समाचार

प्रचण्ड–नेपाल पक्षको कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी
राजनीति, समाचार

प्रचण्ड–नेपाल पक्षको कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीको विरोध गर्दै नेकपा (प्रचण्ड–माधव नेपाल) पक्षले आह्वान गरेको आमहड्तालले राजधानीको जनजीवन प्रभावित बनेको छ। आम अड्ताल सफल पार्न भन्दै नेताहरु सडकमा निस्किएका छन् भने सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ। आन्दोलनमा होमिएका नेतालाई प्रहरीले पक्राउ गरेको छ। कलंकीमा हड्तालको नेतृत्व गरिरहेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीका धेरै ठाउँमा प्रहरी र नेकपा कार्यकर्ताबीच घम्साघम्सी भएको छ। विहानैदेखि आन्दोलनकारी सडकमा उत्रिएपछि राजधानीका सवारी सधान चलेका छैनन्। आशिंक रुपमा मोटरसाइकल संचालन भएका छन्। आन्दोलनकारीले केही सवारी साधनमा तोडफोनसमेत गरेको छन्।...
कुखुराको अवैध आयात जारी
अर्थ/व्यापार, समाचार

कुखुराको अवैध आयात जारी

विदेशबाट स्थल मार्ग हुँदै नेपालमा जिउँदो कुखुरा र अण्डा तथा मासु आयातमा प्रतिबन्ध छ तर पछिल्लो समय सीमा क्षेत्रबाट खुलेआम कुखुरा र मासु आयात भइरहेको छ । नेपालमा अहिले कुखुराको उत्पादन घट्दो अवस्थामा रहेको र बजार भाउ बढ्दै गएको मौका छोपी लुकिछिपी कुखुरा र यसको मासु आयात बढेको व्यवसायीको गुनासो छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बिसी सीमा क्षेत्रबाट कुखुरा र यसको मासु आयात भइरहेको जनाउन्छन्। “भारतका विभिन्न स्थानमा कुखुरामा देखिएको बर्डफ्लूले उता मासु बिक्री कम भएपछि नेपालमा लुकिछिपी भित्रयाउने क्रम बढेको छ,” उनले भने, “यो अवस्था कायमै रहे नेपाली कुखुरा व्यवसाय धराशयी हुनेछ । ” उताको बर्डफ्लुको जोखिम यता आउने र यता पनि नेपाली कुखुरा उत्पादकमा यसको प्रभाव देखिने उनको भनाइ छ ।नेपालको बजारमा अहिले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २५० रुपियाँको हाराहारी छ । मासु ...
अष्टलक्ष्मी शाक्यसहित नेकपा नेता, कार्यकर्ता पक्राउ
राजनीति, समाचार

अष्टलक्ष्मी शाक्यसहित नेकपा नेता, कार्यकर्ता पक्राउ

नेकपा (प्रचण्ड–नेपाल खेमा) की नेतृ अष्टलक्ष्मी शाक्यसहित पक्राउ परेका छन् । नेता अमृत बोहराका अनुसार नेतृ शाक्यसहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) ले बिहीबार आम हड्ताल आह्वान गरेको छ । सोही क्रममा प्रहरीले नेतृ शाक्यसहितलाई पक्राउ गरेको हो । आम हड्तालका कारण काठमाडौँ उपत्यकासहित देशका अरु स्थानमा प्रभाव परेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।...
आम हड्ताल के को लागी ?
राजनीति, समाचार

आम हड्ताल के को लागी ?

-डा.डिआर उपाध्याय नेपाल बन्द,हड्ताल र चक्काजाम सदाको लागि अन्त्य गर्नु पर्छ भनेर प्रतिबद्धता जनाएका दलहरुले नै सरकार देखि बाहिर हुँदा उनैले नै आफुले गरेको प्रतिबद्धतालाई उलङ्घन गर्ने प्रयास गरेका छन् । दलिय स्वार्थका लागि आम हड्ताल गरेर सर्बसाधरणदेखि आम नागरिकलाई सास्ती दिने काम राम्रो होइन । गरि खाने नागरिकलाई यस्ता बन्द, हड्तालले नराम्रो प्रभाव पारेको हुन्छ । एक दिनको बन्द हड्तालले देशको अर्थतन्त्रमा करोडौँ नोक्सान पु–याएको हुन्छ । आम हड्ताल के को लागी ? यो विषयमा राजनीतिक दलहरु किन गम्भिर बन्न सकेनन् ? बन्द हड्तालका कारण बिरामी ,विद्यार्थी ,ज्याला मजदुर लगायत विभिन्न क्षेत्रमा यसको प्रभाव पर्दछ ।बन्दका कारण यातायात सुचारु हुन नसक्दा विगतमा पनि कैयौँ सिकिस्त बिरामी र प्रसुति व्यथाले च्यापेका महिलाले समयमा उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेका प्रशस्त उदाहरण छन् । आज हुने भनिएको ...
वर्तमान संकट र यसको निकास
राजनीति, समाचार

वर्तमान संकट र यसको निकास

डा.डिआर उपाध्याय संसद् विघटन पछि देशमा एकाएक सडक आन्दोलनको रमिता भैरहेको छ । संसद् विघटनले देश अस्थिरतातर्फ उन्मुख बनेको छ । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नागरिक समाज लगायतले आन्दोलन गरिरहेका छन् । यो आन्दोलनमा जनताको त्यति सहभागिता देखिदैन । किनभने जनता राजनीतिक दलसँग असन्तुष्टि छन् । सडकमा उठेको आन्दोलन केवल सत्तामा जान र केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा प्रधानमन्त्री हुन मात्रै आन्दोलन सञ्चालन भइरहेको हो भन्ने जनताको गुनासो छ । आन्दोलनले नयाँ सरकार बन्न सक्ने अवस्था छैन । वर्तमान संकटको निकास भनेको चुनाव हो । अब मुलुकमा आन्दोलन गरेर द्वन्द निम्ताउने काम कुनै दलले पनि गर्नु हुँदैन । देशमा विकास समृद्धि र सुशासन कायम गर्नु पर्ने आवश्यकता देखिएको छ । अब सरकारले समाजवादको आधार निर्माण गरि प्रभावका...
संवैधानिक परिषदको बैठक अनिश्चित कालका लागि स्थगित
राजनीति, समाचार

संवैधानिक परिषदको बैठक अनिश्चित कालका लागि स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषदको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार साँझ पाँच बजे बस्ने गरी प्रधानमन्त्री ओलीले बोलाएको बैठक अब अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको स्रोतले जनाएको छ। यसअघि बसेको परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो। ती मध्ये केहीले पद अस्वीकार गरेका थिए। अस्वीकार गरेका पदमा पुन नियुक्तिका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ। बैठक बस्ने सूचना प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पत्रमार्फत दिइएको थियो। तर सभामुख सापकोटा भने बैठकमा सहभागी नहुने उनी निकट स्रोतले जनाएको थियो। यसअघि बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिस पनि सभामुख अग्नी सापकोटाले फिर...
पेचिलो बन्दै गयो संघीयता
राजनीति, समाचार

पेचिलो बन्दै गयो संघीयता

डा.डिआर उपाध्याय नेपालमा यति बेला संघीयता पेचिलो बन्दै गएको छ । संघीयता लागु गर्नु भन्दा अघि यो बिषयमा कहिल्यै छलफल गरिएन । नेपालमा संघीयताको बारेमा कहिल्यै जनतालाई जानकारी गराइएन । जनआन्दोलनमा संघीयताको विषय कहीँ कतै उठेको थिएन । संघीयता भनेको नै सबै जनतालाई सशक्त बनाउने, सम्पूर्ण अधिकार प्रदान गर्ने माध्यम हो ।संघियताको अभ्यासमा नेपालमा त्यस्तो देखिएन । अन्तरिम संविधान जारी हुँदा समेत यो बिषय उठेको थिएन । संघीयता नेपालमा एक्कासी घुसाइएको एजेन्डा हो । किनकि निरंकुश राजतन्त्रविरुद्ध २०६३ सालमा आन्दोलन भयो तर संघीयताको बारेमा एक शब्द कहीँकतै उच्चारण भएन । आन्दोलन सफल भए पछि देशमा लोकतन्त्र पुनर्वहाली भयो । २०६३ सालमा नेपालको अन्तरिम संविधान जारी भएपछि त्यसबाट असन्तुष्ट भई मधेसमा अकस्मात आन्दोलन भयो । त्यतिबेलाको मधेस आन्दोलनले विशेष गरी पूर्वी तराईका जिल्लामा साम्प्रदायिकता भड्किने...
“ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” छनौट कार्याक्रम सम्पन्न
मनोरन्जन, समाचार

“ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” छनौट कार्याक्रम सम्पन्न

काठमाडौं, माघ /सिजन मिडियाद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” चौथो संकरणको अडिसन शनिवार सिजन मिडियाको कार्यालयमा सम्पन्न भएको छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो निरन्तरता दिदै चौथो चरणको लागि कार्यक्रम गर्न लागेको वताउछन सिजन मिडियाका कार्यक्रम निर्देशक रोजिना तुलाधर । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गर्दै आइरहेका हौं । विगत एघार वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको म...
एकै दिन ८८ हजार नेपालीले लगाए कोरोनाविरूद्को खोप
समाचार, स्वास्थ्य

एकै दिन ८८ हजार नेपालीले लगाए कोरोनाविरूद्को खोप

कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आइतबार ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिश पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा...
फेव्रुअरी महिना : आयोडिन मन्थ
समाचार, स्वास्थ्य

फेव्रुअरी महिना : आयोडिन मन्थ

-नेपाल सरकारले प्रत्येक बर्ष अंग्रेजी क्यालेण्डर अनुसार फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै आएको छ ।  सोहीको निरन्तरता स्वरुप यस बर्ष पनि सरकारले फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै छ ।  आयोडिनको कमीबाट हुने विकृति रोकथामका लागि  जनचेतना जगाउने उदेश्यका साथ फेव्रुअरी महिनालाई  आयोडिन मन्थका रुपमा मनाउने गरिएको हो । नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक गतिविधि संचालन गरिदै आईएको छ । त्यसो त, जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुनाले नेपालमा नुनमा आयोडिन मिसाई प्रत्येक घर घरमा आयोडिनयुक्त नुनको पहुँच बिस्तारको नीति नेपाल सरकारले लिएको छ ।  हरेक नेपालीको घर दैलो एवम् चुलो चौकोसम्म आयोडिनयुक्त नुनको पहुँच प्रभावकारी रुपमा पुगोस् भन्ने हेतुले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनल...