दुर्गेश र लोकराजको सहकार्य :“बालै भएन “सार्बजनिक(भिडियो)
प्रसिद्ध गीतकार लोकराज अधिकारीको नयाँ गीत “बालै भएन ” सार्बजनिक भएको छ । नेपाली सुगम र संगीत नेपाली चलचित्रका गीतमा ख्याती कमाएका गीतकार अधिकारीले बेला बेला जनबोलीका रमाइला प्रसङ्ग समेटी तयार गरेका गीत सार्बजनिक गर्दै आएका छन । त्यसैको पछिल्लो निरंतरता हो बालै भएन । केके अप्टेक युटुब बाट सार्बजनिक भएको उक्त गीतको भिडियोमा चर्चित मोडल दुर्गेश थापा सङ्ग अघिकारीले पहिलो पल्ट सहकार्य गरेका हुन । गीतको अडियो तर्फ संगीतकार दिपकराज बिश्वकर्मा र गायक कर्मा ग्याल्छेन बम्जन सङ्ग पनि गीतकार अधिकारीको पहिलो सहकार्य हो ।
https://www.youtube.com/watch?v=q25uoL0Gb9g
गीतमा समिक्षा अधिकारीको महिला स्वर समाबेश छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ भने अजय रेग्मीको टिमले भिडियो खिचेको हो । मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियो मा चादनी स्लिया ले ठुम्का हानेकी छन ...










