राजनीति

देशमा सुशासनको सन्दर्भ छायामा परेको छ
राजनीति, समाचार

देशमा सुशासनको सन्दर्भ छायामा परेको छ

-डा.डिआर उपाध्याय, राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति गम्भिर बन्न सकेनन् । जसले गर्दा दलीय ब्यवस्था माथि नै पटक पटक प्रश्न उठिरहेको छ । लामो समय देखि नेपालको राजनीतिले सहि गति लिन सकेको छैन । राजनीति सधै अस्थिरताबाट गुज्रिएको छ । देशले सहि गति लिने सम्भावना अत्यन्त न्यून देखिँदै छ । राजनीतिक दल र तिनका नेताहरु सधैं सरकार गिराउने र बनाउने खेलमा मात्र सीमित बनेका छन । कुनै नेतामा दीर्घकालीन सोच भएन । देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक रूपान्तरणका दिशामा चिन्तन गर्ने कुनै नेता नै छैनन् । राजनीति व्यक्तिवादी बन्दै गएको छ । दलहरूमा सिद्धान्तको कुनै मतलव छैन । बढी सुविधा कसरी प्राप्त गर्ने भन्ने ध्यान दलहरुको छ । यो सोचले राजनीति दिशाविहीन बनेको छ । सरकार प्रमुखको चिन्ता मुलुक प्रति हुनु पर्छ । देशमा सुशासन कायम हुन सकेको छैन । विकास निर्माणका काम पनि त्यस्तै छन । देशको विदेश...
अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति
राजनीति, समाचार

अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति

डा.डिआर उपाध्याय, अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति अब मुलकमा देश भक्त राष्ट्रवादी नेताको खाँचो छ । देश बनाउने कुरामा खेलवाड गरेर हुदैन । देश बनाउने भनेको देश भक्त राष्ट्रवादीेले हो । राष्ट्रवादी भावना सवै नेपालीमा हुनु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ । बिदेशीको इसरामा चलेर देश बन्दैन । यो कुरा सबैले बुझनु पर्छ । अहिले जे भएको छ , त्यो देशको हितमा भएको देखिदैन । हाम्रो देशका जनता धेरै चिन्तित छन । नेताका कारण देश बर्वाद भयो । नेता बिदेशिको इसरामा चले । समस्या यो हो । देश र जनताको मुक्तिका लागी अव केही सोच्नु पर्ने बेला भएको छ । हाम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाहारो छ । खोक्रो राष्ट्रवादले मुलुक परिवर्तन हुदैन । भ्रमको खेती छर्ने नेताबाट मुलुक बन्दैन । आज नेपाली जनता धेरै सचेत छन । हिजोको जस्तो बेला अहिले छैन । अब जनतालाई भ्रम छर्ने नेताको भविश्य छैन । यो कुरा...
जुन देशमा नेता धनी हुन्छन, त्यस देशमा जनताको अवस्था गरिब हुन्छ
राजनीति, समाचार

जुन देशमा नेता धनी हुन्छन, त्यस देशमा जनताको अवस्था गरिब हुन्छ

-डा.डिआर उपाध्याय, राजनीति दल र तिनका नेताहरुलाई यो देशको कुनै चिन्ता छैन । उनीहरुलाई सत्ता बाहेक अरु चिन्ता छैन । देश र जनताका्े कुनै मतलव नै छैन । कुरा गरेर मात्र हुदैन ब्यवहारमा कार्यान्वयन गरेर देखाउनु पर्छ । नेताहरुले केहि कुरा ब्यवहारमा कार्यान्वयन गरेर देखाउन सकेनन् । आज देश ठूलो राजनीतिक संकटमा छ । जनताले देशको बिकास र समृद्धि चाहेका छन । तर यता तिर कसैको ध्यान नै छैन । बिकास र समृद्धि अहिलेको आबश्यकता हो । देश बनाउने कुरामा नेताहरुको ध्यान जानु पर्छ । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा लाज लाग्छ । राजनीतिक दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने काम मात्र भएको छ । देश र जनताको अवस्था सधै खोक्रो छ । यो पाराले देश बनाउन सकिदैन । जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन त्यस देशमा जनताको अवस्...
राज्यका सेवा सुविधामाथि नागरिकको सहज पहुँच स्थापित गर्नु पर्छ
राजनीति, समाचार

राज्यका सेवा सुविधामाथि नागरिकको सहज पहुँच स्थापित गर्नु पर्छ

डा.डिआर उपाध्याय, बेला बेलामा नेपालको राजनीतिमा उतार चढाव आउने गरेको छ । आम नागरिकमा राजनीति प्रति यति बेला त्यति उत्साह छैन । राजनीति बातावरण पनि त्यति सहजै रुपमा अघि बढन सकेको छैन । लामो समय देखिको आन्दोलन, सङ्घर्ष र बलिदानमार्फत देशमा यो उपलव्धी हासिल भएको हो । उपलव्धी माथि कसैले खेलवाड गर्नु हुदैन र गर्न दिनु पनि हुदैन परिवर्तन ल्याउन धेरैको त्याग , तपस्या र बलिदान छ । नेपालका राजनीतिक दल र तिनका नेताहरु बेला बेलामा बेइमान हुनाले यी समस्याहरु उत्पन्न भएका हुन । प्रप्त उपलव्धीलाई संस्थागत विकास गर्ने बाटो तर्फ सवै लोकतन्त्रवादी शक्ति इमानका साथ लाग्नु पर्छ । परिवर्तित अबस्थालाई सवैले जोगाएर राख्नु पर्छ । नागरिकहरूको जीवनसँग जोडिएका तमाम समस्याहरु राज्यले सम्वोधन गर्ने नीति कार्यक्रम ल्याउनु पर्छ । नीति ल्याएर मात्र हुदैन, कार्यान्वयन गर्ने बाटोमा पनि अग्रसर हुनु पर्छ । अब परिवर...
ओली पक्षका दोस्रो तहका नेताहरु पार्टी एकतामा त्यति गम्भिर देखिएनन्
राजनीति, समाचार

ओली पक्षका दोस्रो तहका नेताहरु पार्टी एकतामा त्यति गम्भिर देखिएनन्

-डा.डिआर उपाध्याय, दल बिभाजन लोकतन्त्रका लागी खतरा अब आउने दिनमा देशको राजनीति के हुन्छ र कता जान्छ भन्ने बिषयमा सबैको चासो छ । देशको ठूलो पाटी एमाले बिभाजनले देशमा एक खालको तरंग उत्पन्न भइरहेको छ । लोकतन्त्रमा ठूला दल बिभाजन हुँदा पक्कै पनि देशलाई घाटा हुन्छ नै । लोकतन्त्र पनि कमजोर हुने खतरा हुन सक्छ । दल बिभाजन हुनु भनेको लोकतन्त्रका लागी खतरा हो । आज जे भइरहेको छ, त्यो मुलुकको हितमा छैन । जसले जति कोसीस गरे पनि नेपाल कम्युनिस्ट पार्टी एमाले फुटबाट जोगिन सकेन । यो नै चिन्ताको बिषय हो । दोस्रो तहका नेताहरुको पनि केही सिपलागेन । उनीहरू निरीह बनेर बसे । ओलीपक्षका दोस्रो तहका नेताहरुले पनि यो बिषयमा प्रभाबकारी भूमिका निर्वाह गर्न सकेनन् । पार्टी फुट्न दिनु हुँदैन भनेर उनीहरु कहिले गम्भिर बनेनन् । बरु माधब नेपाललाई उत्तेजित बनाउने खालका टिकाटिप्पणी गरे । माधव पक्षलाई चिढाउने काम बाहेक ...
नेपालको राजनीतिमा ध्रुवीकरण तीव्रताका साथ भइरहेछ
राजनीति, समाचार

नेपालको राजनीतिमा ध्रुवीकरण तीव्रताका साथ भइरहेछ

-डा.डिआर उपाध्याय, एमाले बिधिवत रुपमा विभाजन भएको छ । माधब नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी नामको नयाँ दल खुलेको छ । एमालेबाट माधब नेपाल बाहिरे लगत्तै केपी ओलीलाई ठूलो झट्का लागेको छ । यही झड्का नै अन्तिम भने हुनेछैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेका छन । प्रदेश एकको सरकार ढल्ने पनि ढल्ने देखिन्छ । अष्टलक्ष्मी शाक्यले पनि माधबको साथ छोडेकी हुनाले बागमतीको सरकार पनि फेरि ढल्ने सम्भावना छ । ओलीले एकताको बल्छी पटक पटक फाले तर माधब नेपाल त्यो बल्छीमा परेनन् । बरु आफनै नेतृत्वमा नयाँ दल खोलेर ठूलो साहस देखाएका छन । माधव नेपाल–झलनाथ खनाल जस्ता बरिष्ठ नेताहरुले एमालेबाट बिद्रोह गरेर नयाँ दल खोले तर यो दलको भविश्य के हुन्छ त्यो त भबिश्यले देखाउला । माधव नेपाल–झलनाथ खनालले ओलीलाई पूर्णतया तिरस्कार गर्नु नै थियो गरेरै छोडे । ओलीले एकलौटी ढंगले पार्टी हाँक्न खोज्नुको परिणाम...
यस्तो राजनीतिक संस्कारबाट हामीले के सिक्ने ?
राजनीति, समाचार

यस्तो राजनीतिक संस्कारबाट हामीले के सिक्ने ?

-डा.डिआर उपाध्याय, आज नेपाली जनता समस्या र चुनौती संग जुधिरहेका छन । अहिले राजनीति दल र तिनका नेताहरु सत्ता स्वार्थको राजनीतिमा रुमल्लिरहेका छन । देश र जनताको चिन्ता भन्दा पनि उनीहरुलाई सत्ताकै चिन्ता छ । राजनीतिक प्रतिस्पर्धाका नाममा एकले अर्कोलाई सिध्याउने खेलमा लागिरहेका छन । अरू पार्टीले गरेको राम्रो काम देख्नै नसक्ने, अरूको खेदो खन्ने, खुट्टा तान्ने, टीकाटिप्पणी र आलोचना गर्ने बाहेक नेताले अरु केहि देखेका छैनन् । कार्यकर्तालाई वर्षाैंसम्म आशा देखाएर झुलाइरहने काम नेताबाट हुदै आएको छ । तल्लो तहका धेरै नेता कार्यकर्ताको जिवन बर्वाद भइरहेको छ । जनतालाई झुटा आश्वासन दिने काम भने सिङको नभाँच्ने नेताहरुको प्रवृति छ । नेताहरुले जनताले दिएको भोटको अपमान गरिरहेका छन । जनताको भोटमार्फत सत्तामा पुग्छन अनि सत्तामा पुगे पछि सबै कुरा बिर्सन्छन । आफ्नो निजी स्वार्थमा लाग्छन । अकुत सम्पति आर्जन...
नेतृत्वलाई कुनै युवा नेताले दवाव दिने आँट गर्न सकेनन्
राजनीति, समाचार

नेतृत्वलाई कुनै युवा नेताले दवाव दिने आँट गर्न सकेनन्

-डा.डिआर उपाध्याय, अब देश बिकास र समृद्धिका लागी युवा जुटनु पर्छ । देश बनाउने भनेको युवाले हो । युवा तात्नु पर्छ । बुढा नेताबाट अब युवाले नेतृत्व खोसेर लिनु पर्छ । अब पनि बुढा नेताको हातमा नेतृत्व गयो अथवा जान दियौ भने मुलुकको अवस्था जहाँको त्यहि हुने निश्चित छ । अहिले हाम्रो देशमा सबै दलमा बुढा नेताहरुले नै नेतृत्व गदै आएका छन । उनीहरुले युवालाई सजिलै नेतृत्व छाडलान भन्ने कुनै छाँटकाँट नै छैन । आर्यघाट नपुन्जेल नेतृत्व छाडन कुनै बुढा नेता तयार छैनन् । यो हाम्रो देशको समस्या हो । युवाहरु नेतृत्वको दास बने । नेतृत्वलाई कुनै युवा नेताले दवाव दिने आँट गर्न सकेनन् । युवामा आँट हुनु पर्छ । आँट र साहासले नै मुलुक बनाउने हो । आज देशमा यति धेरै उर्जाशिल युवा नेता छन । तर सबै किनाराको साक्षी मात्र भए । एमाले भित्र त्यहि समस्याले पाटी फुट्यो । ओली र नेपालले नेतृत्वको टकराव नगरेको भए पार्टी ...
लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सोच नेतामा पलाएन
राजनीति, समाचार

लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सोच नेतामा पलाएन

-डा.डिआर उपाध्याय, राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति त्यति गम्भिर हुन सकेनन् । नेताहरु मुलुकका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्मै डुबे । समस्या त यो हो नी । कसरी हुन्छ आफै सत्तामा जाने दाउ नेताहरुले खेलिरहेका छन । हिजो पनि त्यहि अबस्था थियो आज पनि त्यहि छ । नेतामा सुधार भन्ने कुरा पटक्कै आएन । हरेक पार्टीहरूमा संगठन चलाउन अनुशासन चाहिन्छ, कुनै दलमा पनि अनुशासन छैन । त्यहि भएर देश बिग्रिएको हो । देश बनाउने सोच कुनै पनि नेतामा पाइएन । अनि हामी कसरी अघि बढछौं । अनुशासान नहुदा दलहरु आफै कमजोर हुदै गएका छन । त्यो कुरामा कसैको हेक्का छैन । अनुशासनमा कोही बस्न खोज्दैनन् । यसले राजनीतिक संस्कार निर्माण हुन सकेको छैन । राजनीतिक दलका नेताहरूमा नेतृत्व क्षमता भएन । राजनीतिक दर्शनबाट निर्देशित हुन सकेनन् । धेरै मानिस राजनीतिक दलप्रति आकर्षित हुन छाडेका छन । कारण के हो भने दल र त...
नेपालले अफगानिस्तानबाट पाठ सिक्नु पर्छ
राजनीति, समाचार

नेपालले अफगानिस्तानबाट पाठ सिक्नु पर्छ

-डा.डिआर उपाध्याय, यतिखेर अफगानिस्तानको घटनाले विश्वकै ध्यान खिचेको छ । आज सबैले गम्भिर भएर यो बिषयमा सोच्नु पर्ने बेला भएको छ । दुई दशक लामो गृहयुद्धका क्रममा हजारौंहजार वृद्धवृद्धा, बालबालिका र युवाले अकालमा मृत्युवरण गरेको तीतो यथार्थ विश्वसामु छर्लंग छ । अफगानिस्तानका सबै भूभाग यतिखेर तालिबानी कब्जामा पुगेको छ । अहिले सबै अफगानिस्तानको घटनाले झस्किएका छन । नेपाली समाज पनि गरिबी र अभाबले जेलिएको समाज हो, बेरोजगारी समस्या पनि यथावत नै छ । अफगानिस्तानको त्यो घटनाले नेपाली जनतालाई पनि छोएको छ । अफगानिस्तानको त्यो घटनाले हामीलाई पनि राष्ट्रको बारेमा सोच्ने बनाएको छ । देशमा अशान्ति भयो भने के हुन्छ ? हामी कुनै अर्थमा अफगानिस्तानभन्दा भिन्न छैनौं । अब नेपाल पश्चिमी देशको राजनीतिको केन्द्र हुने खतरा छ । अफगानिस्तानमा अहिले तालिबानले अधिकांश भाग कब्जा गरेको दाबी गरेको छ भने राष्ट्रपति ...