दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो
-डा.डिआर उपाध्याय,
सरकारले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनु पर्छ । सरकारले यति लामो समय सम्म पनि पूर्णता पाउन सकिरहेको छैन । सबै तिरबाट आलोचना भइरहेको छ । विकास निर्माण र जनजीजिविकाको सवालमा कसैको चासो र ध्यान छैन । आज सम्पूर्णको ध्यान यता तिर केन्द्रित हुनु पर्दथ्यो । अहिले विकास निर्माणका ठूला ठुला योजनाहरू अवरुद्ध छन् । दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो छ । महँगीले जनता मारमा परिरहेका छन् ।
यो सवालमा कसैले आवाज उठाउँदैन । जनता भोकले मर्ने डर छ । काम छैन , पैसा छैन उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिएको छ । अब त सोच्ने बेला हो नी । खै सोचेको ? सरकारी संयन्त्रहरूले प्रभावकारी रूपमा काम गरिरहेका छैनन् । प्रशासनिक संयन्त्र अत्यन्तै सुस्त छ । यो तरिकाले बिकास र समृद्धि गर्न सकिदैन । सबै भन्दा पहिला जनताका जनजीविकाका सवालमा गम्भिर बनौं । आमजनताका जनजीविकाक...









