समाचार

मोडल सङ्गस अवार्ड- २०२०’ आव्हान,आवेदन निःशुल्क
मनोरन्जन, समाचार

मोडल सङ्गस अवार्ड- २०२०’ आव्हान,आवेदन निःशुल्क

काठमाडौँ, ५ कार्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण अन्तराष्ट्रिय स्तरमा आयोजना हुँदै आएको मोडल सङ्गस अवार्डको दोश्रो संस्करण “मोडल सङ्गस अवार्ड, २०२०” नेपालमा हुने भएको छ। कोरोना संक्रमणको कारण ग्लोरी मिडिया,पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण नेपालमा नै हुन लागेको हो । अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एबम ब्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिएका छन् । अवार्डमा मनोनयनका लागि कत्तिक ४ गते देखी अनलाईन आवेदन फाराम खुल्ला रहने र नोमिनेशनको निमित्त यस वर्ष निःशुल्क अनलाईन फारम भर्न सकिने उनले बताए । ‘अवार्डलाई मर्यादित र मैत्रीपूर्ण बनाउन हामी एक्यबद्ध छौ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुरा गर्द...
दुई महिनामै भित्रियो एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स
अर्थ/व्यापार, समाचार

दुई महिनामै भित्रियो एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स

वैदेशिक रोजागारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स ८.१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतलेल वृद्धि भई एक अर्ब २९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो।  चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ। कोभिड-१९ का कारण अहिले वैदेशिक रोजारमा जाने नेपालीको संख्या घटेको हो। अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या २ प्रतिशतले बढेको थियो। वैदेशिक रोगजारिका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशलते घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिश...
भ्रामक सूचनाप्रति दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण
अर्थ/व्यापार, समाचार

भ्रामक सूचनाप्रति दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण

मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सूचना प्रवाह गर्नेलाई कारवाहीको व्यवस्था भएको जनाएको हो। केही दिनअघि विभिन्न व्यक्तिले कोरोना भाइरस सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै दशैँमा कफ्र्यु र सङ्कटकालको घोषणाको तयारी भएको भन्दै सर्ट म्यासेज सर्भिस (मोबाइल एसएमएस) र सामाजिक सञ्जालमा सूचना फैलाएका थिए । गृह मन्त्रालयले नाम लिएर भ्रामक सूचना प्रवाह भएको भन्दै प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीलाई सचेत रहन निर्देशन दिएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “दूरसञ्चार ऐन, २०५३ को दफा (३) ले कुनै व्यक्तिले दूरसञ्चार सेवाको दुरुपयोग गरेमा, अनाधिकार प्रयोग गरेमा ...
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेद्वारी दर्ता
अर्थ/व्यापार, समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेद्वारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका हुन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन । गत वर्ष नै बागलुङ उद्योग ...
‘रअ’ का प्रमुख गोयल काठमाडौँमा
राजनीति, समाचार

‘रअ’ का प्रमुख गोयल काठमाडौँमा

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन्। केहीबेर अघि इन्डियन एयर फोर्सको विशेष चार्टर्ड विमानबाट गोयल र रअ कै अर्का उच्चअधिकारी नेपाल आएको विमानस्थल उच्च सुरक्षा स्राेतले जानकारी दि विमानस्थलमा उनीहरुलाई लिन नेपालस्थित भारतीय दूतावासका अधिकारीहरु पुगेका थिए। गोयल भीआईपी कक्षबाट बाहिरिएको विमानस्थल स्रोतले जानकारी दियो। राष्ट्रिय अनुसन्धान विभागका एक उच्चअधिकारीले गोयल काठमाडौं आएको र उनी आज राति नै दिल्ली फर्किने जनाएका छन्। भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको भ्रमण तय भइसकेका बेला रअ प्रमुख पनि नेपाल आइपुगेका हुन्। सेनाध्यक्षको भ्रमण र दुई देशको सम्बन्ध सुधारमा उनको भ्रमण केन्द्रित हुने बताइएको छ। उनी बुधबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।  लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई संविधान संशोधन गरेर नेपालले आफ्नो नक्सामा समे...
कक्षा १२ को परीक्षा मंसिर ९ देखि
शिक्षा, समाचार

कक्षा १२ को परीक्षा मंसिर ९ देखि

कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। कोरोनाका कारण सरेको परीक्षा मंसिर ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने भएको छ । परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने पनि बोर्डले जनाएको छ।यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाका कारण ७ महिना पर सरेको हो ।...
काठमाडौं उपत्यकामा थपिए ३ हजार १०७ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए ३ हजार १०७ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी जम्मा ३ हजार १०७ जना संक्रमित थपिएका छन् । यसअघि सोमबार (हिजो) काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी जम्मा १७०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
नेपालीका लागि यो बर्षको विजया दशमी त्यति उत्साहजनक छैन:डा डीआर उपाध्याय
राजनीति, समाचार

नेपालीका लागि यो बर्षको विजया दशमी त्यति उत्साहजनक छैन:डा डीआर उपाध्याय

नेपालीहरूको महान् पर्व विजया दशमी सुरु भएको छ । अघिल्लो बर्ष जस्तो उत्साह र उमंग यस बर्ष छैन । अधिकांश विपन्न नेपालीका लागि यो बर्षको विजया दशमी त्यति उत्साहजनक छैन । बिगत ७ महिनादेखि कोरोना संक्रमणले थलिएका विपन्न वर्गको निम्ति दसैं दशा बनेर खडा भएको छ । विपन्न नागरिक साँझ–बिहानको छाक टार्ने समस्यामा छन ।अहिलेको दसैं विशेष तामझामको साथ मनाउने अवस्था छैन । देश संकटमा परेको बेला फजुल खर्च गरेर मात्र हुदैन । अघिल्लो बर्ष जस्तो बजारमा दसैंको चहलपहल त्यस्तो छैन । उपत्यकाबाट बाहिर जाने र बाहिरबाट उपत्यकामा भित्रनेको संख्या गत बर्षको तुलनामा कम छ । तर पनि कोरोना संक्रमणको बढ्दो वृद्धिदरलाई ख्याल गरी सुरक्षा सावधानी अपनाउनु पर्ने आबश्यकता देखिएको छ । यदि हामीले सुरक्षा सावधानी अपनाउन सकेनौ भने समस्या उत्पन्न हुने निश्चित छ । यसको निम्ति हामीले बेलैमा सचेत बन्नु आबश्यक छ । सवैले स्वास्थ्य सुरक्...
विशेष अदालतको अध्यक्षमा प्रेमराज कार्की नियुक्त
राजनीति, समाचार

विशेष अदालतको अध्यक्षमा प्रेमराज कार्की नियुक्त

सरकारले विशेष अदालतको अध्यक्षमा प्रेमराज कार्की र सदस्यमा अब्दुल्लाह अजिज मुसलमान र  नित्यानन्द पाण्डेलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई विशेष अदालतको अध्यक्ष तथा मुसलमान र पाण्डेलाई सदस्यमा नियुक्ती गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसैगरी मन्त्रिपरिषद बैठकले सैनिक विशेष अदालतमा लोहिच चन्द शाह, राजश्व न्यायाधीकरणको अध्यक्षका विनोद शर्मा, राजश्व न्यायाधीकरण विराटनगरमा सत्यमोहन जोशी थारु र राजश्व न्यायाधीकरण नेपालगञ्जमा केशवराज जोशीलाई नियुक्त गरेको छ। यसैगरी बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुखमा माधवप्रसाद पोखरेललाई नियुक्ती गर्ने निर्णय गरेको छ। बैठकले विश्व बैंकसँग २४ अर्ब रुपैयाँ ऋण लिन स्वीकृति प्रदान पनि गरेको छ। विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरुमध्येबाट सरकारले मागेजति संख्यामा न्यायपरिषदले सिफारिस गर्ने गर्...
घुस प्रकरणको आरोप लागेका बाँस्कोटामाथिको मुद्दा तामेलीमा
राजनीति, समाचार

घुस प्रकरणको आरोप लागेका बाँस्कोटामाथिको मुद्दा तामेलीमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँदै बाँस्कोटाको विषयमा थप छानबिन गर्न पर्याप्त प्रमाण नपुग्ने जनाएको हो । पूर्वमन्त्री बाँस्कोटा र विजयकुमार मिश्रबीच भएको संवादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको आयोगले जनाएको छ । घुस लिएको आधार र यथेष्ट प्रमाण कतै नभेटिएकाले थप अनुसन्धान गर्न नसकिएको अख्तियारले जनाएको छ । थप अनुसन्धानका लागि वास्तविक कन्टेनसहितको विवरण आवश्यक भएकाले मिश्रले बुझाउन नसकेको आयोगको दाबी छ । आयोगले पूर्वमन्त्री बाँस्कोटासँग बयान लिइसकेको छ । अख्तियारको बयानमा बाँस्कोटाले आफूले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घुस नलिएको बताएका छन् । अख्...