लोकदोहोरी सर्वोत्कृष्ट शब्दमा सामनालाई अवार्ड - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

लोकदोहोरी सर्वोत्कृष्ट शब्दमा सामनालाई अवार्ड


काठमाडौं, लोकदोहोरी सर्वोत्कृष्ट शब्दमा सामना शाहले अवार्ड चुम्नु भएको छ । उहाँले हालै विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा सम्पन्न भएको हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणमा उक्त अवार्ड चुम्न सफल हुनुभएको हो । शाहले ‘पानी पाएपछि’ लोकदोहारी गीतको शब्दमा उक्त अवार्ड प्राप्त गर्नुभएको हो । राजधानीको बानेश्वर स्थिति एभरेष्ट होटलमा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष कार्यक्रमबीच मंगलबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा बरिष्ठ शात्रिय संगीतकार तथा गायक गुरुदेव कामदलाई दीर्घ साधना सम्मान गरिएको थियो । सामना शाहका थुप्रै गीत लोकप्रिय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *