समाचार

हामी कता जादै छौ ?
राजनीति, समाचार

हामी कता जादै छौ ?

डा.डिआर उपाध्याय, देशको चिन्ता राजनीतिक दल र तिनका नेताहरुलाई हुने थियो भने यो देश धेरै पहिले देखि बन्थ्यो । जनता भोका नाङगा र बेरोजगार छन । जनताको पीडा सुन्ने र बुझने नेताको अभाव छ यहाँ । हिजो चप्पल लगाएर काठमाडौ छिरेका नेताहरुको काठमाडौमा अलिसान महल र प्रशस्त बैक ब्यालेनस छ । आन्दोलनमा जनताले टाउको फुटाउनु पर्ने फाइदा नेताले लिने यो कस्तो लोकतन्त्र हो ? बेला बेलामा प्रश्न उठने गर्छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नेताहरुले शासन गर्न थालेको हिसाव गर्ने हो भने मोटामोटी तीन दशक भन्दा बढि भैसक्यो । यो अवधिमा जनताको अवस्था फेरिन सकेको छैन । कुनै पनि देशमा यति धेरै समय सम्म शासन गर्दा पक्कै पनि देशको मुहार फेरिन्छ । दल र तिनका नेताहरुको हातमा देशको शासन सत्ता पटक पटक पुग्यो । तर हाता लाग्यो शून्य । यो तरिकाले देश बन्दैन । सीमित नेता मोटाउने जनता भोका हुने अवस्था कायम रहिरहेयो भने...
लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ सम्मानित
मनोरन्जन, समाचार

लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ सम्मानित

काठमाडौंमा उपन्यासकार दिलु सिप्तुङ्खा राईद्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गर्नु भयो । कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो । कार्यक्रममा समालोचक तर्कना शर्माले ‘प्रेमको लालपुर्जा’ माथि समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उपन्यासकार दिलु सिप्तुङ्खा राई ज्यूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती ज्यू द्वारा सम्मान समेत गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु डम्बर पहाडी, नन्दु उप्रेती, पुरु लम्साल, दुर्गा तिवारी आदिको उपस्थिति रहेको थियो ।सो कार्यक्रमलाई पत्रकार भगवती तिमल्सिना र चर्चित हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ लइ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको हातबाट विशिष्ट सम्मान गरिएको थियो ।...
गोविन्द कंडेल सम्पादित ‘प्रेमको लालपुर्जा’लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार

गोविन्द कंडेल सम्पादित ‘प्रेमको लालपुर्जा’लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

उपन्यासकार दिलु सिप्तुङ्खा राईद्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले लोकार्पण गर्नु भएको छ । समारोहमा हास्य अभिनेता गोपाल ढकाल छन्दे तथा सञ्चारकर्मी भगवती तिमल्सिनालाई कुलपति उप्रेतीले कदरपत्रद्वारा विशिष्ट सम्मान प्रदान गर्नु भएको छ । उक्त अवसरमा उपन्यासकार दिलु सिप्तुङ्खा राईलाई पनि उप्रेतीद्वारा सम्मान समेत गरिएको छ । कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कँडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो । लोकार्पित कृतिको सम्पादन पनि कँडेलले नै गर्नु भएको हो । कार्यक्रममा समालोचक तर्कना शर्माले प्रेमको लालपुर्जामाथि समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । राष्ट्रियसभाका सांसद अगम वान्तवा, राधेश्याम लेकाली, डा. देवी दुलाल, पदम राई, उपन्यासकार दिलु सिप्तुङ्खा राई र सञ्चारकर्मी मनुका कुँवरले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ...
राजनीतिक संकट उत्पन्न हुनमा दम्भको राजनीति
राजनीति, समाचार

राजनीतिक संकट उत्पन्न हुनमा दम्भको राजनीति

डा.डिआर उपाध्याय, यति बेला देश राजनीतिक संकटले अप्ठारोमा परेको छ । देशको राजनीतिक संकट समाधान गर्ने तर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ । लामो समयसम्म राजनीतिक संकट यही अवस्थामा रहने हो भने देशमा खतरा आउन सक्छ । पौष ५ मा प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि राजनीतिक संकट बढ्दै गएको छ । मुलुकमा शान्ति, विकास र सामाजिक न्यायसहित समृद्धि हासिल गर्दै समाजवादको आधार निर्माणको दिशामा अगाडि बढनुपर्नेमा नेकपा दुई खेमामा विभाजित भएर एकले अर्कोलाई आरोप प्रत्यारोप लगााउँदै हिड्नु खासै राम्रो संकेत होइन । संविधान जारी भएको ५ वर्ष नपुग्दै मुलुकमा यस्तो गम्भीर खालको राजनीतिक संकट निम्तनु नेपाल र नेपाली जनताको लागि दुःखद पक्ष हो । सार्वभौम जनताको प्रतिनिधि संस्था संसद्लाई विघटन गर्नु हुदैन्थ्यो । यसले संविधानका मूल्यमान्यतामा गम्भीर खालको चुनौती खडा भएको छ । आर...
मिस एण्ड मिसेस व्यूटिफुलको आयोजना हुदै
मनोरन्जन, समाचार

मिस एण्ड मिसेस व्यूटिफुलको आयोजना हुदै

 दक्ष ईन्टरनेशनल प्रालिले हरेक वर्षझैं यस वर्ष पनि अबिबाहित र बिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरटेनमेन्टले आगामी फागुन १५ गते राजधानीमा मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना गर्न लागेको हो । अबिबाहित युवतीहरुबीच हुने स्पर्धा हुने मिस व्युटीफुल नेपाल २०२१ मा राजधानीका विभिन्न स्थानमा बसोवास गर्दै आएका १३ युवतीबीच अन्तिम स्पर्धा हुनेछ । त्यसै गरी मिसेस व्युटीफुुल नेपाल २०२१ मा विभिन्न पेशा र गृहीणी जीवन बिताईरहेका १२ जना बिबाहित महिलाबीच अन्तिम स्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी गराए। उनका अनुसार विभिन्न विषयको तालिम र प्रशिक्षणपश्चात पूजा नाथ पुर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुष्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनिषा यादव था...
गायक नारायण बाबुको ‘तिम्रो शहर’मा सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक नारायण बाबुको ‘तिम्रो शहर’मा सार्वजनिक(भिडियो)

गायक नारायण बाबुको स्वरमा रहेको गीत ‘तिम्रो शहर’मा सार्वजनिक भएको छ । रत्न गुरुङको शब्द रचना विक्रम थापाको सङ्गीत र विष्णु मान्नधरको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/PUCMpE5XZJs जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा रजनी के सी र दृश्य सुबेदीको अभिनय रहेको छ । लाइमलाइट प्रोडक्सनमा बनेको भिडियोमा उत्सव दाहालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन छ । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।...
गुड मर्निङ्ग नेपालको १२ औं रक्तदान कार्यक्रम
समाचार, समाज

गुड मर्निङ्ग नेपालको १२ औं रक्तदान कार्यक्रम

गुड मर्निङ्ग नेपालले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कपन वरपर रहेका जागरुक ४० जना समाजसेवीहरुको पहलमा स्थापना भएको सामाजिक संस्था गुड मर्निङ्ग नेपालले कपनमा १२ औं रक्तदान कार्यक्रम आयोजना गरि सफलता पूर्वक सम्पन्न गरेको छ । स्वास्थ्य संगै समाजसेवा भन्ने भाव बोकेर विहानी पख मर्निङ्ग वाकमा निस्कने समूहहरुलाई एकजुट बनाएर संस्थाको स्थापना गर्दै हाल ८० जना सदस्य रहेको संस्थाका अध्यक्ष कुल बहादुर बस्नेतले जानकारी दिए । उल्लेख्य संख्यामा उपस्थित समाजसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रम सम्पन्नका लागी योगदान दिएका समाजसेवीलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।समाजमा निस्वार्थ सेवा भावले लागेका समाजसेवीहरुको विशेष पहलमा रक्तदान वाहेक असाहयहरुको सेवामा निरन्तर लागी पर्दै आएको छ ।...
भारतसँग किनेको १० लाख डोज खोप आइतबार नेपाल आइपुग्ने, २३ गतेदेखि वितरण
समाचार, स्वास्थ्य

भारतसँग किनेको १० लाख डोज खोप आइतबार नेपाल आइपुग्ने, २३ गतेदेखि वितरण

नेपालले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको कोरोना खोपमध्ये १० लाख डोज भोलि आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै खरिद गरिएको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप आइतबार काठमाडौं आइपुग्ने जानकारी दिएका हुन् । सम्झौताबमोजिमको बाँकी १० लाख डोज खोप उत्पादक कम्पनीसँगको आपसी सहमतिमा अर्को चरणमा आपूर्ति गर्ने जनाइएको छ । उक्त खोप खरिदका लागि तीन दिनअघि सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ । आइतबार दिउँसो साढे एक बजे एयर इण्डियाको उडानमार्फत खोप काठमाण्डौ आइपुग्ने जानकारी दिइएको छ । उक्त खोप विमानस्थालबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी २३ फागुनदेखि संचालन हुने खोप अभियानका लागि जिल्लामा पठाइनेछ । यो चरणमा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई दिइनेछ । मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनमा संशोधन गरेपछि ...
नेकपा फुटेर होइन जुटेर जानुपर्छ
राजनीति, समाचार, समाज

नेकपा फुटेर होइन जुटेर जानुपर्छ

-डा.डिआर उपाध्याय, मुलुक यतिबेला राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ । प्रतिनिधिसभा विघटन भएको छ । यसो हुनुमा मुख्यत नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वको व्यक्तिगत र गुटगत स्वार्थ हो । जसको परिणाम यो अवस्था सृजना भएको छ । तीन वर्ष अघि दुई कम्युनिस्ट पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी निर्माण भयोे र मिलेरै चुनावमा जादा झण्डै दुईतिहाई बहुमत प्राप्त भई सरकार पनि बन्यो । सुरुवाती दिनमा जनता खुशि पनि भए । अहिले नेकपा दुई खेमामा बिभाजित हुँदा नेकपा संकटमा छ । र, नेकपाको यो गतिविधि देख्दा जनता निरास छन् ।जसले गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको सात दशक लामो ऐतिहासिक विकासक्रममा अवरोध खडा भएको छ । नेताहरूको व्यक्तिगत स्वार्थ र अहङ्कारले नेकपा दुई खेमामा विभाजन भएको हो । नेकपालाई नेपाली जनताको जनसमर्थन रहँदारहँदै पनि नेकपा दुई खेमामा भई विभाजन हुनु मुलुकको लागि दुर्भाग्य हो । नेकपा भित्रको अ...
प्रजातन्त्र दिवस र यसको आफ्नै महत्व
राजनीति, समाचार

प्रजातन्त्र दिवस र यसको आफ्नै महत्व

डा.डिआर उपाध्याय, हिजो फागुन ७ गते प्रजातन्त्र दिवस मनाइयो । यो प्रजातन्त्र दिवसको आफ्नै महत्व छ । राजनीतिक परिवर्तनको जग २००७ फागुन ७ गते बसेको हो । त्यसकारण यस प्रजातन्त्र दिवसलाई विशेष रूपमा मनाउने गरिएको छ । यस अवसरमा नेपाल सरकारको निर्णयअनुसार राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक प्रजातन्त्र दिवस भव्यताकासाथ मनाइँयो । देशमा पटक पटक राजनीतिक परिवर्तन भएका छन् । तर परिवर्तनबाट जनताले सोँचे बमोजिमका अपेक्षा पुरा नभएको पाइन्छ । जब देशमा राजनीतिक परिवर्तन हुन्छ ,त्यसको सुरुवाती दिनदेखि केही समय जनता उत्साहित हुन्छन् । जब समय बित्दै जान्छ ,तब कुनै पनि शासनबाट जनता सन्तुष्टि हुन सक्दैनन् । र आफ्नो अधिकारको लागि भन्दै कुनै समूह वा पार्टीको समर्थन गरेर विद्रोह गरेको हामीले इतिहासमा पाउँछौँ । जुनसुकै राजनीतिक परिवर्तनबाट प्राप्...