समाचार

 अमेरिकालाई हराउँदै नेपालले एक खेलअगावै जित्यो टी-२० आई सिरिजको उपाधि
खेलकुद, समाचार

 अमेरिकालाई हराउँदै नेपालले एक खेलअगावै जित्यो टी-२० आई सिरिजको उपाधि

नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ । दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो । यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाका आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् । ...
मेसीले अर्को वर्ष क्लब विश्वकप खेल्ने
खेलकुद, समाचार

मेसीले अर्को वर्ष क्लब विश्वकप खेल्ने

अर्जेन्टिनी कप्तान लिओनल मेसीले अर्को वर्ष क्लब विश्वकप खेल्ने भएका छन्। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार राति इन्टर मियामीले पनि क्लब विश्वकप खेल्ने जानकारी दिएका हुन्। मेसी समर्थक यो निर्णायको लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए। मेसीको अपार लोकप्रियताका कारण दक्षिण फ्लोरिडामा केही खेलहरू आयोजना गर्ने पहिले नै तय गरिएको थियो। हरेक चार वर्षमा आयोजना हुने प्रतियोगितामा फिफाका ६ वटा फुटबल कन्फेडेरेसनका ३२ टोलीको सहभागिता रहनेछ। सन् २०२५ को जुन १५ मा मियामी गार्डेन्सस्थित हार्ड रक स्टेडियममा हुने प्रतियोगिताको पहिलो खेलमा इन्टर मियामीले प्रतिस्पर्धा गर्नेछ। 'विश्वको उत्कृष्ट क्लबमध्ये एकको रूमा मियामी फिफा क्लब विश्वकप २०२५ मा अमेरिकाको प्रतिनिधित्व गर्न योग्य छ,' इन्फान्टिनोले भने। यो प्रतियोगिता जुलाई १३ सम्म चल्नेछ र फाइनल न्यूजर्सीको मेटलाइफ स्टेडियममा हुनेछ, जुन...
एमालेको सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे एमाले केन्द्रीय कार्यालय, च्यासलमा पार्टीको सचिवालयको बैठक बस्न लागेको हो । पार्टी कार्यलय निर्माणका लागि भाटभटेनीका संचालक मीन बहादुर गुरुङबाट जग्गा र निर्माण सहयोग लिएपछि चौतर्फी आलोचना भएपछि सचिवालयको बैठक पहिलो पटक बस्न लागेको हो । एमालेले पार्टी भित्र र बाहिर आलोचना भएपछि त्यसको खण्डन गर्दै सहयोग लिएको सहि भएको दाबी गरिएको थियो ।...
द ब्रिटिस कलेजका विद्यार्थी आशुतोष शर्मा बने विश्वकै सर्वोत्कृष्ट विद्यार्थी
शिक्षा, समाचार

द ब्रिटिस कलेजका विद्यार्थी आशुतोष शर्मा बने विश्वकै सर्वोत्कृष्ट विद्यार्थी

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेको कलेजले जनाएको छ। कलेजका अनुसार द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी शर्मा गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अन्तर्गत फाइनान्सियल रिपोर्टिङको परीक्षामा पूर्णाङ्क प्राप्त गरेर विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका हुन्। एसीसीएका विद्यार्थीहरुले विगतदेखि निरन्तर रुपमा विश्वमै सर्वोत्कृष्ट अंक प्राप्त गर्दै आएका कलेजले जनाएकाे छ। अघिल्ला रेकर्डहरुलाई तोड्दै यस पटक शर्माले सर्वोत्कृष्ट अंक प्राप्त गरेका हुन्। यससँगै उनी नेपालबाट पहिलो पटक शत प्रतिशत अंक ल्याउने विद्यार्थी पनि बनेका थिए। यसअघि बीपीसीमा अध्ययनरत विद्यार्थीहरू दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा ...
प्रधानमन्त्री नेतान्याहुको निजी निवासमा ड्रोन आक्रमण
अन्तर्राष्ट्रिय, समाचार

प्रधानमन्त्री नेतान्याहुको निजी निवासमा ड्रोन आक्रमण

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गृहनगर सिजारियामा हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ।  यस ड्रोन आक्रमणमा प्रधानमन्त्री नेतन्याहुको निजी निवास निशाना भएको सञ्चारमाध्यमहरुमा जनाइएको छ। नेतान्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा थिएनन्। ड्रोन सिजरियाको एक भवनमा खसेको र त्यसबाट कुनै हताहत नभएको सञ्चारमाध्यममा उल्लेख छ। यसबारे नेतन्याहुले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्,‘म र मेरी श्रीमतीलाई मार्ने प्रयास हिजबुल्लाहको ठूलो गल्ती हो। इजरायली नागरिकहरूलाई हानि पुर्‍याउने प्रयास गर्नेहरूले परिणाम भोग्नुपर्नेछ।' इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार लेबनानबाट इजरायलमा तीन ड्रोन प्रहार गरेको बताएको छ। इजरायली सेनाले २ ड्रोन खसालेका छन् । आक्रमण पछि, गिलोट सैन्य आधारमा अलार्म बजेको थियो। आईडीएफले वायु रक्षा प्रणालीद्वारा आक्रमण रोक्न असफल भएको स्वीकार गरेको छ। ड्र...
विपक्षी दलहरुले सरकारलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराउने
राजनीति, समाचार

विपक्षी दलहरुले सरकारलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराउने

प्रतिपक्षी दहरुले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । विपक्षी दलहरुले उठाएका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिएका छन् । नेता बस्नेतले सरकारले जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसदको विशेष अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको बताए । उनले भने, ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ । जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो ।’ बैठकमा नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यक्ष जारी गर्ने तयारी गरेको र सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरे...
समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना
अर्थ/व्यापार, समाचार

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणीबाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो। कात्तिक १ गतेदेखि १५ दिनभित्र पनि दायित्व भुक्तानी गर्न नआउने ऋणी तथा जमानीकर्ता र निजका एकाघरका परिवारका सदस्यको श्रीसम्पत्ति बैंक खाता रोक्का राख्ने, कालोसूचीमा राखेर रोक्का राखिएको श्रीसम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) र सहकारी नियमावली, २०७५ बमोजिम असुलउपर गरिने पनि सूचनामा उल्लेख गरिएको कार्यालय प्रमुख केशवप्रसाद...
हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो
अर्थ/व्यापार, समाचार

हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै प्राधिकरणले मनसुनमा हेलिकप्टरको उडानका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। “मनसुन सिजनमा हेलिकप्टरको हिमाल नजिक गएर साइड सिन देखाउने (माउन्टेन फ्लाइट), हेलिकप्टरको तल सामान भुण्ड्याएर गर्ने ‘सिलिङ फ्लाइट’, ‘पुष्पवृष्टि फ्लाइट’उडानको प्रतिबन्ध हटाइएको छ।” प्राधिकरणले वर्षात्को समयमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि हरेक वर्ष मनसुन समयमा यस्तो प्रकृतिको हेलिकप्टर उडानमाथि प्रतिबन्ध लगाउँदै आएको छ। मौसम पूर्वानुमान महाशाखाले १२ अक्टोबरदेखि नेपालबाट मनसुन बाहिरिएको घोषाणा गरेको थियो। नेपालमा सरदर जुन १३ मा मनसुन भ...
मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को बेल्जियममा बिमोचन
अन्तर्राष्ट्रिय, समाचार

मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को बेल्जियममा बिमोचन

बेल्जियम – नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम द्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतका अतिथीहरुले पुस्तकको बिमोचन गर्नु भएको हो ।  पुस्तक बिमोचन गर्नुहुदै राजदुत राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभबलाई देशका नितीनिर्माताहरुले बुझ्न सकेमा देश बिकासमा ठुलो सहयोग पुग्ने बताउनु भयो । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उहाँको धारणा रहेको थियो । पुस्तक मार्फत बिदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युबा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश उहाँले ब्यक्त गर्नु भयो ।राजदुत राजभण्डारी...
टेक विसीको ‘मुटुमै गाँसेको साइनो’ (भिडियो)
मनोरन्जन, समाचार

टेक विसीको ‘मुटुमै गाँसेको साइनो’ (भिडियो)

काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ साइनो गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ । https://youtu.be/qPMycz4xn9M विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । प्रकाश खडकाको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...