राजनीति

देशमा भ्रष्टाचार माहामारी जसरी फैलदै
राजनीति, समाचार

देशमा भ्रष्टाचार माहामारी जसरी फैलदै

-डा.डिआर उपाध्याय, भ्रष्ट आचार भएका ब्यक्तिहरुलाई हामी सबैले बहिष्कार गर्ने आँट गरौं । भ्रष्ट आचारसँग भ्रष्टाचार जोडिएको हुन्छ । पद र शक्तिको दुरुपयोग गरी पैसा कुम्ल्याउने जुन कार्य भइरहेको छ त्यो नै गलत कार्य हो । हरेक अनियमिता, ठगी, बेइमानीजस्ता कार्यहरू भ्रष्टचारसँग जोडिएका हुन्छन् । हाम्रो देशमा भ्रष्टाचार भनेको माहामारी जसरी फैलदै गएको छ । यसको जरो देखि उखेलेर फाल्ने कार्यमा हामी सबै जुटनु पर्छ । भ्रष्टाचार भनेको माहामारी जस्तो रोग हो । अहिले मुलुकमा एकपछि अर्कोगरी आर्थिक अनियमितताका घटना आउने गरेका छन् । मुलुकमा जताततै भ्रष्टाचार, अनियमितता, कमिसन, सेटिङको सञ्जाल मात्र फैलिएको छ ।नेपालमा भ्रष्टाचार धेरै पुरानो रोग हो । यो रोगलाई निमूल पार्नु पर्छ । भ्रष्टाचारको अंक बढेर अर्बैंमा पुगेको छ । न्यायालय, शिक्षालय सबै कार्यालयमा भ्रष्टाचार छ । भ्रष्टलाई कारबाही गर्नु पर्छ । दलका शीर्...
नेपाली जनताले यो सरकारबाट के पाए ?
राजनीति, समाचार

नेपाली जनताले यो सरकारबाट के पाए ?

-डा.डिआर उपाध्याय, यो बर्तमान गठबन्धन सरकारबाट नेपाली जनताले जुन किसिमको आशा गरेका थिए त्यो अनुसार काम हुन सकेन । वर्तमान सरकारले ६ महिना अवधि पूरा गरिसकेको छ । सरकार बनेदेखि यता यो सरकारसँग धेरैले धेरै कुराको अपेक्षा गरेका पनि हुन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न झन्डै तीन महिना कुर्नुप¥यो । जबकि, यो तीन महिना सरकारको कामको सुरुवाती हेर्ने अवधि थियो । उनले ८८ दिनपछि मात्र असोज २२ मा मन्त्रिपरिषद् विस्तार गरे । नेपाली जनताले यो सरकारबाट के पाए ? देशमा सुशासन कायम गरेको खै ? सरकारको प्राथमिकताका बिषय के के हुन ? अर्थतन्त्र ओरालो लाग्दै छ । कोरोनाविरुद्ध खोपबाहेक जनताको नजरमा सरकार खासै देखिएन । सरकारको गति सुस्त भयो । सरकारले काममा गति दिन सकेन । अहिले गतिका साथ काम गर्नेबेला थियो । संघीयतालाई व्यवस्थापन गर्न अत्यावश्यक कानुन निर्माण गर्नुपर्ने...
लिपुलेकमा भारतले एकपक्षीय सडक निर्माण पछि चौतर्फी विरोध
राजनीति, समाचार

लिपुलेकमा भारतले एकपक्षीय सडक निर्माण पछि चौतर्फी विरोध

-डा.डिआर उपाध्याय, नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेको छ । नेपालका प्रमुख राजनीतिक दलहरूले औपचारिकरुपमा यसबारे आपत्ति जनाइसकेका छन् । अब सबै नेपाली जनताले देशको अस्मिता रक्षाका लागि हातमा हात मिलाएर अघि बढनु पर्ने आबश्यकता देखिएको छ । हामी नेपाली जनता नजुटे सम्म भारतको हेपाहा प्रबृति कायम रहिरहने अबस्था देखियो । देश भक्त नेपाली जनताले यो बिषयमा गम्भिरताका साथ सोचने बेला आएको छ । राजनीतिक दलहरू पनि यो सवालमा एक ठाउँमा उभिनु पर्छ । सबैले भारतीय सरकारको यो कदमको विरोध गर्नु पर्छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले बिरोध गरिरहेका छन । त्यसै गरी नेकपा एमालेले समेत लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयलाई लिएर गम्भीर आपत्ति प्रकट गरिसकेको छ । प्रतिपक्षी दल एमालेले लिपुलेक–लिम्पियाधुरामा सडकलगायतक...
किन बनेन देश ?
राजनीति, समाचार

किन बनेन देश ?

– डा.डिआर उपाध्याय, देशमा ब्यापक रुपमा भ्रष्टाचार बढेर गएको छ । यो माहामारी जसरी फैलिएको छ । भ्रष्टाचारलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले बिकाराल रुप लिन सक्छ । भ्रष्टाचारले सबै क्षेत्रमा लामो समयदेखि नकारात्मक प्रभाव पारिरहेको छ । मुलुकमा भ्रष्टाचार बढनु भनेको बिकासको गतिलाई रोक्नु हो । भ्रष्टाचारले देशलाई खोक्रो बनाइसकेको छ । भौतिक सम्पन्नताको होडबाजीका कारणले भ्रष्टाचार बढ्ने हो । देशमा भ्रष्टाचार बढदै जानु भनेको यो राम्रो संकेत होइन । भ्रष्टाचारलाई अब जरो देखि उखेलेर फाल्नु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ ।जनता पनि कुनै कार्यालयमा जाँदा काम बनेन भने कर्मचारीलाई घुस खुवाउन पछि पर्दैन । यो नै गल्ति हो । हामी आफै गल्ति गरिरहेका छौं । भ्रष्टाचारको भण्डाफोर गर्नु पर्ने बेलामा आफै घुस खुवाउन थाल्यौ भने हामी कस्तो समाज बनाउन खोजिरहेका छौं । यो बारे हामी नागरिक आफै सचेत र चलाखो हु...
आजदेखि उपत्यकामा २५ भन्दा बढी भेला हुन रोक
राजनीति, समाचार

आजदेखि उपत्यकामा २५ भन्दा बढी भेला हुन रोक

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । त्यस्तै राजनीतिक दलका सभा-सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी विभिन्न प्रतिबन्धात्मक घोषणा गरेको हो। २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाउँदै १८ बुँदे आदेश पनि जारी गरिएको छ। आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न  भनिएको छ।राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ। सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशास...
जनताको कुरा कसले बुझ्ने….?
राजनीति, समाचार

जनताको कुरा कसले बुझ्ने….?

-डा.डी.आर.उपाध्याय, आज देशमा तमाम समस्या छन । ति समस्या समाधान गर्न कुनै दल र तिनका नेताहरु गम्भिर छैनन् । राजनीतिक दल र तिनका नेताहरु आ आफनो ब्यक्तिगत स्वार्थमा लिप्त छन । त्यसो भएको हुनाले हामी पछि परेका हौं । देश बनाउने र जनताको समस्या समाधान गर्ने कुरा तर्फ कसैको ध्यान गएको पाइदैन । चारैतिर समस्यै समस्या छन । गरिब जनता बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । देशमा महंगी बढेको बढै छ । सरकारी ढुकुटि माथि मनपरी ब्रमलुट भइरहेको छ । जनताले लडेर ल्याएको ब्यवस्था हो यो । तर जनताको अबस्था फेरिन सकेन । आज जनता चरम निराशामा छन । देश र जनताको भाग्य र भबिश्य अन्योलमा छ । सत्ता स्वार्थ बाहेक हाम्रा नेताहरुले अरु के देखे ? जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने ? यसको फैसला त जनताले गर्लान नी । देश झन पछि झन नाजुक बन्दै गइरहेको छ तर नेताहरु ठूला ठूला कुरा गर्न अझै छाडेका छैनन् । नेताहरु ...
अब हामी पनि सचेत बनौं
राजनीति, समाचार

अब हामी पनि सचेत बनौं

-डा.डिआर उपाध्याय, छिमेकी मुलुकहरूमा कोरोनाको डेल्टासँगै ओमिक्रोन भेरियन्टको संक्रमण दिनहुँ बढ्दै छ। कोरोना भाइरस संक्रमणवाट बँच्न सचेत र सावधानी अपनाउने काम गरौं । छिमेकी भारत र नेपालबीचको खुला सीमा नाकामा दिनहुँ हजारौं व्यक्ति निर्वाध ओहोरदोहोर गरिरहन्छन्। विशेषगरी तराईका विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीलगायतका १० नाकामा जोखिम बढेको छ। सीमा क्षेत्रमा जनस्वास्थ्यसम्बन्धी जोखिमलाई नजरअन्दाज गर्दा संक्रमणको जोखिम बढ्ने निश्चित छ। सिमानासँगै विमानस्थलमा पनि मापदण्ड पालना, स्वास्थ्यजाँचलाई प्रभावकारी बनाउनुपर्छ। संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्वास्थ्यजाँच एवं परीक्षण सर्वसुलभ हुनुपर्छ। हेल्थ डेस्कलाई प्रभावकारी बनाउनु पर्छ। छिमेकी देश भारतमा पनि कोभिडको नयाँ लहर देखिएको छ। यसबाट कुनै पनि बेला नेपाल संक्रमणको चपेटामा नपर्ला भन्न सकिन्न। डब्लूएचओका अनुसार डेल्टाभन्दा ओम...
देश वर्षौंदेखि भ्रष्टाचारको दलदलमा
राजनीति, समाचार

देश वर्षौंदेखि भ्रष्टाचारको दलदलमा

-डा.डिआर उपाध्याय, सार्वजनिक पदमा रहेका सबै राष्ट्रसेवक कर्मचारी तथा उच्च पदमा रहेका सबैले आफनो सम्पत्ति बिवरण सार्वजनिक गर्नु पर्छ । त्यसो भयो भने मात्र इमानदारीता देखिने छ । लामो समय देखि नै राजनीतिक नेतृत्व इमानदार तथा देश र जनताप्रति समर्पित हुन सकेनन् । राजनीतिक नेतृत्व देश र जनताप्रति समर्पित हुन नसक्दा समस्या उत्पन्न भएको छ । आज राजनीतिक नेतृत्व अपादर्शी हँदै जाँदा देशमा मनपरी भएको छ । नेताहरु नै आफ्नो सम्पत्ति लुकाउदै आइरहेका छन् । सबै सम्पत्ति लुकाउने र आफ्नो नाममा केही पनि नभएको विवरण दिने काम नेताहरुले गदै आएका छन । नेताहरुको जीवनशैली र तडकभडक हेर्दा जनतालाई लाज भएको छ । अहिले पनि प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने काममा पूर्ण रूपमा बेवास्ता गरिरहेका छन् । सार्वजनिक ओहोदामा रहेका सबैले सम्पत्ति विवरण सार्वजनिक गरेर इमानदारीता देखाउन सक्नु पर्छ । अब...
हाम्रो देशको राजनीति कता जान खोजेको हो ?
राजनीति, समाचार

हाम्रो देशको राजनीति कता जान खोजेको हो ?

-डा.डिआर उपाध्याय, हाम्रो देशमा बिकास र समृद्धिका कुरा चल्न थालेको धेरै भयो । तर अझै पनि राजनीतिक दल र तिनका नेताहरु बिकास र समृद्धिका कुरा गर्न थाकेका छैनन् । बिकास र समृद्धि कुराले मात्र हुन्छ की काम पनि गर्नु पर्छ ? जनताको त्याग , तपस्या, बलिदान र जनताको बलमा ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । ३० वर्ष सम्म उनै पात्रहरु पालै पालो शासन सत्तामा दोहोरिएका छन । जनताले उनीहरुबाट के आश गर्ने ? लोकतन्त्रको नाममा नेता र दल पाल्ने काम बाहेक केही भएको छैन । सरकारी ढुकुटी हरेक बर्ष नेता पाल्दा पाल्दै सकिने गर्दछ । देशमा ७ सालदेखि परिवर्तनका लागी जनता लडदै आएका हुन । जनताले देशको अबस्था बदल्न ब्यवस्था परिवर्तन गरेका हुन । नेताहरुलाई सुख सयल र आरामको जिन्दगी बिताइदिन जनताले यो ब्यवस्था परिवर्तन गरेका होइनन् । देशमा महँगी बढेको बढै छ । जनता मारमा छन । विदेशी ऋणको भार छ । के लोकतन्त्रक...
अब माओवादीको उस्तै कि फरक पार्टी निर्माण ?
राजनीति, समाचार

अब माओवादीको उस्तै कि फरक पार्टी निर्माण ?

-डा.डिआर उपाध्याय, नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । माओवादी केन्द्रले यो महाधिवेशनबाट कस्तो नीति ल्याउला भन्ने कुरामा सबैको चासो बढेर गएको छ । पार्टीलाई कुन धारमा लैजान्छ भन्ने चासो हो । माओवादी केन्द्र मुलुकको तेस्रो ठूलो राजनीतिक दल पनि हो । शान्तिपूर्ण राजनीतिक मूल धारमा आए पछि यो पार्टीले संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको छ । तर, यसले क्रान्ति गर्ने भन्ने कुरा अझै छाडेको छैन । माओवादी पार्टी अझै दुविधाको अवस्थामा रहेको मान्न सकिन्छ । यो कुराले जनतामा एक खालको आशंका पैदा भइरहेको छ । जेसुकै भए पनि माओवादी प्रति जनता आर्कर्षित छैनन् । त्यति ठूलो पार्टी फुटेर चिरा चिरामा बिभाजित छन । मोहनबैद्य, बाबुराम, बिप्लव, टोप बहादुर रायमाझी, बादल लगायतका नेता पार्टी छोडेर गएका छन । यी नेता बिनाको माओवादी खल्लो जस्तो देखिएको छ । आमजनताको हित...