समाचार

‘कस्तो हो यो माया’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

‘कस्तो हो यो माया’ सार्वजनिक (भिडियो)

काठमाडौं । आफ्नो कला, संस्कृति र माटोको मायाँ हुनेले देशको अवस्थाका कारण रोजिरोटीको लागि सन्सारको जुनसुकै कुनामा रहेपनि व्यस्त जीवनबाट उप्रेको समयको सदुपयोग स्वरुप आफ्नो बिधागत क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनाका चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले क्यानडामा रहेर पनि ‘कस्तो हो यो मायाँ’ बोलको नेपाली गीतको भिडियो निर्माण गरि आफ्नै युटूव च्यानबाट सार्वजनिक गरेका छन् । https://www.youtube.com/watch?v=W83EQUfUZUU क्यानडाको बिभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको भिडियोमा ईश्वर थापा र फरिता खड्कालाई प्रेमिल जोडीको रुपमा रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् निर्देशक हेरुका लामाले । ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत सिर्जना रहेको गीतमा निशान भट्टराईले स्वर दिएका छन् भने एरेञ्जर पुरुषोत्तम सुवेदीले गरेका हुन् ।...
नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड
अन्तर्राष्ट्रिय, समाचार

नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

नयाँ दिल्ली : नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा जोड दिएका छन् । इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले आज भारतस्थीत नेपाली राजदुतावासको विपी कोइराला फाउन्डेशनको सहयोगमा प्रेस क्लब अफ इन्डियामा आयोजीत कार्यक्रममा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नु परेका चुनौतीबारे छलफल गरेका थिए । भारतका लागि नेपाली कार्यवाहक राजदुत डा. सुरेन्द्र थापाले हरेक क्षेत्रमा महिला पत्रकारको प्रत्यक्ष सहभागीता बढाउन जरुरी रहेको बताउँदै यसको लागि पत्रकारीताले अहम भुमिका खेल्न सक्ने बताउनुभयो । उहाँकाअनुसार दुतावासले हरेक कार्यक्रममा महिलाको सहभागीता र सहकार्यमा उत्साहीत भएर काम गर्दै आएको जानकारी दिनुभयो । डा.थापाले आफु नेपाल र भारतका सांस्कृतिक गतिविधिका कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउन चाहेको भन्दै केहीदिन अघि दुतावास परिसरमा रामलिलाको मन्...
कुवेर तामाङ्गको निर्देशनमा ‘शीतल छायाँमा’ (भिडियो)
मनोरन्जन, समाचार

कुवेर तामाङ्गको निर्देशनमा ‘शीतल छायाँमा’ (भिडियो)

काठमाडौं ।  रचना रिमाल र निर्मल दियालीको स्वरमा रहेको गीत ‘शीतल छायामा’ गीति चलचित्रका रुपमा सार्वजनिक भएको छ । खेम गुरुङको शव्द रचना र संगित संयोजन पुरुषोतम सुबेदीले गरेका छन भने सङ्गीत गायक स्वयमको रहेको छ। माटो र पुर्बेलीपन को सुगन्ध यस गीतमा पाइन्छ। काठमाडौको गागलफेदीमा छायांकन गरिएको गीति चलचित्रमा कुबेर तामाङ्गको कथा र निर्देशन रहेको छ । https://youtu.be/mkZ1UfQuyCw गितमा रेनुका मगर, लय संग्रौला, हिरा देबि श्रेष्ठ, रुपा थापा बत, प्रकश तिवारी, रबिन दाहाल, अमरदीप खाती र गायक तथा संगितकार दियाली स्वयमको अभिनय रहेको छ । नितिन तामाङ्गको नृत्य निर्देशन र नवीन सुनुवारको छायांकन र कलर एडिट रहेको छ । ‘शीतल छायामा’ बोल को गीति चलचित्र के एन क्रीएसन अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।...
विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति मेरो उम्मेदबारी :पवन कार्की
शिक्षा, समाचार

विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति मेरो उम्मेदबारी :पवन कार्की

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आसन्न सम्मेलनलाई लिएर विद्यार्थी नेताहरूले उम्मेदवारी दाबी पेश गर्न थालेका छन् । यसैक्रममा पवन कार्कीले केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । कार्की हाल केन्द्रीय उपाध्यक्ष छन् । क्रान्तिकारीको २३औं सम्मेलन यही असोज १०-१४ मा काठमाडौंमा तय गरिएको छ । उनले एक अपिल जारी गर्दै आफ्नो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको नभई, उत्तरहरूको आन्दोलन बनाउन भएको बताएका छन् । ‘मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको हैन, उत्तरहरूको आन्दोलन बनाउनका लागि हो । मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउनका लागि हो । मेरो उम्मेदवारी संविधानमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्दै समाजवादी शिक्षा वहाली गर्नका...
‘लिटिल स्टार नेपाल’ को पाँचौं संस्करण सम्पन्न
मनोरन्जन, समाचार

‘लिटिल स्टार नेपाल’ को पाँचौं संस्करण सम्पन्न

पाँचौं संस्करणको ‘लिटिल स्टार नेपाल,२०२४’ को अन्तिम स्पर्धा भाद्र ३१ गते सोमबारका दिन राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ र ‘गायन’ समूहका शिर्ष विजेता घोषित भए । नृत्यतर्फ ‘जुनियर गर्ल्स ए’, ‘जुनियर गर्ल्स बी’ र ‘सिनियर गर्ल्स’तर्फ क्रमशः मिराज दर्लामी मगर, शोखिन पाण्डे र शिलिन्यास घर्ती मगरले शिर्ष उपाधी हात पारे भने ‘गायन’तर्फ सिरिषा बिकले शिर्ष उपाधी हात पारिन। ‘जुनियर गर्ल्स ए’ तर्फ मिराज विजयी हुँदा सबिरा श्रेष्ठ फर्स्ट रनरअप, रिद्वी गिरी सेकेन्ड रनरअप/मस्ट पपुलर, आदित्री के.सी थर्ड रनरअप,  जिज्ञासा मर्हजन फोर्थ रनरअप, केन्जल बलामी र निर्भिक राज पन्त पब्लिक चोईस अवार्ड विजेता घोषित भए। त्यसैगरी ‘जुनियर गर्ल्स बी’ तर्फ शोखिन विजयी हुँदा ईशारा पौडेल फर्स्ट रनरअप, प्रज्ञा राई सेकेन्ड रनरअप, कृशिला बिक थ...
जावलाखेलमा दशै महोत्सव हुँदै
अर्थ/व्यापार, समाचार

जावलाखेलमा दशै महोत्सव हुँदै

काठमाडौं  । दशैको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो । नेपालमै उत्पादित घरेलु तथा औधोगिक सामाग्री, लताकपडा, जुत्ता तथा घरेलु सामाग्रीहरु लगायतको प्रदर्शनी, बजार प्रवद्र्धन तथा व्यवस्थापन गर्ने र एउटै स्थानबाट सबै कुराहरु उपलब्ध गराउने, महिला व्यवसायी तथा उद्धमीलाई प्रोत्साहन दिने, बालबालिकालाई उपयुक्त मनोरञ्जन गराउने तथा नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ यही २०८१ असोज ११ गते देखि सुरु हुने महोत्सव असोजको २२ गतेसम्म चल्ने र महोत्सवमा दैनिक जीवनका उपयोगी हुने घरेलु सामानहरुको प्रदर्शनी तथा विक्री वितरण, औधोगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण, सुचना तथा विज्ञान प्रविधीको प्रदर्शनी, ग्रामीण प्रविधी सम...
इक्यान बृहत शैक्षिक मेला असोज १३ गते आयोजना हुने
शिक्षा, समाचार

इक्यान बृहत शैक्षिक मेला असोज १३ गते आयोजना हुने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएकाे छ। संघले परम्परालाई निरन्तरता दिंदै यस वर्ष १५ औं संस्करण भव्यताका साथ आयोजना गर्ने भएको हाे। यो शैक्षिक मेला कोभिड-१९ महामारी पछि ECAN ले आयोजना गरेको पहिलो शैक्षिक मेला हो। यस शैक्षिक मेला आयोजना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृति लिइएकाे आयोजकले जनाएकाे छ। नेपालको सवैभन्दा ठुलो शैक्षिक मेला आयोजकको रुपमा स्थापित भइसकेको इक्यान मेला काठमाडौँको एभरेष्ट होटलमा आगामी असोज १३ गते (Sep 29) मा आयोजना हुने भएकाे छ।शैक्षिक मेला, विहान १० बजे देखि वेलुका ५ बजे सम्म आयोजना हुने इक्यानले पत्रकारसम्मेलन गरेर जानकारी दिएकाे हाे। यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना ग...
भारतिय प्रख्यात अभिनेत्री पुनमले नेपालका थुप्तेनलाई प्रदान गरिन ग्लोबल स्टार अवार्ड
समाचार, समाज

भारतिय प्रख्यात अभिनेत्री पुनमले नेपालका थुप्तेनलाई प्रदान गरिन ग्लोबल स्टार अवार्ड

युवा समाजसेवी एवं राजनितिज्ञ फुर्वा ग्याल्बो मोक्तान (थुप्तेन) लाई भारतको पटनास्थित सांग्रिला प्यालेसमा एक भव्य समारोहकावीच उत्कृष्ट युवा समाजसेवीको अवार्डबाट सम्मानित गरिएको छ ।बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन, आयोजक समितिका अध्यक्ष डा.शिखा नरुला तथा मिसेस ईण्डिया प्रतिभा प्रसादको हातबाट उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस ईण्डिया प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले नेपालका युवा समाजसेवी थुप्तेनका लागि यो वर्षको उत्कृष्ट युवा समाजसेवीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो । विहारका शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोहमा बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन सहित दिल्ली सरकारका प्रशासक,पटना ...
नेशनल किड्स एण्ड टिन्स सुपरस्टार भव्य रुपमा सम्पन्न :अनुष्का,दिशान्त तथा सिमरनलाई उपाधी
मनोरन्जन, समाचार

नेशनल किड्स एण्ड टिन्स सुपरस्टार भव्य रुपमा सम्पन्न :अनुष्का,दिशान्त तथा सिमरनलाई उपाधी

ललितपुर ।  नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले बालकुमारीस्थित म्यूजिक सिटी हलमा भव्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य तथा नेकपा एमालेकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता तथा संचारकर्मी राजेन्द्र लुईटेल(राज)को विशेष आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा किड्सबाट अनुष्का चौधरीले उपाधी जित्न सफल भएकी थिईन भने ब्वाईजबाट दिशान्त ताजपुरिया तथा टिन्सबाट सिमरन थापा मगरले उपाधी जित्न सफल भएका थिए । यसै गरि मस्ट पपुलर तर्फ किड्सबाट सयोना लामा,ब्वाइजबाट दिशान्त ताजपुरिया र टिनस्बाट सिमरन थापा मगरले टाईटल जित्न सफल भएका छन । यसै गरि किड्सबाट अन्सुमा थापा मगर,ब्वाईजबाट नयन कारन्जित र टिन्स दिया राना मगरले पव्लिक च्वाईसको टाईटल जित्न सफल भएका थिए ।कार्यक्रममा गायिका पूजन काफ्ले तथा शान्ति तामाङ्गले प्रस्तुती दिएका थिए । संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेल...
नेपाली गायिका काफ्लेलाई भारतमा उत्कृष्ट अन्तर्राष्ट्रिय गायिका अवार्ड
मनोरन्जन, समाचार

नेपाली गायिका काफ्लेलाई भारतमा उत्कृष्ट अन्तर्राष्ट्रिय गायिका अवार्ड

पटना- नेपाली गायिका पुजन काफ्ले यस वर्ष  भारतमा उत्कृष्ट अन्तर्राष्ट्रिय गायिका अवार्डबाट सम्मानित भएकी छीन् । भारतको पटना स्थित साङ्ग्रीला प्यालेसको भव्य हलमा आयोजित ग्लोबल स्टार अवार्ड समारोहमा पीजेईएस स्कुलका संस्थापक अध्यक्ष समेत रहेका काफ्लेलाई बलिउडकी चर्चित अभिनेत्री पुनम धिल्लोन आयोजक समितिका अध्यक्ष डा. शिखा नरुला, मिसेस इन्डिया प्रतिभा प्रसादले अवार्ड प्रदान गरेका थिए । आईएएस शंशाक शेखर, विधायक रश्मी बर्मा, पटना सरकारका जीएसटी सह आयुक्त समीर परिमल र आयोजक समिति सदस्य श्रीमती भारत प्रतिभा प्रसादको संयुक्त निर्णायक प्यानलले काफ्लेलाई नेपालका लागि यस वर्षको उत्कृष्ट अन्तर्राष्ट्रिय गायकको अवार्ड दिने निर्णय गरेका थिए । विहार शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहले पटनाको सांग्रिला प्यालेसमा आयोजित भव्य समारोहको प्रमुख आतिथ्यता गरेका थिए । कार्यक्रममा बलिउडकी चर्चित ...