मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै
-डा.डिआर उपाध्याय,
आज देशमा केन्द्रदेखि प्रदेश तथा स्थानीय तहमा सम्म अनियमितता बढेर गएको छ । जनताले कर तिरेर जम्मा भएको राज्यकोष माथि मन लागी भइरहेको छ । अझै पनि जनतालाई चुस्ने क्रम बढिरहेको छ । मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गइरहेको छ । तर पनि विभिन्न बहानामा राज्यकोषमा लुट मच्चाउने काम बढिरहेको छ । राज्यकोषको दोहन गर्ने क्रम बढ्नुले मुलुक आर्थिक रूपमा टाट पल्टिरहेको छ । यो बिषयमा गम्भिर बन्ने कहिले ? जनतालाई चुसेर मुलुकमा बिकास र समृद्धि हुदैन । आज हामीले देखिरहेका छौं कि दलहरुले जनताको पक्षमा काम गर्न सकिरहेका छैनन् । जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने यो मेरो गम्भिर प्रश्न हो । आज जनता भ्रममा छन ।
अब राजनीतिक दल र नेताहरुले भ्रमको राजनीति गर्न छोडनु पर्छ । आज जनता धेरै चेतनशिल र जागरुप भइसकेका छन । जनतालाई छल्ने ढाँटने युग समाप्त भइसकेको छ । यो युग भनेको प्रब...





