समाचार

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी
अर्थ/व्यापार, समाचार

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी भएका छन् । संघको शनिबार (जुलाई २६ मा) सम्पन्न निर्वाचनमा कुँवरले सन्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् । उनले नर्दन टेरोटेरीबाट सन्जीव गोर्खाली ढकाल (२१२६) र पर्थ (पश्चिम अस्ट्रेलिया) (३७२७) बाट भैरव ढकाललाई हराएका हुन्। १६ हजार १ सय २१ मतदाता रहेको अस्ट्रेलियाबाट कुँवरले १३७०१ खसेको मतबाट ६८३९ मत पाए । झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर यसअघि संघको महासचिव रहेका थिए। प्यानल सहित चुनावी मैदानमा होमिएका कुँवरले संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने आफ्नो लक्ष्य रहेको बताए । यो जीत समग्र संघका सदस्यहरूको जीत रहेको भन्दै आफूले यो विश्वासलाई सधैं न्याय दिलाउने उद्घोष गरे । यससँगै कुँवरले अष्ट्रेलियास्थित संघीय तथा रा...
स्वास्थ्यको नाममा ‘शुद्धिग्राम नेपाल’मा मनपरी
समाचार, समाज

स्वास्थ्यको नाममा ‘शुद्धिग्राम नेपाल’मा मनपरी

ललितपुर— देशकै प्रमुख प्रशासनिक केन्द्र राजधानी उपत्यकाभित्रै स्वास्थ्य सेवा दिने नाममा व्यापक लुट मच्चिएको गुनासो पीडित बिरामीहरूले गरेका छन्। ललितपुरको सानेपास्थित हिम्स शुद्धिग्राम नेपाल नामक संस्था प्राकृतिक तथा आयुर्वेदिक उपचारको नाममा मनपरी गरिरहेको आरोप लागेको छ। भारतमा सञ्चालित HIMS (Health India Medical Science) को नाम र प्रतिष्ठालाई अगाडि सार्दै, ‘प्राकृतिक उपचारको नयाँ विश्वास’ भन्दै मिर्गौला, कलेजो, मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायत दीर्घरोगको ग्यारेन्टीका साथ उपचार हुने प्रचारसहित सो संस्था सञ्चालित छ। एक वर्षअघि श्यामलाल श्रेष्ठसहितको समूहले यो केन्द्र सञ्चालनमा ल्याएको हो। तर, भित्रको वास्तविकता भने यसको ठिक विपरीत देखिएको छ। यहाँ उपचार गराइरहेका अधिकांश बिरामीहरू आफु ठगिएको महसुस गर्दै मिडियामार्फत गुनासो पोखिरहेका छन्। ग्यारेन्टीका नाममा ठगी ७२ घण्टामा सुगर ...
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने
मनोरन्जन, समाचार

चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने भएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो | याक्थुङ मुन्चइत चोक सयङ हङकङले  प्रदर्शन गर्ने तयारी गरिरहेको हङकङका वरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङले जानकारी दिए  | थाम्सुहाङका अनुसार याक्थुङ मुन्चइत चोक सयङले सञ्चालान गरिरहेको लिम्बु कलाकारहरुलाई सम्मानस्वरूप सामाजिक सुरक्षाभत्ता दिने लगायतका अभियानहरु सफल पार्न विविध कार्यक्रमहरु आयोजना गरिरहेको बताए | यसका अलावा ४ अक्टोबर २०२५ मा सौल कोरियामा र २७ नोभेम्बर २०२५ मा दमाम साउदी अरबियामा प्रदर्शन मितिको घोषणा गरेका हुन् | चलचित्र ‘चे’ले याक्थुङ सिने अवार्ड – २०८१, FLF Award – २०२४, पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव – २०८२, बिराट म...
कुमार कार्कीको ‘कर्मै मेरो चण्डाल’(भिडियो)
मनोरन्जन, समाचार

कुमार कार्कीको ‘कर्मै मेरो चण्डाल’(भिडियो)

काठमाडौं ।  कलाकार तथा सर्जक कुमार कार्कीले यस वर्षको तीजलाई लक्षित गर्दै नयाँ गीत ‘कर्मै मेरो चण्डाल’सार्वजनिक गर्नुभएको छ । नारी वेदना र सामाजिक यथार्थलाई समेटिएको यो मार्मिक गीत कार्कीको आफ्नै युट्युब च्यानल ‘ए वान इन्टरटेण्टमेण्ट’ मार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा कुमार कार्की कै शब्द रचना रहेको छ भने लय सिर्जना धर्मराज गिरीले गर्नुभएको छ । गितमा पूर्णकला विसीले आफ्नो सुमधुर स्वर दिनुभएको छ । पछिल्लो समय तीज गीतहरूमा मौलिकता र सन्देशभन्दा पनि भड्किलोपन हाबी भइरहेको गुनासो आइरहँदा ‘कर्मै मेरो चण्डाल’ ले नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख र संघर्षको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । गीतको संगीत संयोजन पवन परियारले गर्नुभएको छ । गीतको भिडियोतर्फ पनि एक सशक्त टिमले काम गरेको छ । भिडियोमा कुमार कार्कीका साथै हरि ढकाल, खगेन्द्र केपी र पूर्णिमा थापाको मार्म...
एल्मिरा कार्की र इनेश बस्नेत भए “मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”
मनोरन्जन, समाचार

एल्मिरा कार्की र इनेश बस्नेत भए “मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”

‘ प्रतिभा र आत्मविश्वासको रंगीन उत्सव’ काठमाडौं- युवाको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता अभिव्यक्त गर्ने उद्देश्यले ग्रेस इभेन्ट्सको आयोजनामा तथा क्युपिड फोटोग्राफीको सहकार्यमा आयोजित “मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल २०२५ – सिजन ६” को ग्रान्ड फिनाले तथा विशेष सम्मान कार्यक्रम नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा भव्यतापूर्वक सम्पन्न भयो। ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन संघीय संसद प्रतिनिधिसभाकी उपसभामुख माननीय इन्दिरा राना मगर, नेपाल स्काउट्सका प्रमुख आयुक्त देवराज घिमिरे र इभेन्ट म्यानेजमेन्ट एशोसिएसन नेपाल (EMAN) का अध्यक्ष तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर राजेन्द्र लुइँटेल (राज )ले दीप प्रज्वलन गर्दै संयुक्त रूपमा गर्नुभयो। प्रतियोगितामा महिला तर्फ एल्मिरा कार्की र पुरुष  तर्फ इनेश बस्नेत विजेता ...
गायिका सञ्जुको ‘निलो आकशैमा बादलु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सञ्जुको ‘निलो आकशैमा बादलु’ सार्वजनिक(भिडियो)

नारी पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीतसंगीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा सञ्जु न्यौपाने र पुस्कल शर्माको स्वरमा ‘निलो आकशैमा बादलु’ बोलको तीज गीत दर्शक, श्रोता समक्ष आएको छ । रमेश परियारको शब्द, संगीत रहेको गीतको भिडियोमा लोमश शर्मा, आशा भुसाल, सञ्जु न्यौपाने, सन्तोष पाण्डे लगायतका कलाकारको अभिनय छ । चक्रबहादुर बरालले खिचेको भिडियोमा सम्पादन, कलरिङ विष्णु खड्का, मेकअप कविता तोलाङ्गी, निर्देशन निरेन श्रेष्ठको रहेको छ । भिडियो गायिका सञ्जु न्यौपानेको अफिसियल युटूव च्यानलमा हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=rP9wBRKZtNM...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा एक बृहत रक्तदान कार्यक्रम अनामनगरस्थित सामाजिक विकास भवनमा सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नारायण थापा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, महासचिव सनम कठायत, सचिव द्वय रीता केसी र बेनिशा पौडेल, कोषाध्यक्ष प्रतिक्षा काफ्ले तथा सदस्यहरू मनोज परियार, बिरेन्द्र भाट ‘बिपिन’, प्रमोद डिजी, विनोद बम, पूजा ठकुरी, सुवास तिम्सिना, प्रज्वल भट्ट, गीता पाण्डे र कोपिला शिवाकोटीको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तथा वरिष्ठ गीतकार टेक तामाङ, चर्चित गायक कुलेन्द्र विश्वकर्मा, सिडी विजय अधिकारीसहित देशका ख्यातिप्राप्त गायक/गायिका, संगीतकार, गीतकार, चलचित्रकर्मी तथा ललितकला क्षेत्रका विभिन्न विधामा सक्रिय ६३ जना व्यक्तिले रक्तदान गर्नुभएको थियो। कार्यक्रमका प्रमुख वक्ताका रूपमा बोल्दै प्रतिष्ठ...
एपि व्यूटि सलुन संचालनमा :भक्तपुरमा सौन्दर्य सेवाको नयाँ युग सुरु गर्ने विश्वास
अर्थ/व्यापार, समाचार

एपि व्यूटि सलुन संचालनमा :भक्तपुरमा सौन्दर्य सेवाको नयाँ युग सुरु गर्ने विश्वास

भक्तपुर । भक्तपुरको ऐतिहासिक नगर सूर्यविनायकमा सौन्दर्य सेवाको क्षेत्रमा नयाँ अध्यायको थालनी गर्दै ‘एपी ब्यूटी सलुन’को भव्य समुद्घाटन समारोह सम्पन्न भएको छ। उक्त सलुनको उद्घाटन नेपालकी चर्चित संचारकर्मी, अभिनेत्री तथा सफल उद्यमी एलिजा गौतमले एक विशेष समारोहबीच गरिन्। उद्घाटन समारोहमा प्रमुख अतिथि गौतमले सलुनकी सञ्चालक अफ्सना नेवा हायुलाई शुभकामना दिँदै भनिन्, “सौन्दर्य व्यवसायमा समर्पण, सिर्जनशीलता र आत्मविश्वास मिसाएर अघि बढ्नु आफैँमा उदाहरणीय छ। अफ्सनाको यो पहलले धेरै युवालाई प्रेरणा दिनेछ।” उनले एपी ब्यूटी सलुनको उज्ज्वल भविष्यको कामना समेत गरिन्। उक्त अवसरमा कार्यक्रम व्यवस्थापन संघ, नेपालका महासचिव एवं संचारकर्मी सोनीतराज ढुंगेल, प्रतिष्ठित मेकअप आर्टिष्ट टेकराज पाण्डे, गायिका सुमी पराजुली, सौन्दर्य प्रसाधन कम्पनीका प्रतिनिधिहरू तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति ...
गीतकार निर कमल खड्का (ममल) को‘मुनामदन (भेट हुने कहिले)’(भिडियो)
मनोरन्जन, समाचार

गीतकार निर कमल खड्का (ममल) को‘मुनामदन (भेट हुने कहिले)’(भिडियो)

नेपाली गीतसंगीत प्रेमीका लागि एक भावनात्मक उपहारका रूपमा ‘मुनामदन (भेट हुने कहिले)’ सार्वजनिक भएको छ। Blue Lotus Entertainment को प्रस्तुति रहेको यस गीतमा नेपाली संगीत क्षेत्रका ख्यातिप्राप्त गायकहरू कर्ण दास, पुष्पन प्रधान, धर्मेन्द्र सेवान र गायिका माण्डवी त्रिपाठीको सशक्त स्वर समावेश छ। प्रेम, वियोग र पुनर्मिलनको अनुभूति बोकेको यस गीतको संगीत र एरेन्ज स्वयम् कर्ण दासले गरेका छन् भने सङ्गीत संयोजनमा अनुभवी सङ्गीतकार सचिन सिंहले साथ दिएका छन्। गीतका शब्दहरू निर कमल खड्का (ममल) द्वारा लेखिएका हुन्, जसले आत्मीयता र संवेदनशीलताको प्रभावशाली अभिव्यक्ति दिएका छन्। प्रकाश मिश्रले गीतको रेकर्डिङ र मिक्सिङ सम्हालेका छन् भने रेकर्डिङ कार्य Acoustic Nepal KTM स्टुडियोमा सम्पन्न भएको हो। अडियो पक्षलाई बलियो बनाउँदै गीतले श्रोतालाई भावना र स्मृतिको गहिरो संसारमा लैजान सफल भएको देखिन्छ। http...
“मिस्टर एण्ड मिस ग्रेस टिन विराटनगर” को ग्राण्ड फिनाले सम्पन्न
मनोरन्जन, समाचार

“मिस्टर एण्ड मिस ग्रेस टिन विराटनगर” को ग्राण्ड फिनाले सम्पन्न

ग्रेस इभेन्ट्सको आयोजनामा तथा क्युपिड फोटोग्राफीको सहकार्यमा “मिस्टर एण्ड मिस ग्रेस टिन विराटनगर २०२५ – सिजन ३” को ग्राण्ड फिनाले विराटनगर–११, पञ्चाली रोडस्थित कञ्चनजंघा प्यालेसमा अत्यन्त भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरज थापाले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय गायक सपन श्रेष्ठको सजीव प्रस्तुति विशेष आकर्षण बनेको थियो, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। प्रतियोगितामा महिला तर्फ इशिका श्रेष्ठ र पुरुष तर्फ इमोन श्रेष्ठले मुख्य उपाधि जित्न सफल भए। उपविजेताको रूपमा नन्दनी मण्डल र प्रणिश कुमार खत्रीले स्थान पाए। आयोजक चोइस अवार्ड खुसी सोनीलाई प्रदान गरिएको थियो भने भोटिङ स्टार अवार्ड भूमि श्रेष्ठ र इमोन श्रेष्ठले पाए। भ्युअर्स चोइस अवार्ड इशिका श्रेष्ठ र इमोन श्रेष्ठलाई प्रदान गरिएको थियो। ...