रीतु र चोनिफाईले जिते ‘मिस ग्रेस एसइइ’को ताज
अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ साइपाल एकडेमीको प्रस्तुतीमा ग्रेस ईभेन्टले आयोजना गरेको मिस ग्रेस एसइइको शिर्ष ताज रीतु कार्की तथा चोनिफाई तामाग्ङ ले चुमेका छन् भने फस्ट रनर अपमा मनिषा लामिक्षाने, सेकेण्ड रनर अपमा स्वस्तिका सिग्देल , ब्राण्ड एम्बेसडरमा प्रशुना भुजेल र फेस अफ ग्रेसमा अनुपा हमाल ठकुरीले क्रमशः ताज जितेका छन् ।
काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघर मा शनिवार आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले सो ताज पहिरिएका हुन । विधागत तर्फ भने मिस ग्रेस नेपाल तर्फका बिजेता रीतु कार्कीले मिस र्याम्प वाक र मिस वेष्ट फिगरको अवार्ड आफ्नो हातमा पार्दा मिस ग्रेस एसइइ तर्फकी बिजेता चोनिफाई तामाग्ङ ले मिस बव्ली र मिस एथ्लेटको अवार्ड समेत हात पारिन । उक्त प्रतियोगिता को फस्ट रनर...










