अखिल क्रान्तिकारीले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग गर्ने
जाजरकोट केन्द्र विन्दु बनाएर जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावित क्षेत्रमा अखिल (क्रान्तिकारी) ले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव उपदेश यादवले जानकरी दिए ।
गत १९ गते पञ्चा सिंहको अध्यक्षतामा संगठनको केन्द्रीय कार्यालयको आकस्मिक बैठक बसी संगठनको केन्द्रीय उपाध्यक्ष पवन कर्कीलाई राहत संकलन समितिको संयोजकको जिम्मेवारी दिएका थिए । उक्त समिति आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिस डाँडामा बैठक बसी दश लाख सहयोग गर्ने निर्णय गरेको हो ।
राहत संकलनको लागि अखिल (क्रान्तिकारी) बिपद् कोष निर्माण गर्ने र उक्त कोषमा निम्न बमोजिम रकम सकलन गर्ने निर्णय गरेका छन् ।क) संगठनको केन्द्रीय कार्यालय सदस्यहरुको तर्फबाट जनही रु. ५ हजारख) केन्द्रीय पदाधिकारीहरुको तर्फबाट जनही रु. ३ हजारग) केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी...










