राजनीति

वामपन्थी पार्टीको भविष्य के होला ? :डा.डिआर उपाध्याय
राजनीति, समाचार

वामपन्थी पार्टीको भविष्य के होला ? :डा.डिआर उपाध्याय

वामपन्थी पार्टीको भविष्य के होला ? लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेपालका वामपन्थीको प्रमुख भूमिका रहँदै आएको छ । नेपाली जनताले प्रमुख दुई पार्टी नेपाली कांग्रेस र वामपन्थी शक्तिलाई पालैपालो सत्ताको बागडोर सुम्पिँदै आएका छन् । दुई वामपन्थी पार्टीबीच तालमेल भएर गत आमनिर्वाचनमा सफलता प्राप्त गरे । त्यस पछि दुई पाटी बीच पाटी एकीकरण भयो । तर अहिले आएर पाटी एकीकरण प्रक्रिया भावनात्मक रुपमा नभएको देखिएको छ । दुवै पक्षमा इमानदारीता देखिएको छैन । जनतालाई झुक्याउने र भोट बटुलेर सरकारमा जाने बाहेक अरु केहि काम हुन सकेन । पछिल्लो समयमा नेपालका हरेक निर्वाचनमा वामपन्थीको नै बहुमत आउने गरेको छ । तर वामपन्थी मिल्न सक्दैन । नेपालका वामपन्थी धेरै चिरामा बिभाजित छन । वामपन्थीहरु हामी सर्वहाराको नेतृत्व गछौ भनेर कहिल्यै थाक्दैनन् । सर्वहाराका नेताहरू सत्ता, शक्ति र सम्पत्तिमा लिप्त हुन पुगेका छन । य...
नेकपा फुट्यो भने मुलुक गम्भिर संकटमा फस्ने निश्चित :डा.डिआर उपाध्याय
राजनीति, समाचार

नेकपा फुट्यो भने मुलुक गम्भिर संकटमा फस्ने निश्चित :डा.डिआर उपाध्याय

सत्तारुढ नेकपाका शीर्ष नेताहरुले बिगतको इतिहासबाट पाठ सिकून् यति बेला सवैको ध्यान सत्तारूढ नेकपामा छ । यो पाटी विभाजन हुन्छ की एक ढिक्का भएर मिलेर जान्छ त्यो त अहिले यसै भन्न सकिने अवस्था छैन । धेरैले भन्छन, सत्तारूढ नेकपा विभाजनको संघारमा छ । तर मैले यसरी ठोकेर भन्न सक्दिन । किन की नेकपा भित्र पटक पटक झगडा हुने र अन्तमा मिलेर गएको देखेका छौ । यो पाटी फुटनु हुदैन भन्र्ने मेरो भनाई हो । किन की यो नेकपा मुलुकको सवै भन्दा ठूलो दल हो । यो पाटी फुट्यो भने मुलुक गम्भिर संकटमा फस्ने निश्चित छ । त्यसैले यो पाटीलाई कुनै हालतमा फुटन दिनु हुदैन । सवै शक्ति मिलेर यो पाटी जोगाउनु पर्ने आबश्यकता देखिएको छ । तर कसैलाई यो पाटी फुटे हुन्थ्यो भन्र्ने पनि होला । ति तत्व भनेका मुलुकमा अस्थिरता निम्त्याउने र धमिलो पानीमा माछा मार्ने प्रवृतिका तत्व हुन । ती तत्वहरुको सपना कुनै हालतमा पुरा हुन दिनु हुदैन । न...
अमेरिकाको राष्ट्रपतिमा बाइडेन निर्वाचित
राजनीति, समाचार

अमेरिकाको राष्ट्रपतिमा बाइडेन निर्वाचित

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। अमेरिकी सञ्चार माध्यम सिएनएनले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन निर्वाचित भएको जनाएको हो। बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २ सय ७० इलेक्ट्रोल कलेज सुनिश्चित गरेको टेक्सासबाट नेपालखबरका विशेष प्रतिनिधि सन्जय घिमिरेले जनाएका छन्। घिमिरेका अनुसार बाइडेनले पेन्सिलभेनिया राज्यमा जितेर २८४ इलेक्ट्रोल कलेज सुरक्षित गरेका छन्। अमेरिकामा निर्वाचन भएको चार दिनपछि को राष्ट्रपति हुन्छ भनेर निश्चित भएको हो। तर राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पराजय स्वीकार गरिसकेका छैनन्। उनीसँग अहिलेसम्म २१४ इलेक्ट्रोल कलेज रहेको छ।...
मङ्सिर २ गतेदेखि खुलामञ्चलगायत काठमाडौँका कुनै पनि सार्वजनिक स्थलमा निःशुल्क भोजन नगराइने
राजनीति, समाचार

मङ्सिर २ गतेदेखि खुलामञ्चलगायत काठमाडौँका कुनै पनि सार्वजनिक स्थलमा निःशुल्क भोजन नगराइने

खुलामञ्चलगायत काठमाडौँका कुनै पनि सार्वजनिकस्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ। खुला स्थानबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा आज कामपा र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका दाताबीचको छलफलपछि यस्तो सहमति भएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मानिसलाई एकै ठाउँमा भेला गर्नुभन्दा आवश्यक भएका ठाउँमा सानो समूहमा भोजनको व्यवस्था गर्नुपर्ने बताए। प्रमुख शाक्यले बन्दाबन्दीका समयमा महानगरले एक लाख ५० हजार परिवारलाई राहतस्वरुप राशन वितरण र दुई लाख ५० हजार व्यक्तिलाई निःशुल्क भोजन गराएको पनि स्मरण गराए। “दाताहरुले खाना खुवाएकामा हाम्रो विरोध होइन, खाना खानेहरुको स्वास्थ्य सुरक्षासम्बन्धी चासो भने अवश्य हो, खुला मञ्चको साटो पार्टी प्यालेसतिर व्यवस्था गरौँ। यसका लागि आवश्यक पर्ने थप खर्च कामपा पनि व्यहोर्न तयार छ”, प्रमुख शाक्यल...
देशमा भ्रष्टाचार मौलाएको छ:डा.डिआर उपाध्याय
राजनीति, समाचार

देशमा भ्रष्टाचार मौलाएको छ:डा.डिआर उपाध्याय

कोभिड– १९ का कारण मुलुकको परिस्थिति गम्भीर मोडमा छ। जनता रोग र भोकबाट आक्रान्त छन । गरिब, निमुखा, वृद्ध, असहाय, बालक खान नपाएर भोकभोकै छन्। सरकार केवल आफ्नो पार्टीको आन्तरिक किचलो र सत्ता स्वार्थको राजनीतिमा मात्र केन्द्रित छ । सरकारलाई जनताको कुनै चिन्ता छैन । सरकार यति बेला जनताप्रति संवेदनशील बन्नु पर्दथ्यो, बन्न सकेन । सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क नगर्ने भनेर हात झिकेको अवस्था छ । देशमा भ्रष्टाचार मौलाएको छ । मुलुक संकटग्रस्त अवस्थामा छ । सरकार आफ्ना नागरिकप्रति जिम्मेवार भएन । यस्तो बेलामा सरकारलाई सहि बाटोमा ल्याउन प्रतिपक्षको महत्वपूर्ण भूमिका हुन्छ। तर प्रतिपक्ष दल नेपाली काँग्रेस पनि लाचार बनेर बसेको छ । सरकारले सत्ता र शक्तिको आडमा गलत कामकारबाही गर्दा खबरदारी गर्ने काम प्रतिपक्षको हो। सरकारले गरेका गलत नीति र निर्णयबारे जनतालाई अवगत गराउँने भनेकै प्रतिपक्षको धर्म हो। ...
चुनाव हारे पनि डोनल्ड ट्रम्पद्वारा पद नछाड्ने संकेत
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

चुनाव हारे पनि डोनल्ड ट्रम्पद्वारा पद नछाड्ने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमरिकी राष्ट्रपतिय निर्वाचनमा अवैधानिक भोटहरु गनिएको आरोप लगाएका छन्। उनले हाल घोषित निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै त्यसका विरुद्ध अर्थात् हालको परिणाम उल्टाउन सर्बोच्च अदालतमा मुद्धा दायर गर्न जाने घोषणा गरेका छन्। ह्वाइट हाउसमा अमेरिकी समयअनुसार, बिहीबार साँझ एक विशेष पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेका हुन्। उनले निर्वाचनको दिनभन्दापछि जम्मा गरेर गणना गरिएका मतहरुलाई अवैधानिक भनेका छन्। अमेरिकी निर्वाचन प्रणालीअनुसार, आफ्नो मतपत्र हुलाकमार्फत पनि पठाउन सकिने, देशभित्र अनुपस्थित भए देशवाहिरबाट पनि आफ्नो देशको राष्टपतिका लागि मत दिन सकिने संबैधानिक व्यबस्था छ तर, राष्ट्रपति डोनाल्डले निर्वाचनका दिनवाहेक अरु दिनका मतहरुलाई मान्यता दिन नसकिने बताए। उनले भने, ‘बैधानिक भोटहरु गन्ने हो भने मैंले चुनाव जितेको छु। तर, अबैधानिक भोटहरु गन्ने ह...
भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि
राजनीति, समाचार

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि

 भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सो उपाधि प्रदान गरेकी हुन् । यो उपाधि पाउने रनवणे भारतीय सेनाका १८औं प्रमुख हुन् । विगत सात दशकदेखि दुई मुलुकका सेनाबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकामा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । सो समारोहमा नरवणेलाई खड्ग तथा सनदपत्रसमेत प्रदान गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै मुलकका वरिष्ठ अधिकारीहरू सहभागी थिए । यो उपाधि पहिलो पटक सन् १९५० मा तत्कालीन भारतीय सेना प्रमुख सेनापति जनरल केएम करिअप्पालाई प्रदान गरिएको थियो । गत वर्ष भारतका राष्ट्रपति रामनाथ ...
निःशुल्क परीक्षण निरन्तर,फैसला पुनरवलोकनको अनुमति नदिन आदेश
राजनीति, समाचार

निःशुल्क परीक्षण निरन्तर,फैसला पुनरवलोकनको अनुमति नदिन आदेश

सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट दर्ता भएको पुनरवलोकन निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले फैसला पुनरवलोकनको अनुमति नदिने आदेश गरेको हो । सर्वोच्चले असोज १५ गते कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न सरकारका नाममा परमादेशको आदेश जारी गरेको थियो ।न्यायाधीशहरू हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको हो । सर्वोच्चले निःशुल्क उपचारसँगै कोरोनालाई सरुवा रोगको सूचीमा सामेल गर्न पनि फैसलामा भनेको थियो । संविधानले प्रत्याभूत गरेको स्वास्थ्यको हकको पालना गर्न पनि सर्वोच्चले सरकारलाई फैसलामा भनेको थियो । तर फैसलाको करिब एक महिनापछि सरकारका तर्...
सैनिक श्रीमती संघकी अध्यक्ष र सेना श्रीमती कल्याणकारी संंघ, भारतकी अध्यक्षबीच भेटवार्ता
राजनीति, समाचार

सैनिक श्रीमती संघकी अध्यक्ष र सेना श्रीमती कल्याणकारी संंघ, भारतकी अध्यक्षबीच भेटवार्ता

 सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापा र सेना श्रीमती कल्याणकारी संंघ (भारत)की अध्यक्ष वीना नरवणेबीच भेटवार्ता भएको छ । भद्रकालीस्थित संघको कार्यालयमा भएको भेटमा अध्यक्ष नरवणेलाई संघद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो ।सो अवसरमा अध्यक्ष श्रीमती नरवणेले संघका अन्य पदाधिकारीसँग कल्याणकारी कार्यक्रममा केन्द्रित रही अन्तक्रिया गरेको नेपाली सेनाले जनाएको छ ।...
जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै:डा.डिआर उपाध्याय
राजनीति, समाचार

जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै:डा.डिआर उपाध्याय

जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक बिवाद सतहमा छ । यो संकटको समयमा पनि सत्तारुढ दल नेकपाले देश र जनता प्रतिको जिम्मेवारी बोध देखाउन सकेन । नेकपामा पटकपटक सहमति हुने र भत्कने क्रम दोहोरिँदै आएको छ । खासै अनौठो मान्नु पर्ने बिषय छैन । नेकपामा पछिल्लो समय राजदूत नियुक्ति, मन्त्री नियुक्ति, भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँगको भेट, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव, आदि विषयमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच मतभेद छ । जुन कारणले गर्दा यतिखेर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर संकटमा छ । यसको कारक व्यक्तिवाद, अहंकार, आवेग र आक्रोश हो । त्यसैले आम जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै गएको छ । मुलुक कोरोना भाइरस कोभिड–१९ महामारीको संकटमा परिरहेको छ । यसले भयावह रूप लिइरह...