद्र कुँवर र नालापानीका नायक वीर बलभद्र कुँवर नामक पुस्तकका आधारमा निर्माण गरिएको हो । नेपाल चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाए...
गजित बिष्टलाई उत्कृष्ट अभिनेताको अवार्ड
मनोरन्जन, समाचार

गजित बिष्टलाई उत्कृष्ट अभिनेताको अवार्ड

काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् । महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म ...
‘ऐना’ उत्कृष्ट लघु चलचित्र र ‘कुइनेटो’ उत्कृष्ट चलचित्र
मनोरन्जन, समाचार

‘ऐना’ उत्कृष्ट लघु चलचित्र र ‘कुइनेटो’ उत्कृष्ट चलचित्र

काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् । महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म  राई...