रीतु र चोनिफाईले जिते ‘मिस ग्रेस एसइइ’को ताज - राष्ट्रपत्र
बुधबार, मंसिर २०, २०८०

रीतु र चोनिफाईले जिते ‘मिस ग्रेस एसइइ’को ताज


अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ साइपाल एकडेमीको प्रस्तुतीमा ग्रेस ईभेन्टले आयोजना गरेको मिस ग्रेस एसइइको शिर्ष ताज  रीतु कार्की तथा चोनिफाई तामाग्ङ ले चुमेका छन् भने फस्ट रनर अपमा मनिषा लामिक्षाने, सेकेण्ड रनर अपमा  स्वस्तिका सिग्देल , ब्राण्ड एम्बेसडरमा  प्रशुना भुजेल  र फेस अफ ग्रेसमा अनुपा हमाल ठकुरीले क्रमशः ताज जितेका छन् ।

काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघर मा शनिवार आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले सो ताज पहिरिएका हुन । विधागत तर्फ भने मिस ग्रेस  नेपाल तर्फका बिजेता  रीतु कार्कीले मिस र्याम्प वाक र मिस वेष्ट फिगरको अवार्ड आफ्नो हातमा पार्दा मिस ग्रेस एसइइ तर्फकी बिजेता  चोनिफाई तामाग्ङ ले मिस बव्ली र मिस एथ्लेटको अवार्ड समेत हात पारिन । उक्त प्रतियोगिता को फस्ट रनर अप हुन सफल  मनिषा लामिक्षानेले मिस क्रियटिभ र मिस मल्टिमिडियाको अवार्ड हात पारिन. त्यस्तै  स्वस्तिका सिग्देल ले सेकेण्ड रनर अपको उपाधि संगै विधागत तर्फको मिस पक्ंच्युलिटी , मस्ट पपुलर र भ्युएर च्वाईसको अवार्ड जितिन । ब्राण्ड एम्बेसडरको ताज सगं-सगैं प्रशुना भुजेल ले मिस टयालेन्ट र मिस स्टाईल डिभाको अवार्ड जितिन । फेस अफ ग्रेस समेत भएकि  अनुपा हमाल ठकुरीले भने मिस क्युपिड फोटोजेनीक र मिस ग्लायमर्स लुक अवार्ड जित्न सफल भईन्।

समाजसेवी तथा ग्रेस ईभेन्टका महा-सचिव पवन कोईराला , फेसन प्रशिक्षक  जेनी लगुन तथा व्यावसायिक श्रिङ्गारकर्ता टेक राज पाण्डेले निर्णायकको भुमिका निर्वाह गरेका थिए। प्रमुख अतिथि नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई तथा विशिष्ट अतिथिमा चौतारा सागांचोक गढि नगरपालिका का उप-मेयर सीता थापाको आतिथ्यमा सम्पन्न भएको थियो।

प्रतियोगितामा शर्मा जि , सीमा बिष्ट, शेव्ता मल्ल ठकुरी , बसन्त रुपाखेती , रवि लामा, नारायण बहादुर थापा,  सुश्मिता श्रेष्ठ , सेरप शेर्पा, प्रनिश मान सिंह अघिकारी ,  युशा मगर,  मुस्कान नेवार ,  जेनिका धिमाल अतिथिका रुपमा रहेका थिए। कलाकारहरु सपन श्रेष्ठ,  प्रिन्स राज, बिज्जु लिम्बु,  मायुल दुलाल तथा बर्षा अधिकारीको गायन तथा नृत्यको बेजोड प्रस्तुतिले कार्यक्रमको रौनक अझ बढेको थियो प्रतिस्पर्धामा भाग लिनु पूर्व प्रतियोगीहरुलाई कोरियोग्राफर सुशान्त काजी श्रेष्ठले करिव तिस दिन तालिम दिई आफ्नै कोरियोग्राफीमा र्याम्पमा उतारेका थिए भने दिवस राज भट्टराई र  ऋितिका शाहले कार्यक्रम ब्यवस्थापकको जिम्मेवारी निभाएका थिए ।

आयोजक तर्फ ग्रेस ईभेन्टका अघ्यक्ष शिसिर टण्डन, संचालक समितिका बिन्द्र प्रजापति, बाग्मती प्रदेश संयोजक धर्म राज पनेरु , क्रियात्मक प्रमुख सौरभ मल्ल ठकुरी, तथा अनिस कार्की,  सरला राई,  प्रिती तामाङको उपस्थिति रहेको थियो। रोविन तामाङ तथा सुदीक्क्षा तामाङद्वारा उद्घोषित सो कार्यक्रम व्यवस्थापनको जिम्मेवारी भने ग्रेस ईभेन्टका सुरज थापाले गरेका थिए । उपाधिसँगै विजेताले विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे भने उपाधि विजेताहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि , निर्णायक, आयोजक संस्थाका प्रमुख एवम अतिथिहरुले पुरस्कृत गरेका थिए ।

कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि राम प्रसाद भट्टराईले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतियोगीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने धारणा ब्यक्त गर्दै भोलीका देशका कर्णधारलाई प्रोत्साहन मिल्ने खालका यस्ता कार्यक्रमहरुमा सरिक गराउन अभिभावकहरुलाई आग्रह समेत गरे । त्यस्तै, आयोजक संस्थाका तर्फ बाट सिईओ सुरज थापाले प्रतियोगीहरुको क्षमता र गुणको अभिवृद्धि गरी प्रतिष्पर्धी बनाई मनको सुन्दरतालाई प्रष्फुटन गर्न यस्ता खाले कार्यक्रमले मद्दत गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *