अनुभव, स्मारिका र सुस्लिनाले जिते नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको उपाधि
प्रतिभाशाली बालबालिकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २ को ग्रान्ड फिनाले भव्य रूपमा म्युजिक सिटी नेपाल, बलकुमारी ललितपुरमा सम्पन्न भएको छ। यस ऐतिहासिक फिनालेमा अनुभव सापकोटा, स्मारिका गोले र सुस्लिना लोहनी ले आ–आफ्नो समूहमा विजेता बन्न सफल भएका छन्।
प्रतियोगिता ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा. लि. को आयोजनामा सम्पन्न भएको हो। पूर्व शिक्षा मन्त्री माननीय देवेन्द्र पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको यस कार्यक्रममा कलाकार, निर्णायक मण्डल, मिडिया प्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकसहित हजारौं दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताको मुख्य विजेता विवरण यसप्रकार छ:
ब्वाइज समूह– विजेता: अनुभव सापकोटा– (Most Popular): संस्कृत चालिसे
जुनियर गर्ल्स समूह– विजेता: स्मारिका गोले– (Most Popular): बिलेव्सम...










