समाचार

“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार”को ट्यालेन्ट राउण्ड सम्पन्न,फिनाले २८ गते
मनोरन्जन, समाचार

“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार”को ट्यालेन्ट राउण्ड सम्पन्न,फिनाले २८ गते

ललितपुर – ब्ल्याक बर्ड इन्टरटेनमेन्टको आयोजनामा आयोजित “नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २” अन्तर्गतको ट्यालेन्ट राउण्ड ललितपुरको कुमारिपाटीस्थित ड्यालिन क्याफे एण्ड मिनी बैंक्वेटमा आज अत्यन्त उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको छ। ललितपुर जिल्लाका १५ विभिन्न विद्यालयहरूबाट छानिएका २० जना बालप्रतिभाहरूले गायन, नृत्य, अभिनय, वक्तृत्व कला लगायत विविध विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै उपस्थित दर्शक तथा निर्णायकहरूको मन जित्न सफल भए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायकको रूपमा उपस्थित थिए । निणार्यक मण्डलमा  यि व्यक्तित्वहरु रहेका थिए ।  अंश वर्मा – सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व तथा उद्यमी म्याक्स नेपाल – लोकप्रिय गायक तथा मोडल प्रियंका श्रेष्ठ – मिस पूर्वाञ्चल २०१५ को विजेता सुजाता बराल – अध्यक्ष, एवाईओएन पुजा रेग्म...
“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”को ट्यालेन्ट राउण्ड सम्पन्न
मनोरन्जन, समाचार

“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”को ट्यालेन्ट राउण्ड सम्पन्न

ग्रेस इभेन्ट्सको आयोजनामा संचालित मिस्टर एण्ड मिस ग्रेस SEE नेपाल – सिजन ६ (२०२५) को ट्यालेन्ट राउण्ड २०८२ असार १७ गते भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) सुरज थापाले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो उत्कृष्ट प्रतिभा, सिर्जनात्मकता र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भए। कार्यक्रममा निर्णायकको भूमिकामा राष्ट्रिय कलाकार सपन श्रेष्ठ, नेपालकी पहिलो एक खुट्टा नृत्यांगना रोमा न्यौपाने, मिस ग्रेस एयर होस्टेस २०२५ की फर्स्ट रनर अप सुनिशा गुरुङ, चिरायु डेन्ट केयरका एम.डी. सागर जोशी र चर्चित गायिका बेनीशा पौडेल रहनुभएको थियो। कार्यक्रमको सन्चालन फेसन कोरियोग्राफर अर्शु महर्जनले गरिरहनुभएको थियो भने, कार्यक्रमका रमाइला क्षणहरू बिन्द्रा प्रजापति र अंकित मल्ल (Cupid Photo Studio) ले तस...
गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न

काठमाडौं  – नेपाली गीत–साहित्यमा योगदान पुर्‍याउँदै आएका गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ–२०८२’ सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त कार्यक्रमलाई गीतकार संघ नेपालले आयोजना गरेको हो।साँझमा गीतकार तामाङले सिर्जना गरेका १७ उत्कृष्ट गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई ऐतिहासिक बनाएका थिए। ‘नेपाल मेरो घर’, ‘आमा’, ‘मीठा मीठा बोली’, ‘स्वर्गझैं सैलुङ’, ‘अल्झिरह्यो याद’, ‘तिमी सागर’, ‘मै खुकुरी’, ‘अङ्गालोमा बेरिरहुँ’, ‘जित्नेहरुको पनि’, ‘मन पर्छ’, ‘माथि माथि लेकमा’, ‘जोर मादलको तालैमा’ लगायतका गीतहरू शब्द, संगीत र गायनको उत्कृष्ट संयोजनका साथ प्रस्तुत भएका थिए।कार्यक्रममा किरण प्रधान, शिव परियार, स्वरुपराज आचार्य, सत्यराज आचार्य, अन्जु पन्त, डेविड शंकर, रुपक चौधरी, संगीता राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन र अस्मिता...
चन्दा पुन “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष
समाचार, समाज

चन्दा पुन “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष

समाज सेवामा निरन्तर समर्पित वरिष्ठ सौन्दर्यविद चन्दा पुनलाई  “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष पदमा सर्वसम्मत रूपमा नियुक्त गरिएको छ। सन् २०२५–२०२६ को कार्यकालका लागि उनलाई यो गरिमामय जिम्मेवारी दिइएको हो। चन्दा पुनको समाजसेवामा लामो अनुभव तथा उनको मानवीय सेवामा समर्पण उल्लेखनीय छ। सुन्दरता तथा आत्मविश्वास अभिवृद्धिमा आफ्नो पेशागत योगदान दिनुका साथै उनले बिभिन्न सामाजिक तथा मानवीय सेवाका अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। लायन्स क्लबमार्फत उनले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, र दीन दुःखीहरूको सेवामा उल्लेखनीय कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। अध्यक्ष पदमा नियुक्तिसँगै उनले भनेकी छन्, “यो पद मेरो लागि गर्व मात्र होइन, ठूलो जिम्मेवारी पनि हो। मानव सेवा नै सच्चा सेवा हो भन्ने मान्यताका साथ म समाजको हितमा अझ बढी समर्पित भएर कार्य गर्नेछ...
राजेन्द्र लुईटेल कार्यक्रम व्यवस्थापनको अध्यक्षमा निर्वाचित
समाचार, समाज

राजेन्द्र लुईटेल कार्यक्रम व्यवस्थापनको अध्यक्षमा निर्वाचित

काठमाडौं । कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन एवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल(राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम आयोजक एवं ईभेन्ट व्यवस्थापकहरुको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी दुई वर्षे कार्यकालका लागि लुईटेलको नेतृत्वमा १३ नयाँ कार्यसमिति निर्वाचित भएका हुन । राजधानीको लाजिम्पाट बुटिक होटलमा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा तृष्णा गुरुङ्ग, उपाध्यक्षमा समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल,सचिवमा विपिन पोखेरल,कोषाध्यक्षमा मनोज थापा,सहसचिवमा भागिरथ कुमार पोखरेल,सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान,रामकृष्ण श्रेष्ठ,राहूल बन्जाडे,पूजा रेग्मि र लोमस कार्की निर्वाचित भएका थिए । निर्वाचनका लागि संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार विएम आचार्य तथा अधिवक्ता केशव पोखरेल नि...
गायिका सुमी पराजुलीको‘ढाँट्यो मायाले’सार्वजनिक (भिडियो )
मनोरन्जन, समाचार

गायिका सुमी पराजुलीको‘ढाँट्यो मायाले’सार्वजनिक (भिडियो )

काठमाडौं : गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ आज सार्वजनिक भएको छ। एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा अलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ, जसमा प्रेम, सहयोग, धोका र विछोडको मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ। गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ। गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका हुन्। https://www.youtube.com/watch?v=xz9SyQto6Lc शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्मा, रेकर्डिङ चन्द्रमान विश्वकर्मा, तथा BTS (Behind The Scene) कार्यमा आशिष चापागाईं र सुवास बयलकोटीको योगदान रहेको छ। छायांकन दिपक गिरीले गरेका छन्। गीतको मेकअप रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्...
ग्रिस महर्जनलाई प्रधानमन्त्रीबाट नगद पाँच लाखसहित ट्रफी प्रदान
खेलकुद, समाचार

ग्रिस महर्जनलाई प्रधानमन्त्रीबाट नगद पाँच लाखसहित ट्रफी प्रदान

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२२ मा सम्पन्न “महानगर शारीरिक सुगठन प्रतियोगिता” मा ग्रिस महर्जनले सर्वोत्कृष्ट “प्रथम मिस्टर महानगर २०८२” उपाधि जित्न सफल भएका छन्। यो प्रतियोगिताले पुरुष फिटनेस, व्यक्तित्व, र मंच प्रस्तुतीलाई पहिलो पटक मेयर–स्तरीय प्रतिस्पर्धाको रूपमा प्रस्तुत गरेको थियो । ग्रिसले आफ्नो शरीर संरचना, पोशाक, र मंच प्रजेन्टेसनको उत्कृष्टतामा निर्णायक मण्डल र दर्शकका मन जितेका थिए । प्रतियोगिताका संचालक र कोचिङ टोलीले विजेता ग्रिसको प्रस्तुतीलाई उच्च मूल्यांकन गरेका छन्, साथै सोसल मिडिया र  सञ्चारमाध्यममा प्रशंसा गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओली लगायतले पाँच लाख नगद सहित ट्रफी प्रदान गरेका थिए । ७५ + किलोको प्रतिस्पर्धामा ग्रिस महर्जनले गोल्ड मेडल समेत प्राप्त गर्न सफल भएका थिए ।व्यक्तिगत प्रशिक्षकको भूमिकामा उनले थुप्रै व्यक्तिहरूला...
अन एयर मिडियाको ‘२०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान’ सम्पन्न
समाचार, समाज

अन एयर मिडियाको ‘२०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान’ सम्पन्न

काठमाडौं । अन एयर मिडियाद्वारा सञ्चालित भाषण कला तालिम सुरु भएको २०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान २०८२ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाहलमा आयोजित कार्यक्रममा देशका विभिन्न क्षेत्रका ३० जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा २ जना उच्चपदस्थ अतिथिहरूलाई अभिनन्दन गरिएको हो। कार्यक्रममा सम्माननीय पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश श्री खिलराज रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिको रूपमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिहरूको रूपमा लुम्बिनी प्रदेश प्रमुखका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, बरिष्ठ समाजसेवी बाबु कृष्ण खत्री, समाजसेवी तथा उद्योगी प्रेम दाहाल, समाजसेवी नगेन्द्र न्यौपाने, समुन्नत महिला मञ्चकी अध्यक्ष समा खत्री, उपन्यासकार राधा भण्डारी, चर्...
राम प्रसाद गुरङ को ‘फुलै फुलेको’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

राम प्रसाद गुरङ को ‘फुलै फुलेको’ सार्वजनिक (भिडियो)

काठमाडौं । स्याङजा जिल्लाको भिरकोट नगरपालिक वडा नं ०९ स्थित बाबु दुर्गा बहादुर गुरुङ र आमा नरमति गुरुङको कोखबाट २०४८ सालमा जन्मिएका हुन् रामप्रसाद गुरङ । उनी परिवारमा कान्छो सन्तान हुन् । राम प्रसाद एक होनहार प्रतिभाशाली अभिनेता हुन् । जसले नेपाली संगीत भिडियोहरू र गुरुङ भाषाका चलचित्रहरूमा प्रभावशाली अभिनय प्रस्तुत गर्दै आएका छन् । आफ्ना सांस्कृतिक जरा र पहिचानप्रति गहिरो निष्ठा राख्ने गुरुङ फिल्म उद्योगमा उल्लेखनिय योगदान दिएका छन् । उनले अहिलेसम्म ६ वटा चर्चित भिडियोहरूमा अभिनय गरेका छन् । जसमध्य हालै सावर्र्जनिक भएको आफ्नै आवजमा रहेको ‘फुलै फलेको’ लोक गीत रहेको छ । https://www.youtube.com/watch?v=FLWOfgHiraw जसमा उनक अभिनय तथा भावपूर्ण प्रस्तुतिले दर्शकको मन जितेका छन् । भिडियोको अनुभवपछि गुरुङ भाषाका चलचित्रहरूमा प्रवेश गरेपछि उनले झनै ठूलो चर्चा कमाएका छन् । उनले गुरुङ ...
उत्कृष्ट शेयर शिक्षाका लागि अनामनगरमा ‘ईन्भेष्टमेन्ट गुरु’ संचालनमा
अर्थ/व्यापार, समाचार

उत्कृष्ट शेयर शिक्षाका लागि अनामनगरमा ‘ईन्भेष्टमेन्ट गुरु’ संचालनमा

काठमाडौं –नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।काठमाडौंमा आयोजित एक समारोहबीच लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिवन काटेर औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै संग्रौलाले संस्थाले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउने विश्वास व्यक्त गरिन् ।संस्थाका सिइओ अमित झाका अनुसार इन्भेष्टमेन्ट गुरु आम नागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो । उनले विशेषगरी नयाँ लगानीकर्ता तथा शेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए ।इन्भेष्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत् शिक्षा प्रदान गर्नेछ।...