राजनीतिक ध्रुवीकरणका बीच सरकारले पायो पूर्णता
-डा.डिआर उपाध्याय,
सरकारले पूर्णता पायो । अब यो सरकारले गतिका साथ काम गरेर देखाउनु पर्छ । शुक्रबार १६ मन्त्री र तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन । अब प्रधानमन्त्री, २१ मन्त्री र तीन राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । संविधानले सङ्घीय सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् हुने व्यवस्था गरेको छ । अब सरकारले कुनै बहाना नगरी देश र जनताको पक्षमा लोक प्रिय काम गरेर देखाउनु पर्छ । यो एउटा अबसर पनि हो । सरकार देश र जनताको आवश्यकतालाई इमानदार सम्बोधन गदै र जनजीविकाका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्छ ।
विद्यमान समस्याको पहिचान गरी ती समस्यालाई सम्बोधन गर्नु नै अहिलेको सरकारको दायित्व हो । कोरोना महामारी नियन्त्रण अहिलेको मुख्य समस्या हो । यसबीचमा सरकारले कोरोना महामारी नियन्त्रण र खोपमा राम्रो प्रगति गरेको छ । कोरोना फेरि फैलन सक्ने जोखिम पनि छ । किन भने...






