शिक्षा Archives - Page 2 of 5 - राष्ट्रपत्र
मङ्लबार, माघ ४, २०७८

शिक्षा

जनचेतना आधारभुत विद्यालयलाई प्रविधि, खेल एवम् शैक्षिक सामाग्री हस्ताण्तरण
शिक्षा, समाचार

जनचेतना आधारभुत विद्यालयलाई प्रविधि, खेल एवम् शैक्षिक सामाग्री हस्ताण्तरण

सिन्धुपाल्चोक । लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनले चौतारा साँगाचोकगढी नगरपालिका ७, नेपानेमा अवस्थित जनचेतना आधारभुत विद्यालयलाई एक थान कप्युटर प्रिण्टर, स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । जनचेतना आधारभुत विद्यालयको ४५औं बार्षिकोत्सवको अवसर पारेर लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनले विद्यालयलाई सो सामाग्री सहयोग गरेको हो । त्यस्तै नेपाने युथ क्लबले पनि विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको लागि विद्यालय झोला एवम् स्टेशनरी सामाग्री प्रदान गरेको नेपाने युथ क्लबका अध्यक्ष रामहरी पराजुलीले बताए । बार्षिकोत्सव समारोहमा विद्यालयको भौतिक, शैक्षिक गुणस्तर विकासका लागि आफुले पहल गर्ने चौतारा साँगाचोकगढी—७ का वडाअध्यक्ष उमा प्रसाद दुलालले बताए । सानोसिरुवारीको छेउमा रहेको नेपाने गाउँमा रहेको विद्यालयले गाउँको समग्र विकासमा लाग्नुपर्नेमा दुलालले जोड दिए । त्यस्तै नेपाल चार्टर्ड एकाउन्टे...
दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा
शिक्षा, समाचार

दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा

 कोभिड–१९ का कारण विगत १० महिना सम्म बन्द रहेका धेरै विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन्। कोरोना संक्रमण कम हुँदै गएको र सरकारले समेत शैक्षिक सत्रलाई सदुपयो गर्ने तयारी गरेपछि विद्यालयहरु संचालनमा आएका हुन्। काठमाडौं उपत्यकाका निजी तथा समुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका हुन्। काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौं जिल्लाभित्र अनौपचारिक रुपमा धेरै विद्यालयहरु पहिलाबाटै सञ्चालनमा थिए। तर महानगरपालिकाभित्रका विद्यालय भने आइतबारबाट औपचारिक रुपमा संचालनमा आएका श्रेष्ठले जानकारी दिए। अध्यक्ष श्रेष्ठका अनुुुसार केन्द्रीय र स्थानीय सरकारको निर्देशन अनुसार नै सञ्चालन गरिएको हो। ‘विद्यालय भित्र उच्च स्वस्थ्य मापदण्द अपनाएका छौँ, अनिवार्य माक्स, ह्याण्ड सेनिटाइजर र भौतिक दुरीको पालना गरेका छौँ,’ उनले भने, ‘जोखिम कम हुने गरी व्यवस्था मिलाएर वि...
कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र
शिक्षा, समाचार

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । बोर्डका अध्यक्ष पौडेलले भने, ‘एक हप्ताभित्र नतिजा सार्वजनिक गर्छौं ।’ डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशन एक महिना ढिलो हुन लागेको हो । नोवेल कोरोना भाइरस कोभिड–१९ महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा ९–१६ मंसिरमा सम्पन्न भएको थियो । ...
कोरोनाका कारण बन्द गरिएका विद्यालयलगायत सबै क्षेत्र खुल्ला हुँदै
शिक्षा, समाचार

कोरोनाका कारण बन्द गरिएका विद्यालयलगायत सबै क्षेत्र खुल्ला हुँदै

कोरोना महामारीका कारण गएको चैत ११ गतेबाट बन्द गरिएका सबै क्षेत्र खुल्ला गरिने भएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले चैतमा बन्द गरिएका सबै क्षेत्र खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको हो। मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाइँले विद्यालय, सिनेमा हल, जिमलागयत सबै क्षेत्र खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको जानकारी दिए। उनका अनुसार कोरोनाको नयाँ स्ट्रेन देखिएका कारण बेलायतलगायतका मुलुकबाट नेपाल आउनेहरुलाई १० दिन क्वारेन्टिन गर्ने विषयमा पनि निर्णय भएको छ। यस्तै कोरोनाको दोस्रो लहर आउन सक्ने भएकाले स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेसमेत बताएको छ। र आवश्यकता अनुसार क्षेत्र विशेषमा निर्णय गर्नका लागि जिल्लालाई अधिकार दिनेसमेत निर्णय गरिएको छ। चैतमा लकडाउनसँगै बन्द भएका अन्य क्षेत्र खु...
बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव
शिक्षा, समाचार

बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव

 कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन्। शिक्षा पत्रकार समाजले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा पोषणविद् डा अरुणा उप्रेती, जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेलगायतले विद्यालय सञ्चालन भएको या नभएको अवस्थामा पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिन नसकिए उनीहरुको स्वास्थ्य जीवन र असल सिकाइमा नकारात्मक असर पर्ने बताएका छन्। डा उप्रेतीले घर र वरिपरि पाइने खानालाई छाडेर पत्रु खाना खाएर स्वास्थ्य बिगार्ने वा खाना नखाएर कुपोषित हुने स्थिति ल्याउने अभिभावकले जानी नजानी आफ्ना बच्चाको जीवन बर्बाद पारिरहेको टिप्पणी गरिन्। उनले भनिन्, “गरीब हुँदैमा खान नसक्ने भन्ने हुँदैन, आफ्नो स्थानीय उत्पादन र घरको खाना खान सकिन्छ, चाउचाउ खान सक्नेले आलु पोलेर खान सक्छ, कोदो र फापर खाएर अझ पोषिलो ...
कक्षा छाड्ने प्रवृत्ति चुनौतीपूर्ण
शिक्षा, समाचार

कक्षा छाड्ने प्रवृत्ति चुनौतीपूर्ण

कोरोना भाइरसको सङ्क्रमणपछि सञ्चालन गरिएको वैकल्पिक विधिको पठनपाठनमा छुटेका विद्यार्थीलाई शैक्षिक पठनपाठनमा जोड्न नसकिए विद्यार्थीको कक्षा छोड्ने दर भयावह हुने प्रवृत्ति देखिएको छ । यो अवस्थामा स्थानीय सरकार, शिक्षक, विद्यालयले पहलकदमी नलिने हो भने विद्यालय जाने उमेर समूहका झन्डै आधाजसो विद्यार्थी कक्षाबाहिरै हुने खतरा शिक्षा क्षेत्रकै व्यक्तिले औँल्याएका छन । भौतिक कक्षा नचलाएसम्म समस्यारानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयले सञ्चालन गरेको संस्कृत छात्राबासमा बस्ने ३५ जना विद्यार्थी नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेदेखि नै सम्पर्कविहीन अवस्थामा छन् । विद्यालयमा माथिल्लो तहमा अनलाइन कक्षा सञ्चालन गरिए पनि तल्लो तहको कक्षामा उपस्थिति अत्यन्तै न्यून छ । विद्यालयका प्रधानाध्यापक शिव अधिकारीले विद्यार्थीसित सम्पर्क स्थापित गर्न धेरै प्रयास गरिएको तर त्यसमा निकै कठिनाइ भएको बताए । भौ...
तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन
शिक्षा, समाचार

तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन

तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए । कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ । विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने विधि, प्रत्येक विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकतानुसार स्वास्थ्य परीक्षण र परामर्श दिने, विद्यालयको सरसफाइ, हात धुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने, प्रत्येक दिन कक्षा शुरु हुनुअगावै कम्तीमा पाँच मिनेट कोभिड–१९ को सङ्क्रमणका बारेमा विद्यार्थीलाई जानकारी गराउनेजस्ता कामको पालना ...
युवा समाजसेवी सुवास न्यौपाने तथा व्यबसायी राजेन्द्र लामाबाट ७५ जना बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री सहयोग
शिक्षा, समाचार

युवा समाजसेवी सुवास न्यौपाने तथा व्यबसायी राजेन्द्र लामाबाट ७५ जना बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री सहयोग

पुस माघको कठ्याङ्ग्रीदो जाडोमा एक सरो कपडा लगाएर बिद्यालयको चिसो कक्षा कोठमा बस्नु कति कठिन होला ? हामी सोच्दा पनि मुटु काप्छ । तर सरकारी बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरू यसरी नै पढ्न बाध्य हुन्छन् । ग्रामिण भेगका विद्यार्थीहरू यसरी नै एक सरो विद्यालय पोषाक लगाएर पढ्न जानु पर्छ । तर काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ रघुचौरमा अवस्थित गौतम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई भने यसपालि सहज हुने भएका छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि जाडोमा लायन्स क्लव अफ काठमाडौ सिन्चित ३२५ एटु नेपालले न्यानो साथ दिएको छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई नमोबुद्ध नगरपालिका–६ का युवा समाजसेवी सुवास न्यौपानेको पहलमा क्लवले न्यानो कपडाको साथमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । क्लवले उक्त विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीहरूका लागि न्यानो कपडाको साथमा पेन्सिल, कापी लग...
विद्यालय खोल्न हतार नगरौँ
शिक्षा, समाचार

विद्यालय खोल्न हतार नगरौँ

 कोरोना सङ्क्रमणको जोखिम उच्च रहेका चार जिल्लामा तत्काल विद्यालय नखुलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा अझै पनि सङ्क्रमितको सङ्ख्या उच्च रहेको तथा जोखिम कम नभएकाले केही समय पर्खन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अन्य जिल्लामा केही सहज अवस्था भए पनि उपत्यकाका तीन जिल्ला र कास्कीमा भने विद्यालय पुनः सञ्चालनमा ल्याउन नहुने बताउनुभयो ।उहाँले देशभरका कुल सङ्क्रमितमा ४० देखि ६० प्रतिशत उपत्यकाका तीन जिल्लाकै भएका कारण यो अवस्थामा विद्यालय सञ्चालन गरेर जोखिम उठाउन नहुने बताउँदै यस्तो अवस्थामा विद्यालय सञ्चालन गरिए पुसमा कोरोनाको जोखिमको अवस्था भयावह हुनसक्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “सहरी क्षेत्र भएको र वैकल्पिक विधिमध्ये अनलाइन माध्यमबाट कक्षासमेत सञ्चालन भइरहेको अवस्थामा भौतिक रूप...
यस वर्षको एसईईपनि अन्योलमै
शिक्षा, समाचार

यस वर्षको एसईईपनि अन्योलमै

कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएका छौँ । कुनै जवाफ नआएकाले रोकिएर बसेका छौँ ।” यस वर्ष ९२०७७ साल०को एसईई बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयमध्ये कसले सञ्चालन गर्ने भन्ने छिनोफानो हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष नै तयार गरेको सङ्घीय शिक्षा ऐनको विधेयकमा एसईई प्रादेशिक स्तरमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९ का कारण गत २०७६ सालको एसईईमा विद्यालयलाई नै विद्यार्थीको आन्तर...