‘फेसन हेरिटेज’ को प्रथम अडिसन सम्पन्न, दोश्रो अडिसन पुस २५ गते हुने
काठमाडौं — पुस २२, २०७७। जाएन्ट हाउस प्रोडक्सनको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता ‘फेसन हेरिटेज’ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा पुस १८ गते सम्पन्न भएको पहिलो अडिसनमा सहभागी भएका प्रतिस्पर्धीहरु मध्येबाट कुल ९ जना प्रतिस्पर्धीले अडिसन राउण्ड पार गर्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको आयोजक संस्थाका प्रमुख सन्देश सिंहले जनाएका छन । आयोजक सिंहले पहिलो अडिसनको समाप्तीसँगै रहर हुँदाहुदै विभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको दोश्रो चरणको अडिसन पुस २५ गते युनिभर्सल क्याफे, एकान्तकु्नामा हुनेछ । प्रतियोगिताको विजेताले अष्ट्रेलियामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन पाउनुको साथै ३०,०००/- रुपैयाँ सहित विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन। प्रतियोगिताको विजेता साथै उत्...










