समाजवाद उन्मुख अर्थतन्त्र संकटमा
-डा.डिआर उपाध्याय,
यति बेला जनताको आवाज उठाउने ठाँउ छैन । देशमा प्रतिनिधिसभा विघटन छ । देशमा उत्पन्न राजनीतिक संकट गहिरिदो छ । अहिले दलहरु आआफ्ना शक्ति प्रदर्शनमा लागीरहेका छन । यो विघटनलाई राजनीतिक दुर्घटना मानिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा टुट्ने फुट्ने फेरि जुट्ने कुरा कुनै नौलो कुरा होइन ।
लेन देनको कुरा नमिले पछि यस्तो हुन्छ । भएको त्यहि हो । नेकपा एमाले लेन देनको कुरा मिले पछि फेरि मिल्न सक्छ । यसलाई कुनै ठूलो कुरा बनाउनु जरुरी छैन । पछिल्लो समय नेकपा एमालेका के पी ओली र माधव नेपाल समूह दुइ खेमा बीच एक अर्का माथि गालीगलौज चलेको छ । यस्तो संस्कार र शैलीले राम्रो पाठ सिकाउँदैन ।
भावि पुस्ताले यिनीहरुबाट के सिक्ने ? जनताको कुनै चिन्ता छैन । आफनो स्वार्थका लागी नेताहरु एक आपसमा लडेका छन । देश र जनताको भलाईका लागी यिनीहरु लडेका होइनन। यो भ्रममा कोही नपरौं । आफनो स्वार्थका ला...









