नेपाल र चीनबीचको सम्बन्ध
-डा.डिआर उपाध्याय,
चीनका विदेशमन्त्री वाङ यी शुक्रबार नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका छन । दुई देशबीचको सौहार्दपूर्ण मित्रतालाई अझ सुमधुर बनाउनु पर्ने आबश्यकता देखिएको छ । आपसी मित्रता, समझदारी र विश्वासको आधारलाई फराकिलो बनाउन यो भ्रमणले मद्दत पुग्ने देखिन्छ । नेपालको चीनसँग सौहार्दपूर्ण सम्बन्ध छ । एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ । चीनले हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको छ । हामीले छिमेकी देशलाई चिढाउने काम पनि गर्नु हुदैन । हाम्रो देश नेपाल भारत र चीनको बीचमा छ । हामीले भारत र चीनसंग उस्तै सम्बन्ध कायम राख्न सक्नु पर्छ ।
हामीले दुबै देशलाई चिढाउने काम गर्नु हुदैन । हामी दुई विशाल मुलुकको बीचमा छौ । हामीले यी दुबै देश संग कूटनीतिक सम्बन्ध कायम राखिरहनु पर्छ । हाम्रो देशको बिकासका लागी उनीहरुबाट सहयोगको अपेक्षा पनि राखिरहनु पर्छ । हामीलाई अहिले दुवै ...




