देशमा सुशासनको सन्दर्भ छायामा परेको छ
-डा.डिआर उपाध्याय,
राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति गम्भिर बन्न सकेनन् । जसले गर्दा दलीय ब्यवस्था माथि नै पटक पटक प्रश्न उठिरहेको छ । लामो समय देखि नेपालको राजनीतिले सहि गति लिन सकेको छैन । राजनीति सधै अस्थिरताबाट गुज्रिएको छ । देशले सहि गति लिने सम्भावना अत्यन्त न्यून देखिँदै छ । राजनीतिक दल र तिनका नेताहरु सधैं सरकार गिराउने र बनाउने खेलमा मात्र सीमित बनेका छन । कुनै नेतामा दीर्घकालीन सोच भएन ।
देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक रूपान्तरणका दिशामा चिन्तन गर्ने कुनै नेता नै छैनन् । राजनीति व्यक्तिवादी बन्दै गएको छ । दलहरूमा सिद्धान्तको कुनै मतलव छैन । बढी सुविधा कसरी प्राप्त गर्ने भन्ने ध्यान दलहरुको छ । यो सोचले राजनीति दिशाविहीन बनेको छ । सरकार प्रमुखको चिन्ता मुलुक प्रति हुनु पर्छ । देशमा सुशासन कायम हुन सकेको छैन । विकास निर्माणका काम पनि त्यस्तै छन । देशको विदेश...



