‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’:२१ विधामा अवार्ड प्रदान
यो वर्ष तीजको अवसरमा बजारमा आएका १५० भन्दा बढी गीतलाई समेटेर बिहीबार काठमाडौंमा ‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ आयोजना गरिएको छ । समारोहमा विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको थियो ।
सोही समारोहमा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई म्युजिक खबर विशिष्ट नारी सम्मान प्रदान गरिएको थियो । त्यस्तै लोकप्रिय अभिनेत्री दीपाश्री निरौला र वरिष्ठ गायिकाद्वय मन्जु थापा र हरिमाया गुरुङलाई नारीरत्न सम्मान प्रदान गरिएको थियो । त्यस्तै, राधिका अधिकारी, विनिता कुँवर क्षेत्री र सम्झना धमलालाई म्युजिक खबर कला सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै सौन्दर्यकर्मी सानु थापा, निकिता पाण्डे, करुणा श्रेष्ठलाई म्युजिक खबर सौन्दर्यकर्मी सम्मान प्रदान गरियो भने मन्जु सिंह र गंगा पन्थलाई समाजिक सेवा सम्मान प्रदान गरिएको थियो । त्यस्तै, मनुकुमारी पन्तलाई संगीत व्यवसायी सम्मान प्रदान गरियो भने पूजा क्षेत्री...










