राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा एक बृहत रक्तदान कार्यक्रम अनामनगरस्थित सामाजिक विकास भवनमा सम्पन्न भएको छ।
रक्तदान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नारायण थापा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, महासचिव सनम कठायत, सचिव द्वय रीता केसी र बेनिशा पौडेल, कोषाध्यक्ष प्रतिक्षा काफ्ले तथा सदस्यहरू मनोज परियार, बिरेन्द्र भाट ‘बिपिन’, प्रमोद डिजी, विनोद बम, पूजा ठकुरी, सुवास तिम्सिना, प्रज्वल भट्ट, गीता पाण्डे र कोपिला शिवाकोटीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तथा वरिष्ठ गीतकार टेक तामाङ, चर्चित गायक कुलेन्द्र विश्वकर्मा, सिडी विजय अधिकारीसहित देशका ख्यातिप्राप्त गायक/गायिका, संगीतकार, गीतकार, चलचित्रकर्मी तथा ललितकला क्षेत्रका विभिन्न विधामा सक्रिय ६३ जना व्यक्तिले रक्तदान गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख वक्ताका रूपमा बोल्दै प्रतिष्ठानका अध्यक्ष नारायण थापाले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्त अभावको समाधानमा सानो भए पनि योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै सफलतापूर्वक सम्पन्न कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा वरिष्ठ कलाकार धिरेन शाक्य, वरिष्ठ संगीतकार चेतन सापकोटा, संगीतकार संघ नेपालका अध्यक्ष अष्ट लामा, संगीत रोयल्टी संकलन समाजका सचिव वसन्त सापकोटा, वरिष्ठ गीतकार शंकर अधिकारी ‘घायल’, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ मलेकु, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, राप्ती समाजका अध्यक्ष गोविन्द मधुर आचार्य तथा संस्थाका सल्लाहकारहरू रविन्द्र बराल, रमेश दाहाल, डा. ओमकृष्ण प्रसाई, माधवराज खरेललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रतिष्ठानले आगामी दिनमा पनि सामाजिक सेवाका विविध कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
